Saturday, September 21, 2019

मान्छे भाको नभाको भोली होटल बैशालीमा हेर्न भनिदिनुस :मदन आचार्य

प्रकाशित मिति: 2019/08/25

भदौ ८, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु एकपछि अर्को गर्दै फेरिदै गएका छन । २ दिन अगाडिमात्र टान निर्वाचनका सन्दर्भमा नेकपा भित्रबाट उमेद्धवारको टुंगो लगाउन नेकपा पर्यटन ईन्चार्ज मुकुन्द न्यौपानेको नेतृत्वमा कार्यदल निर्माण गरिएको थियो । तर कार्यदलको निर्माण भएदेखी नै पार्टीभित्रकै व्यावसायीहरुले यसको आलोचना सुरु गरिसकेका छन । कार्यदलमै रहेका नेकपा निकट नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनका अध्यक्ष मदन आचार्य भने कार्यदलमा कुनै बिबाद नरहेको बताउँछन । पर्यटनका तिनवटै संगठनको संयुक्त रुपमा बैठक बसिसकेको अवस्थामा भोली सोमबार फेरी मदन आचार्य समुहले होटल बैशालीमा आफु ईतरका व्यावसायीको भेला गर्दैछन । कार्यदलमा सहभागि भएर फर्किसकेपछिको भेलाको औचित्य किन, ठालुबादको उत्पति कि कानेखुुसी गर्ने गुटबन्दी ?

प्रश्न उठिरहँदा मदन आचार्यसँग हामीले भेला बारे सोधेका छौँ ।
१. साझा नेतृत्वको खोजी गर्न कार्यदलमा पनि बस्ने अनि फेरी आफु ईतरको भेला डाकेर गुटबन्दीमा पनि लाग्नुभयो हैन ?
टानको चुनाबको सन्दर्भमा आयोजना गरिएको भेला हो । यसमा कुनै गुटबन्दीको गुञ्जायस छैन ।
२. अस्ती भर्खर संयुक्त भेला बसेर पनि चित्त बुझेन हैन ?
त्यतिबेला तिन वटै पर्यटकीय संगठनको भेला आयोजना भएको थियो । अहिले मेरो आफ्नै नेतृत्वको भेला हो । अरु केही छैन ।
३. भनेपछि अस्ती कानेखुसी गर्न पाईएन ?
कानेखुुसी गर्नु नै छैन । पाउने नपाउने कुरा बेग्लै हो ।
४. तपाईहरुकै कारणले कार्यदल बनेको दुई दिनमै बिबादमा घेरियो नी ?
यो बिल्कुल गलत कुरा हो । सबै सर्बसम्मत निर्णय भएको छ ।
५. तर तपाई कार्यदललाई प्रभाबमा पार्न ठालु बन्न भोली भेला डाक्दै हुनुहुन्छ ?
मलाई किन ठालु बन्नु पर्यो र ।
६. तपाईको पावर घटिसक्यो, तपाईसँग अब केही पनि छैन ?
तपाईले भनेजस्तै म भयंकर पावर भएको व्यक्ति पनि होईन,  त्यो थाहा भएन ।
७. तर पर्यटनमा तपाईका मान्छे घटिसके तपाईका मान्छे कोही पनि छैन ?
अस्ती भेलामा पनि देख्नुभयो होला । मेरा मान्छे सबै छन, सबै छैनन को स्थीतिमा छु ।
८. तर सिताराम सापकोटाले भन्नुभएको छ, आचार्यसँग मान्छे छैनन, अब म सँग मिल्न आउछन भनेर ।
भोली होटल बैशालीमा हाम्रो भेला हुँदैछ, त्यहाँ हेर्नुहोला, मान्छे भाको नभाको ।
९. भनेपछि तपाई आफु नेतृत्वको संगठन ध्वस्त पार्दै हुनुहुन्छ ?
यसमा सत्यता छैन । अझै पनि ठुलो व्यावसायीको टिम मसँगै छ । ध्वस्त पार्ने कुरा नगरौँ ।

 

तपाईंको बिचार