Tuesday, February 18, 2020

पर्यटक बढाउन बिभिन्न बिकल्पहरुबारे छलफल भैरहेको छ :रमेश थापा, महासचिब(नाट्टा)

प्रकाशित मिति: 2019/11/15

कार्तिक २९, काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन केही समयमात्र बाँकी छ । यद्यपी सरकारको तयारी र व्यावसायीक संस्थाको बुझाईबिच तालमेल भएको देखिदैन । भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने योजना बनाएको सरकारले व्यावसायीहरुसँग अन्र्तक्रिया गर्नुको साटो बिषय नबुझेका व्यक्तिलाई राजनीतिक नियुक्तिमा भ्रमण बर्षको जिम्मा लगाउने स्थीति यथार्थ हो ।

यस्तोमा पर्यटन क्षेत्रमा स्थापित दर्जनौ पर्यटकीय संस्थाहरु र भ्रमण बर्षमा उनीहरुको बुझाईलाई प्रश्तुत गर्ने कोशिस गरेका छौ ।
यसका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा) का महासचिब रमेश थापासँग कुराकानी प्रश्तुत गरेका छौ । नाट्टामा २ कार्यकाल व्यतित गरेका थापा २८ बर्षदेखी नेपाली पर्यटन क्षेत्रमा स्थापित छन । मुनसन नेपाल ट्राभल एण्ड टुर्सका सञ्चालक तथा नाट्टा महासचिब रमेश थापासँग गरिएको संबाद जस्ताको तस्तै ।
१. नेपाल भ्रमण बर्ष सुरु हुन केही समय मात्रै बाँकी छ, अहिलेसम्मको अवस्था के कसरी अगाडि बढेको रैछ ?
नेपाल भ्रमण बर्ष(भिएनवाई)का तर्फबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने, बिदेशी एनआरएनहरु सँग संबाद गरेर कसरी पर्यटक भित्राउन सकिन्छ भन्ने सन्दर्भमा छलफल अन्र्तक्रिया भईरहेको छ । गत जनवरीमा पर्यटक आर्कषित गर्नकै लागि (बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट) लुम्बीनीमा आयोजना गरिएको थियो, बुद्धिष्ट सर्किट अन्र्तगत पुनः आउँदो जुनमा दोस्रो पटक आयोजना गर्ने गरी अघि बढेका छौ । पर्यटक बढाउन बिभिन्न बिकल्पहरुबारे छलफल भैरहेको छ भने भ्रमण बर्षमा हानका तर्फबाट ३० प्रतिशत छुटको प्याकेज घोषणा गरिएका कुराहरु पनि बाहिर आएका छन । बिस्तारै सबै टुंगो लाग्ला ।
२. नाट्टा आफैले चै के गर्दैछ ?
हामीसँग कार्यक्षेत्र मिल्ने एनटीभीए, टुर्गान, नारा र टान मिलेर भ्रमण बर्षमा पर्यटकहरुलाई केकस्तो प्याकेज उपलब्ध गराउन सकिन्छ भनेर लागिपरेका छौ । अहिले छलफलकै क्रममा छ, केही समयपछि टुंगो लाग्ला ।
३. भ्रमण बर्षको संघारमै आईपुग्दा पनि छलफलकै कुरा मात्र सुनिन्छ, पर्यटकहरुले भ्रमण बर्षमा नै किन आउने भनेर सोध्दा यहाँहरुसँग कुनैपनि प्याकेज छैन, यस्तोमा सरकार र व्यावसायी दुबैको काम हल्ला गर्ने मात्रै देखियो नी ?
हुनुपर्ने जति भएको छैन, तर सुरुवात नै नभएको भन्न मिल्दैन । पर्यटन बोर्ड लगायतका संस्थामा आउने नयाँ सिईयोको कार्यशैली हेर्न बाँकी नै छ । सरकारको योजना पनि आफ्नो ढंगको होला, तर पर्यटनमा संलग्न स्थापित व्यावसायीहरुसँग पनि छलफल अन्र्तक्रिया हुन जरुरी छ, त्यसैअनुसार होला, आशा गरौँ ।
४. सबै राम्रो छ, भन्ने हिसाबले बोलिरहनुभएको छ, अरु व्यावसायीहरु केही पनि भएन भन्छन, तपाई आफ्नै राजनीतिक स्वार्थ मिल्न गएको पो होकी ?
 हरेक मान्छेको आस्था र बिचार बिभिन्न किसीमको हुन सक्छ । पर्यटन क्षेत्रलाई बढाउने हिसाबमा हामीबाट राजनीति हुँदैन । यही सत्य हो । 
५. भनेपछि कालो सेतो दुईकप चिया एकैचोटी खान मन पराउनुहुन्छ ?
 यसलाई त्यसरी नबुझौँ । मन्त्री, सरकारले गरेका काम कारबाही सबै जानकारी मलाई हुने कुरा पनि भएन । काम हुँदै होला भन्न खोजेको हुँ, आशाबादी कुरा गरेको हुँ ।

६. पर्यटन बिकासमा एउटै उदेश्यका खुद्रा पसल थापेर बस्नुभन्दा सबै संस्था समेटेर साझा उदेश्यमा सबैजना लाग्दा नतिजा पनि प्रभाकारी हुने थियो, यसमा यहाँहरुको ध्यान खै ?
पर्यटनमा स्थापित सबै संस्थाहरुको उदेश्य पर्यटन क्षेत्रको बिकास नै हो । यद्यपी टुर्गान, नारा, एनटीभीए र नाट्टाको कार्यक्षेत्र मिलेपनि चारित्रीक बिशेषता फरक छ । गाईडहरुको, खोलाकिनारको, यातायात र समग्र पर्यटकहरुको जिम्मामा हामी ४ संस्थाहरु क्रियाशिल छौ । यसअघि सोट्टो र नाट्टो सँग एकीकरणको लागि बार्ता र छलफल जारी नै छ । जहाँसम्म एकता गर्न यहाँले भनेजस्तै नेतृत्व कसले लिने भन्ने पनि होला,  यि कुराहरु स्वभाविक पनि हुन, समयक्रममा सबै मिल्दै जानेछ ।

 

 

तपाईंको बिचार