Thursday, December 12, 2019

मलाई बिश्वास छ, खुमबहादुरले मलाई भित्तामा पुर्याउनुहुन्न :ठाकुरप्रसाद सापकोटा

प्रकाशित मिति: 2019/09/12

भाद्र २६, काठमाण्डौ । लामो चुनाबी रस्साकस्सीपछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को अध्यक्षमा लोकतान्त्रिक समुहका खुमबहादुर सुबेदी निर्वाचित भए । अंकगणितका हिसाबले पर्यटनको ईतिहासमै पहिलोपटक दूई बामपन्थी घटक मिलेर बनेको नेकपा मुलुकको केन्द्रिय राजनीति र पर्यटनको छाता संगठनका रुपमा पनि बलियो अवस्थामा देखिएको थियो । बाहिर जे भनिएपनि चुनाब अघिसम्म लोकतान्त्रिक पक्षधरहरुलाई समेत नेकपाको मजबुत अंकगणितको भयले पिरोलेकै थियो । त्यसै त पर्यटनमा बामपन्थीहरुको मजबुत पकड भईरहेको बेला पूर्व माओबादी र एमालेको मिलनबाट बनेको नेकपाको त्रास हुनु स्वभाविक भएपनि अन्ततः व्यावसायीहरुले लोकतान्त्रिक पक्षधरलाई नै टानको नेता स्वीकारे ।  खुमबहादुर टान अध्यक्ष बने । 

नेकपाबाट नेतृत्वको मनोनयनमा पर्ने बित्तिकै आफ्नो सुनिश्चीतता देख्ने भलाद्मी कार्यकर्ताको भावनाका बिच नेकपाले टान नेतृत्व गुमाउन पुग्यो । महासचिब, सचिब नेकपाबाट चुनिएपनि अध्यक्षका उमेद्धवार कुमार थापा नराम्ररी पराजित भए । मजबुत संगठन हुँदाहुँदै थापाले चुनाब हार्नुका पछाडी थापाको कमजोर व्यक्तित्व की अन्र्तघात, निचोड यी दुई शिर्षक भन्दा पर हुनै सक्दैन । थापाको पराजयसँगै नेकपाले अब आफ्ना एजेण्डा महासचिब सरिता लामा मार्फत प्रश्तुत गर्नुपर्ने अवस्था यर्थाथ हो । १७ सदस्यीय टान कार्यसमितिमा १० जना सुबेदी समुहबाट निर्वाचित भए भने ७ जना नेकपा समुहबाट । यस्तोमा खुमबहादुर समुह टानमा सुबिधाजनक बहुमतको स्थीतिमा छ भने नेकपाको रोईकराई र एजेण्डाको प्रतिनिधित्व महासचिब लामाले गर्नेछिन ।
कमजोर डिफेन्सीभ अवस्थामा रहेको नेकपा अबको टान कार्यकालमा कसरी प्रश्तुत हुन्छ, हार पछिको उत्पन्न परिस्थीति र अब उसको भुमिका केकस्तो हुन्छ बुझ्ने कोसिस गरेका छौ ।
प्रश्तुत छ, नेकपाका कुमार थापा समुहबाट सदस्य पदमा निर्वाचित भएका ठाकुर सापकोटा सँगको संबाद ।
१. खुसीले गदगद हुनुहुन्छ, बधाई छ ।
धन्यबाद । म सामान्य मान्छे हुँ । जिबनका धेरै बसन्तहरु पार गरिसकेकाले कुनै कुरा पाउनु र नपाउनुले धेरै खुसी र दुखीको अवस्थामा म छैन । स्वभाबिक महशुस गरीराखेको छु ।
२. नेकपा सबैभन्दा बलियो भएको अवस्थामा तपाईका नेतृत्व कुमार थापा पराजित भए, तपाईहरुले उनलाई धोका दिएर आफु चै उम्कने ?
धोका....? । सोच्न पनि सक्दिन, उहाँले जितेको भए, मलाई अझ सजिलो हुने थियो, यसमा दुःख लागेको छ ।
३. तर तपाई चै जित्नुभयो, उहाँ त हार्नुभयो नी ?
पर्यटनमा लामो समय व्यतित गरेको छु, धेरै साथीहरुले मप्रति शुभेच्छा राख्नुभएको थियो, त्यो भोटमा पनि देखियो । अर्को कुरा म आफै पनि हार्न सक्थेँ, ५४ बर्षको भैसँके, सायद यसले चै हाम्रा एजेण्डाहरुमा सहयोग नै गर्छ भनेर होला । उहाँहरुले भोट दिनुभयो । जहाँसम्म थापा जी नहार्नुपर्ने पराजित हुनभयो । यसमा हामी जित्नेहरुबाट पनि सहानुभुति नै छ ।
४. तपाईसँग कुमार थापा रिसाउनुभयो नी ?
किन रिसाउनु । उहाँले त मैले जित्न नसकेपनि दाई तपाईले जित्नुभयो, शुभकामना छ । राम्रो गर्नुस भन्नुभयो । हाम्रो नियमित कुराकानी भैराखेको छ ।
५. यति बलियो अवस्थामा थापा पराजित हुँदा सिंगो नेकपालाई ठक्कर लागेको छ, महासचिब यहाँहरुकै प्यानलबाट जित्दा अध्यक्ष हार्नु त उहाँको कमजोर व्यक्तित्व भन्नेहरु पनि छन नी ?
त्यस्तो होईन । चुनाबमा पराजित त जो पनि हुन्छ । यद्यपी यहाँले भनेजस्तै अहिलेको अवस्था निकै राम्रो थियो । यद्यपी हार बेहो¥यौ, यो आफैमा दुःखद हो । अन्र्तघात भएको कुरा पनि बाहिर आएको छ, केही दिनमा यसको निक्र्यौल होला ।
६. तपाई आफैलाई चै के लाग्छ ?
कहीँ न कहीँ अन्र्तघात भएजस्तो लाग्छ । नत्र यत्रो मजबुत संगठनमा हुँदा पराजयको स्थीति नआउनुपर्ने हो । यसको समिक्षा हुन्छ ।
७. नेकपाबाट अध्यक्षको छनोट नै कमजोर भयो भन्ने लाग्दैन ?
त्यस्तो लाग्दैन, उहाँ पनि लामो समयदेखी पर्यटनमा स्थापित भएको व्यक्ति नै हो ।
८. सरिता लामाले सम्मानजनक स्थीतिमा चुनाब जित्ने कुमार थापाले हार्ने स्थीतिले कहीँ न कहीँ नालायकीपनको संकेत त गर्छ नी ? तपाईहरु होईन भन्नुहुन्छ ?
कहीँ न कहीँ पार्टीकै साथीहरुबाट धोकाको गन्ध देखिन्छ । यो निकै महत्वपूर्ण तथ्य पनि हो । यहाँले भनेजस्तै प्रश्नचिन्ह उब्जिएकै छ, तर अहिले नै त्यसरी नबुझौ ।

९. अब यहाँहरुको रोईकराई महासचिब सरिता लामा मार्फत राख्नुपर्ने देखियो, यहाँहरु अल्पमतमा परिसक्नुभयो, सुबेदी समुहलाई तपाईहरु सहयोग गर्नुहुन्छ की गुनासा मात्रै पोख्नुुहुन्छ ?
हामी अल्पमतमा परेको सही हो । गुनासा, एजेण्डा, सुझाब आवश्यक्ता अनुसार प्रश्तुत हुन्छन नै । स्वस्थ टान कार्यसमितिका लागि हाम्रो सहयोग नै हुनेछ ।
१०. अघिल्लो कार्यकाल नवराज दाहाल टान अध्यक्ष बन्नुका पछाडि चन्द्र रिजालको लिगेसीबाट आएका हुन भन्न डराउनुपर्दैन, उनी स्वयंमले पनि स्वीकारेका छन । यद्यपी ईतिहासमै मजबुत संगठन हुँदा उनले नयाँ लिगेसी जोगाउन सकेनन, कुमार थापाको हारमा दाहालको नालायकी जोडिन्छ की अहंकार ?
यो निकै गम्भिर बिषय हो । विगतदेखीको आन्तरीक पृष्ठभुमिलाई मैलै गहिरोसँग बिश्लेषण गरेको छैन, कहीँ न कहीँ कमजोरी भएको त हो । तर कसको कति हिस्सा छ, यसको समिक्षाबाट मात्रै टुंगोमा पुग्न सकिन्छ ।
११. भनेपछि यहाँहरुलाई धोका भयो, अब पार्टीका धोकेवाजहरुलाई रबरको गोली हान्नुहुन्छ ?
कारबाही त हुनै पर्छ ।
१२. टानमा स्वार्थीहरुको झुण्ड छ, धेरै पैसाको चलखेल पनि हुन्छ भनिन्छ, तपाई पनि पैसा कमाउन आतुर हुनुहुन्छ हो ?
मलाई यि सब कुराको जरुरत छैन, सामान्य जिबन जिउन सकेकै छु । पाप लाग्छ, यदि त्यसो गरे भनेँ ।
१३. भनेपछि तपाई धनी व्यक्ति हो, पैसा चाहिदैन ?
मनको धनी हो, पैसा धेरै चाहिँदैन । सामान्य जिबनयापन गर्न भए पुग्यो ।
१४. भनेपछि तपाई कलेजो फेल भयो भने पनि कसैसँग सहयोग माग्नुहुन्न ?
माग्दिन ।
१५. तपाईलाई थापा र सुबेदी दुबैको भर छैन ?
मेरो व्यक्तिगत जिबनमा म कसैप्रति अनुग्रहित हुन चाहन्न । व्यावसायिक पाटो भिन्न हो ।
१६. तपाईलाई खुमबहादुरले भित्तामा पुर्याउनुभयो भने के गर्नुहुन्छ ?
मलाई लाग्छ, खुमबहादुरले मलाई भित्तामा पुर्याउनुहुन्न । एजेण्डागत बहश हुन्छन, नै अल्पमत भएपनि राम्रा कुराहरु उहाँहरुले पनि स्वीकार्नुपर्छ । हामी त पालना गर्ने नै छौ ।
१७.  शुभेच्छुकहरुलाई के भन्नुहुन्छ ?
ममाथि जुन भरोसा दर्शानुभयो, यसको म सधै ऋणी छु । व्यावसायिक मुद्धालाई सम्बोधन गर्न पहल गर्नेछु, यदी त्यसो हुन सक्यो भने तपाईले मलाई दिएको भोट काम लाग्यो भनेर महशुस गर्नेछु । 

तपाईंको बिचार