Sunday, November 17, 2019

चन्द्र रिजालको खुलासा :अन्र्तघात भयो भने दैबले पनि हामीलाई जोगाउँदैनन

प्रकाशित मिति: 2019/08/23

भदौ ६, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु एकपछि अर्को गर्दै चर्कदो छ । आजै मात्र नेकपा सम्बद्ध तिन वटै पर्यटकीय संगठन र स्वतन्त्र व्यावसायी समेतको भेला आयोजना गरेर साझा नेतृत्वको खोजीमा जुटिरहेको नेकपाभित्रको गुटबन्दी भने सतहमा नै देखिएको छ । केही समयअघि मात्र मदन आचार्य समुहले सिताराम सापकोटा नेतृत्वलाई आफु नेतृत्वको समुहमा आउन गरेको अपिल सतहमा देखीनेगरी आरोपप्रत्यारोप देखियो । पूर्व एमालेमा गुट त थियो नै, अहिले नेकपा भैसक्दा पनि एकले अर्कोको अस्तीत्व स्वीकार गर्न नसक्ने स्थीति देखिरहँदा आज डाकिएको भेलाले सर्बसम्मत नेतृत्व दिन सक्ला की, नेतृत्व छनौटको प्रतिष्ठा यथावत रहला अनुमान गर्न गाह्रो छैन ।

टानमा साझा उमेद्धवारको खोजीका लागि डाकिएको भनिएको भेलाको औचित्य र यसमा व्यावसायीको बुझाई कस्तो भन्ने सन्दर्भ उठान गर्न गईरहेका छौ । पूर्व टान अध्यक्ष चन्द्र रिजालसँग गरिएको संबाद जस्ताको तस्तै ।
१. टानका लागि सर्बसम्मत नेतृत्वको खोजी भन्दै भेला डाकिएको रहेछ, त्यसदेखी बाहेक भेलामा के हुँदैछ ?
पूर्व एमाले र पूर्व माओबादी मिलेर अहिले नेकपा भएको छ । टानको चुनाब नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरु पनि बढेका छन । व्यावसायीका गुनासा, धारणा र उमेद्धवारी प्रश्तुत गर्ने अवशरका रुपमा आजको भेला डाकिएको हो ।
२. तर नेकपामा एकले अर्कोलाई सिध्याउने गरी गुटबन्दी देखियो नी ?
यो अहिले होईन, पहिला देखि नै थियो, अहिले केकस्तो छ, अबको बैठकमा निर्णय भएपछाडी व्यावसायीहरुको व्यावहारले थाहा हुन्छ ।
३. कसले गथ्र्यो, गुटबन्दी ?
व्यक्तिको कुरा होईन, प्रबित्ति थियो, उत्तर भित्र छ भनेजस्तै यो ऊ भन्ने स्थीति त नहोला, यद्यपी आरोप प्रत्यारोपको स्थीति अझैपनि छ । टानमा रहँदा पनि जुन पदको व्यक्ति आफ्नो लागि अनुकुल हुन्छ, कोषाध्यक्ष, महासचिब वा अध्यक्ष जो बाट आफ्नो स्वार्थ सिद्ध हुन्छ, उसैलाई प्रयोग गरेर नेतृत्व असफल बनाउने प्रयत्नहरु हिजोका दिनमा भएकै हुन, पार्टीभित्रकै संगठनमा पनि त्यो छ ।
४. भनेपछि नेकपाको उमेद्धवारले यसपटक हार्ने निश्चीत हो ?
हार्न त हार्दैनौ । टानको चुनाबमा कम्तीमा पार्टीभित्रबाट सर्बसम्मत नेतृत्वको खोजी गर्न सकियो भने बिपक्षीलाई पनि दबाब पुग्छ, यद्यपी निर्वाचनमा नै जाने स्थीतिमा त हार्न पनि सकिन्छ । जित्ने भन्ने निश्चीत त छैन नी । बिगतमा पनि अन्र्तघात हुँदा निट तथा व्यावसायिक टिमका उमेद्धवारले जित्ने र  हामीले हारेको अवस्था थियो ।
५. त्यसो हो भने यसपटक तपाईहरुलाई निट तथा व्यावसायिक टिमले गल्ड्याङ खुवाउँछ ?
त्यो चुनाबका बेला देखिने परिणाममा भर पर्छ । एक स्पीडका साथ काम गर्न सकियो भने, एक भएर अगाडि जान सकियो भने जितिन्छ, नत्र त हार नै हो । अन्र्तघात भयो भने दैबले पनि हामीलाई जोगाउँदैनन
६. लोभीपापीहरु नेकपालाई हराउन तल्लीन छन, भन्न खोज्नुभएको हो ?
 सत्य हो । बिगतमा पनि पराजय बेहोरेको ईतिहाँस छ ।
७. तपाईसँग कमल सापकोटा रिसाउनुभएछ नी ?
किन रिसाउनु, हामी अहिले पनि निरन्तर संबादमा छौ, रिसाउने कुरा नै छैन ।
८. केही दिन अघि सापकोटा उद्योग तथा व्यावसायी जिल्ला बिशेष कमिटिको अध्यक्ष हँुदा तपाईलाई सचिब दिने कुरा आएको थियो, तपाईले किन अश्वीकार गरेको ?
अँ...,  अध्यक्ष पद नेकपाको भागमा आएको थियो, त्यो अवस्थामा म अध्यक्ष बन्छु भनेको सत्य हो । तर परिस्थीतिबस सापकोटा जि अध्यक्ष बन्न सफल हुनुभयो, आखिर पार्टीकै सदस्य अध्यक्ष बन्ने कुरामा मेरो सहमति नै छ । बाँकी रहेको सचिब पद अरु कसैलाई दिउँ भनेर मैले नै प्रश्ताब गरेको हो, अश्वीकार गरेको होईन ।
९. भनेपछि तपाईलाई प्रोटोकलको समस्या पो परेछ ?
सत्य हो, अध्यक्ष बन्न तयार थिएँ, पार्टीले गरेको निर्णयमा स्थीति फेरिएपछि सचिब अरु साथीहरुलाई दिउँ भनेर म आफै लागेको हो । यसमा कुनै समस्या भएर होईन ।
१०. आजको भेलामा तपाई जानुहुन्न हो ?
किन नजानु, पार्टीभित्रको भेलामा नजाने भन्ने नि हुन्छ ।
११. तपाईको मनोबल घटेको जस्तो देखियो नी ?
यत्तिका समस्याहरुबाट पाठ सिक्दै अगाडि बढिरहेको छु । घटेको हैन, बढेकै छ ।
१२. तपाईले नवराज दाहाललाई टान अध्यक्ष बनाउनुभयो, तर उनले खुल्ला ऋदयले तपाईलाई स्वीकारेनन नी ?
उहाँले के गर्नुभयो भनेर मैले सोचेको छैन, यद्यपी उहाँ अध्यक्ष बन्नुमा मेरो हात रहेको सत्य हो, उहाँलाई पनि यस कुराको बोध भएकै होला ।
१३. तपाईले दाहाललाई नेतृत्व हस्तान्तरण गर्दै गर्दा उनले चै आफु ईतरको व्यक्ति टानमा ल्याउन सक्लान की नसक्लान ?
केही दिनमा नै यसको छिनोफानो हुन्छ । यो उहाँकै प्रतिष्ठको बिषय पनि हो, यदी सक्नुभएन भने तपाईले भनेजस्तै त्यो त उहाँको असफलता नै ठहर्छ नी ।

तपाईंको बिचार