Sunday, April 30, 2017  |    

हामी नेपाली कांगेसको सुभेच्क्षुक संस्था बन्न प्रतिवद्ध छौ : थपलिया

प्रकाशित मिति: 2015/10/26

नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट -नेपाल ) बाट असन्तुष्टि जनाउदै वरिष्ठ उपाध्यक्ष रामशरण थपलिया र उपाध्यक्ष मिहिका धाख्वासहितका अधिकांश कार्यसमिति सदस्यहरु बाहिरिएका छन् ।  निट -नेपाल छाडेलगत्तै उनीहरुले लोकतान्त्रिक पर्यटन व्यवसायी संघ नामाकरण सहित ३५ सदस्यीय भेला समिति समेत गठन गरिसकेका छन् ।  भेला संयोजकको जिम्मेवारी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख किशोरसिंह राठोर र सहसंयोजकको जिम्मेवारी रामशरण थपलियाले सम्हालेका छन् ।  उनै भेला सहसंयोजक थपलियासँग गन्तव्य नेपाल न्यूज डक कमले गरेको ताजा कुराकानी : 

निट निट–नेपाल छोडेरै हिड्नुपर्ने अवस्था किन आयो ? 

म निट -नेपाल को वरिष्ठ उपाध्यक्षमा रहेर कार्य गर्दै आइरहेको थिए । तर पछिल्लो समय मलगायत अधिकांश कार्यसमिति सदस्यहरुले राजीनामा दिएका छौ ।  र, अरु साथीहरु पनि राजीनामा दिएर आउने तरखरमा छन् ।  व्यवसायका साथ साथै हाम्रो पनि छुटै राजनीतिक आस्था छ । त्यही अन्तर्गत निट नेपाललाई नेपाली कांग्रेस या भनौ प्रजातान्त्रिक विचार धारामा आस्था राख्ने व्यवसायीहरुको संस्थाको रुपमा परिचित गराउदै काम गर्दै आयौ । हामी पेशा र आस्थाको आधारमा यसलाई कांग्रेसको सुभेच्छुक संस्थाको रुपमा विकास गर्न चाहन्थ्यौ । तर केही साथीहरु यसरी आए की यसलाई व्यत्तिवादी सेरोफोरोमा राखेर संचालन गर्ने बाहेक अरु सोच्दै सोचेनन् । हामीले पटक पटक भन्यौ तर २/३ जना साथीहरुले विभाग अन्तर्गत रहेर पार्टीको निर्देशन अनुसार अगाडि जान नसकिने कुरा गर्नुभयो । 

त्यो हुन नसके पछि हामी त्यहाँबाट निस्किएका हौ । निट –नेपालमा रहेका  ७० प्रतिशतले निट -नेपाललाई एनजियो चलाइ जसरी चलाउनुको अर्थ छैन् भनेर बाहिरिएका छन् ।  लगतै हामीले लोकतान्त्रिक पर्यटन व्यवसायी संघ नामाकरण गरि अगाडि बढेका छौ । जसका लागि हामीले ३५ सदस्यीय भेला आयोजक समिति गठन गरिसकेका छौ । तिहारलगतै हामी राष्ट्रिय भेलाको आयोजना गछौ ।  जसका लागि संयोजकको जिम्मेवारी पर्यटन विभाग प्रमुख किशोरसिंह राठोर र म स्वय सहसंयोजक रहेर कार्य गरिरहका छौ ।  पूर्व मेचि देखि पश्चिम महाकालि सम्म रहेका प्रजातन्त्रीक विचार बोकेका पर्यटन व्यवसायीहरुको बृहत भेलाबाट तदर्थ समिति गठन गछौ ।  त्यसपछि हामी कांग्रेसको मूल्य मान्यता र विधि विधान अनुसार कार्य गर्ने सोचमा छौ । 

निट –नेपाल कांग्रेसको सुभेच्क्षुक संस्था होइन की एनजियो रुपमा काम ग¥यो भन्ने हो ? 

 म पुन स्पष्ट पारु की अव बन्न लागेको लोकतन्त्रिक पर्यटन व्यवसायी संघ निट नेपालको प्रतिस्प्रधी होइन् । र निट नेपाललाइ हामीले फुटाएको पनि होइन् । त्यसकारण म त्यसको विरोध गर्न चाहन्न् । स्थापनाको उद्धेश्य ठिक थियो त्यही कारण मैले पनि संघको  वरिष्ठ उपाध्यक्षको पदमा रहेर कार्य गरे । तर विस्तारै यो उद्धेश्य वाट विमुख हुदै गयो । हामी नीट नेपाललाई व्यत्तिवादी होइन् कांग्रेसको निति नियम अनुसार सुभेच्क्षुक संस्थाको रुपमा संचालन गर्न चाहन्थ्यौ । तर केही व्यत्तिको रवैयाकै कारण हामीले बाध्य भएर निट नेपाल छाडेर हिड्नु पर्ने अवस्था हो । 
   
निट –नेपाल छाडेर कांग्रेस प्रति आस्था राख्ने व्यवसायी तपाइहरु रहेको ठाउँमा किन आउने ? 
स्थापनाको उद्धेश्यवाट विमुख हुदै लोकतान्त्रिक र प्रजातान्त्रिक मूल्य मान्यता अनुसार निट –नेपाललाई संचालन नगरेर त्यहाँ रहेका २÷३ जनाको इच्छा अनुसार मात्रै संस्था अगाडि बढ्न सक्दैन् ।  म आफै दर्जनौ संस्थामा आवद्ध छु हामी त्यहाँ कुनै पनि राजनीति गदैनौ । तर यसलाई स्थापनाको उद्धेश्य अनुसार नेपाली कांग्रेसको सुभेच्छुक संस्थाको रुपमा विकास गर्न चाहन्थौ । त्यो हुन नसके पछि म लगायत अधिकांश साथीहरुले  केबल एक दिनको  निर्णय पछि राजीनामा दिएर बाहिरिएका हौ । र अरु बहुमत कार्यसमिति सदस्य साथीहरुले पनि राजीनामा दिएर    आउदै छन् । 

कुरा यती मात्र हो की यस भित्र पदलोलुपता पनि लुकेको छ ? 
पहिलो त महाधिवेशन नभए सम्म निट-नेपालमा  पदिय लोभको कुरै  आउदैन् । विगतमा दर्ता गर्दा तदर्थ समितिको रुपमा सिमित व्यत्तिको नाम पठाइयो । पछि यसलाइ अगाडि बढाउने विषयमा कुनै केही पहल कदमी भएन् । अव महाधिवेशन हुदैछ । म यसको वरिष्ठ उपाध्यक्ष थिए । महाधिवेशनबाट अध्यक्षमा चयन भएर आउन सक्थे यदी मलाई पदकै लोभ लालच भएको भए ।  यसको उद्धेश्य संघ संस्था दर्ता ऐन २०३४ अनुसार ठिक छ तर नेपाली कांग्रेसको सुवेक्षुक संस्था अनुसार काम भएन् । जसका कारण विना स्वार्थ हामी बाहिरिएका हौ । 
अव तपाइहरु कसरी अगाडि बढ्नु हुन्छ  ? 

 म फेरी भन्छु निट-नेपाल हाम्रो प्रतिस्प्रर्धी होइन् । विगतमा नीट नेपाललाइ  हामीले कांग्रेस प्लेटफर्म मानेर गयौ ।  तर त्यसले यो अवधि सम्म न कांग्रेसका कुनै माथिल्ला पदाधिकारीहरुसँग सहकार्य गर्न सक्यो न त सुवेक्षुक संस्थाको रुपमा कार्य नै । त्यसैले अहिलेसम्म  ७० प्रतिशत साथीहरुले निट छोडिसकेका छन् ।  अरु छुटेका साथीहरु पनि विस्तारै आउछन् । अव हामी नेपाली कांग्रेसको पर्यटन विभाग अन्तर्गत सुभेच्क्षुक संस्थाको रुपमा रहेर कार्य गछौ । अनेक रबैयाकौ कारण  हामी निटबाट बाहिरीका हौ  र अहिले हाम्रो संघको  भेला संचालन गर्न ३५ सदस्यीय भेला आयोजक समिति गठन गरिसकेका छौ । जसले  तदर्थ समिति गठन गर्छ । हामी नेपाली कांगेसको सुवेक्षुक संस्था बन्न प्रतिवद्ध छौ । हामीले पर्यटन विभाग र नेतृत्व तह सम्म सहकार्य गर्दै व्यवसायीक एजेन्डालाई सर्वोपरि ठानेर कार्य गर्नेछौ  । 

तपाइहरुले निटलाई विभाजित पारिदिनुभयो भन्ने आरोप छ नी ? 

त्यो विल्कुल होइन् । मैले अघिनै भने हाम्रो उद्धेश्य के थियो भन्नेबारे सबैलाई थाहा छ । तर केही व्यत्तिहरुले त्यस्तो हुनै दिएनन् । एउटा व्यत्ति एउटै आस्था राखेर दुइ ठाउँमा बस्न मिल्दैन् । त्यसकारण हामी यहाँ आएका हौ । विगतमा हामीले नेतृत्व तह सँग कुरा गर्न नसक्दा हाम्रा एजेन्डाहरु सम्बोधन हुन सकेन् । निट नेपालले के के एजेन्डा उठायो की उठाएन समस्या समाधानका लागि कति पहल कदमी चाल्यो चालेन त्यो सबैलाई स्मरणिनै छ । त्यसकारण अव हामी नयाँ बाटोमा हिडिसकेका छौ मलाई पूर्ण आशा र विश्वास छ । यसमा सबैको सहयोग र सद्भाव रहने छ । 

तपाइहरु अव पुन नीट फर्कने अवस्था छ की छैन् ? 
 अव त्यो सम्भवनै छैन् । हामी अगाडि बढिसक्यौ ।  हामी यसलाई जसरी पनि अगाडि बढाउछौ । हामीलाई पर्यटन विभाग र प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्नेको साथ र सहयोग छ । त्यसैले यो संघ पर्यटन विभाग अन्तर्गत  नेपाली कांग्रेसको सुभेच्क्षुक संस्थाको रुपमा  अगाडि बढ्छ । धेरै कामहरु भइसकेका छन् । धेरै तहमा कुराकानी भइसकेको छ । अव हामी होइन् उनीहरु आउनुहुन्छ । 

तपाईंको बिचार