Tuesday, November 12, 2019

प्रजातान्त्रिक बिचारधाराका व्यावसायीको एउटै टिम बनाउँछौ :आरबि अधिकारी

प्रकाशित मिति: 2019/08/25

भदौ ८, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका   आकांक्षीहरुको भिड थपिदो छ । पछिल्लो समय कांग्रेस निकट आरबि अधिकारी नेतृत्वको नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघले टान निर्वाचन केन्द्रीत छलफल तथा भेलालाई तिब्र पारेको छ । टानमा आफुहरुको नेतृत्व स्थापित गर्नेगरी अगाडि बढेको बताउने अधिकारीसँग टान निर्वाचनमा आगामी भुमिकाका बिषयमा छलफल केन्द्रित गरेका छौ । गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै अधिकारीले टान निर्वाचनका सन्दर्भमा प्रजातान्त्रिक बिचारधारमा आस्था राख्ने सम्पूर्ण व्यावसायीहरुलाई गोलबद्ध गरेर अगाडि बढ्ने बताए ।

अहिले हामी छलफलकै अवस्थामा छौ, बार्ता छलफल जारी छ । टुंगोमा पुगीसकेको छैन । धेरै साथीहरु आकांक्षी हुनुहुन्छ । लोकतान्त्रिक समुहमा आस्था राख्ने व्यावसायीलाई गोलबन्द गरेर अगाडि बढ्छौ । अहिले टानको अवस्था त्यति राम्रो छैन, टानको बिल्डीङ बेच्दा पनि टानको खर्च नपुग्ने अवस्था देखिएको छ । व्यावसायीहरु निरास छन । उनीहरुको मुहारमा फेरी आशा जगाउनका लागि हाम्रो उमेद्धवारी रहनेछ । यसमा सबै व्यावसायीको साथ सहयोग रहनेमा हामी आशाबादी रहेका छौ । अहिले यो या त्यो भनेर बिबाद गर्ने समय होईन, हामीले प्रजातान्त्रिक बिचारधाराका व्यावसायीहरुको एउटा सशक्त टिम बनाउनु छ, त्यसमा आफुहरु लाग्ने बताए ।’

 

तपाईंको बिचार