Thursday, November 14, 2019

उहाँलाई व्यावसायीले जवाफ दिईसके, आक्रामक ढंगले कसैलाई छौँडा लगाएको छैन :दाहाल

प्रकाशित मिति: 2019/08/18

भदौ १, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु एकपछि अर्को गर्दै चर्किदो छ ।

सर्बसहमतिय र अंकगणितको दबदबाका बिचबाट नेतृत्वको बहश तातिरहँदा हिजो मात्र बर्तमान टान अध्यक्ष नवराज दाहालको नेतृत्वमा पूर्वमाओबादी समुहहरुको भेला भयो । जसमा भेला संयोजक दाहालले आगामी टान नेतृत्वमा आउने नेतृत्व र रणनिति पेश गरे । नेकपा भित्र टान निर्वाचनलाई लिएर धु्रबिकरणको बहश चलिरहँदा कतिपयले आफ्नै स्वार्थ ईतरको व्यक्ति भित्राउने षड्यन्त्रका रुपमा पनि उक्त भेलालाई लिएका छन । हिजै मात्र बरिष्ठ पर्यटन व्यावसायी कमल सापकोटाले पनि नेकपा सम्बद्ध युवा व्यावसायीहरुको भेला आयोजना गरेका थिए । नेकपा भित्रको नेतृत्वको बहशमा केन्द्रित भनिएका यस्ता भेलाको सान्र्दभिकतामा व्यावसायीले भन्ने गरेको षड्यन्त्र र गुटको सुरुवात की बिशुद्ध टान नेतृत्वको खोजी प्रश्नमा टिकाटिप्पणी सुरु भैसकेको छ । दाहालले हिजै आफु संयोजक बसेर ९ सदस्यीय टान निर्वाचन बार्ता सम्बाद समिति समेत गठन गरेका छन ।
अघिल्ला नेतृत्व चन्द्र रिजालले नेतृत्वको भारी दाहालको काँधमा बिसाउँदै गर्दा आयोजना भएको भेलालाई आगामी नेतृत्व हस्तान्तरणमा दाहालको पाखुरी जाँच्ने अस्त्रका रुपमा समेत टिप्पणी भएको छ । यस्तोमा भेला गुट र षड्यन्त्रको थालनी की बिशुद्ध नेतृत्वको बैचारिक खोजी बुझ्ने कोशिस गरेका छौ ।
टानका बर्तमान अध्यक्ष नवराज दाहालसँगको कुराकानी ।
१. पूर्वमाओबादी व्यावसायीहरुलाई भेला पारेर तपाई गुटको नेता बन्ने षड्यन्त्र गर्दै हुनुहुन्छ ?
सबैलाई समेट्न पर्छ भनेर लागेको हो । नेकपा भित्र अहिलेपनि ३ वटा पर्यटकीय संगठन रहेका छन । म आफु अध्यक्ष भैसकेको व्यक्ति अब फेरी टानमा जाने कुरा पनि भएन । यस्तोमा गुट श्रृजना गर्नु औचित्य छैन ।
२. तर तपाईको कार्यकाल केही नगरी सकियो, फेरी पनि टानमा आफ्नै छायाँ देख्न चाहने तपाईको लोभी मन गाँसिएको देखीयो ?
म टान अध्यक्ष हुँदा धेरै कुराको सुरुवात भएको छ, केही कार्यहरु पुरा पनि भए, आफुले थालेका कुराहरु आउने नेतृत्वले सही ढंगले चलायमान गरोस भन्नु अपराध त होइन नी । यसलाई कसरी लोभी भन्दै हुनुहुन्छ, मैले बुझेको छैन ।
३. तर तपाई बिरोधीलाई ताकी ताकी गोली हान्नुहुन्छ, तपाईमा ईश्र्यालु स्वभाव छ ?
मेरो व्यक्तिगत रुपमा कसैसँग पनि बैमनश्यको भाव छैन । बिचार राजनीतिमा फरक पर्न सक्छ, तर सबैलाई समान व्यवहार गरेको छु । व्यावहारीक रुपमा सबैसँग एक हुन सकिदैन, तर बैचारिक रुपमा टानलाई कसरी अगाडि लैजाने भन्नेमा नै मेरो ध्यान केन्द्रित छ ।
४. तर संगम शेर्पालाई तपाईले छारो खन्याउनुभयो ?
संगम जी र म अहिले पनि राम्रा साथी हौ । मेरो उहाँसँग त्यति बाक्लो भेटघाट त हुन्न । यो निराधार कुरा हो ।
५. तर तपाईले माखो मार्नुभएन, टानमा कुनामा बसेर ङिच्च हाँसेर नै बिताईदिनुभयो, उनी यसै भन्छन, अनी ?
उहाँ पनि यसभन्दा अगाडिका कार्यकालमा टानमा सदस्यका रुपमा रहिसकेको व्यक्ति हो । उहाँले बोलेका कुरालाई व्यावसायीले नै गलत भनिसके, यसमा मैले बोल्न नै परेन । केही गरेन भन्ने उहाँको भनाईमा, तपाई जानुस गरेर देखाउनुस, मेरो पनि समर्थन नै छ, उहाँलाई यही भन्छु ।
६. तर तपाईले आफ्ना बिरोधीहरुलाई गाली गर्न छौँडाको प्रयोग गर्नुहुन्छ, बिरोधी देखीनसहने, असहिष्णु व्यक्ति हुन दाहाल भन्नेहरु पनि छन नी ?
उहाँकै कुरा गर्नु भएको हो, भने व्यावसायी साथीहरुले नै उहाँलाई जवाफ दिईसके, की उहाँले गलत बोल्नुभयो । अर्को कुरा म व्यावसायिक व्यक्ति हुँ । आक्रामक ढंगले कसैलाई छौँडा लगाउँदै हिड्दिन ।
७. भनेपछि गुट भेला गरेर व्यावसायीहरुले मैले रुचाएको व्यक्तिलाई नेतृत्व मान्लान की बिरोध गर्लान भनेर व्यावसायीहरुको नाडी छाम्नुभयो ?
अहिले हामी नेकपाको घेराभित्र रहीसकेपछि सक्षम नेतृत्वको बहशमा छौ । कमिटि बन्छ, त्यसैले गरेको निर्णयअनुसार नेतृत्व उठाउँछौ, संभव भएसम्म सहमतिय नभएपनि जित्ने उमेद्धवार छान्ने हाम्रो प्रयत्न हो । हिजै भएको भेलामा पनि मेरै नेतृत्वमा उमेद्धवार छनौटका सन्दर्भमा बार्ता संबाद कमिटि बनाएका छौ । त्यसले पनि आफ्नो भुमिका खेल्न भनिसकेपछि, मैले नाडी छाम्ने भन्ने कुरै छैन ।
८. चन्द्र रिजालले तपाईलाई अध्यक्ष बनाएर गए, तपाईले अर्कोलाई अध्यक्ष बनाउन सक्नुभएन भने तपाईको पावर त घट्ने देखीन्छ, यसमा तपाईलाई नैतिक दबाब त देखीयो नी ?
निश्चय पनि म भन्दा अघि राजनीतिक पृष्ठभुमिबाट चन्द्र रिजाल टान अध्यक्ष हुनुभयो, उहाँले त्यसपछि सहकार्य गर्दै जाँदा म अध्यक्ष भएकै हो । यसमा व्यक्तिगत योग्यताको बहशमा म पछाडी छु भन्ने लाग्दैन । उहाँ एमालेले म पूर्वमाओबादीलाई अध्यक्ष सुम्पन हुन्छ भने अब त हामी नेकपा भएका छौ, दबाब होईन झन सजिलो भएको महशुस गरेको छु । 

 

 

तपाईंको बिचार