Tuesday, February 18, 2020

सक्रिय राजनीतिको तयारीमा छु : रमेशकुमार पाठक

प्रकाशित मिति: 2019/12/15

मंसिर २९, काठमाण्डौ । गीरीजाप्रसाद कोईराला फाउण्डेशन नुवाकोटले हिजो राजधानीमा ‘गीरीजाप्रसाद कोईराला चर्चा बिषयक’ कार्यक्रमको आयोजना गर्यो । लोकतन्त्र, शान्ति र   बिकासका लागि स्वर्गीय गीरीजाप्रसाद कोईरालाले खेलेको भुमिकाको चर्चा गर्नका लागि नुवाकोट नेपाली कांग्रेस सम्बद्ध सबै नेताकार्यकर्ताहरुको उपस्थीति रहेको थियो । २०६३ साल मंसिर ५ गते युद्धरत माओबादी र सरकारबिच भएको बृहत शान्ति सम्झौताको नेतृत्व गर्ने नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गीरीजाप्रसाद कोईराला बिषयक एक चर्चा आयोजना भएको हो ।

उपस्थीत सबै नेताहरुले स्वर्गीय गीरीजाप्रसाद कोइराला नेपाली राजनीतिका शिखर पुरुष मानेर चर्चा गरे । फाउण्डेशनका नामबाट गरिएको कार्यक्रममा सामाजिक अभियन्ता, साग खेलकुदमा पदक बिजेता खेलाडी र आर्थिक रुपमा बिपन्न मृगौलापिडित महिलालाई आर्थिक सहयोग पश्चात कार्यक्रम समाप्त भयो । सोही क्रममा गीरीजाप्रसाद कल्याणकारी कोषको स्थापना र गीरीजाप्रसाद पत्रकारिता पुरस्कारको घोषणा भयो । फाउण्डेशनले सामाजिक संस्थाको रुपमा नुवाकोटमा कांग्रेस राजनीति स्थापित गर्न लागिपरेको बताउँदै गर्दा यसको आवश्यक्ता किन, फाउण्डेशनले के गर्दैछ, अबको रणनीति र नेपाली राजनीतिमाथिको चर्चाका लागि फाउण्डेशनका अध्यक्ष रमेशकुमार पाठकसँग कुराकानी गरेका थियौँ ।
प्रश्तुत छ, गीरीजाप्रसाद कोईराला फाउण्डेशन नुवाकोटका का अध्यक्ष रमेश कुमार पाठकसँग गरिएको कुराकानी जस्ताको तस्तै ।
१. दिनचर्या केकसरी बितिरहेको छ ?
व्यावसाय, राजनीति र समाजसेवामा केन्द्रित छु, सामान्य छ ।
२. नुवाकोटका सबै कंगे्रसीलाई भेला पारेर गीरीजाप्रसाद कोईराला फाउण्डेशन नुवाकोटले हिजो कार्यक्रम गर्यो, यसको आवश्यक्ता किन पर्यो ?
स्वर्गीय गीरीजाप्रसाद कोईराला अहिले हामी सामु हुनुहुन्न । यद्यपी नेपाली राजनीतिमा उहाँको नाम अमर रहीरहोस भन्ने अर्थमा कार्यक्रम गरेका हौँ । जतिबेला माओबादीले जनयुद्धको नाममा द्धन्द्ध भईरहेको थियो, त्यसलाई शान्तिपूर्ण रुपमा राजनीतिको मुलधारमा ल्याउने कार्य गीरीजाप्रसादले नै गर्नुभएको हो । आतंकबाट नेपाली समाजलाई मुक्त गराउन शान्ति स्थापना गर्नुभयो, त्यसपछि लोकतन्त्रको रक्षा गर्दै बिकासको मार्गमा डोर्याउने कार्यको सुरुवात पनि उहाँबाटै भएका हुनाले हामी कांग्रेसीहरुका लागि बिशेष हुने नै भयो, त्यसैको सम्झना गरेका हौँ ।
३. जीपी फाउण्डेशन जिम्मेवारी नपाएका स्थानिय नेताकार्यकर्तालाई पद व्यावस्थापन गर्ने थलो जस्तो देखीन्छ नी ?
 पार्टीको शुभेच्छुक संस्था हुनुका हिसाबले राजनीतिक व्यक्ति जोडिनु स्वभाविक हो । व्यावस्थापन क्षमताका आधारमा हुने हो, कसैले दिने कुरा होईन । यसमा सत्यता छैन ।
४. तर फाउण्डेशन अवशरबाट बञ्चित हुनेहरुको गुट मात्रै हो भन्नेहरु पनि छन, तपाई आफैलाई पनि अध्यक्ष बन्दा राहत त मिलेको होला नी ?
राजनीतिमा लागेको व्यक्ति हुनुका नाताले अवशरबाट बञ्चित भएको वा पारिने भन्ने कुरामा मलाई बिश्वास छैन । कोही कसैले कसैलाई पनि बञ्चित गरेर हुने कुरा होईन । पहिलादेखी नै सामाजिक काम गरिराखेकाले गीरीजाप्रसादलाई आदर्शकै रुपमा सुन्दै आएको व्यक्ति हुँ । फाउण्डेशनको केन्द्रिय अध्यक्ष उहाँकै छोरी सुजता कोईराला हुुनुहुन्छ, उहाँले नै मैले नुवाकोटमा अध्यक्ष बन्दा कांग्रेस पार्टीलाई राम्रो हुन्छ भनिसकेपछाडी जिम्मेवारी लिएको हुँ । अर्को कुरा मेरो आफ्नै कुरा चै केही समय राजनीतिका पाईला बिस्तारै कुदे होलान, तर निस्क्रीय हुने प्रबृत्ति ममा छैन । सक्रिय राजनीति जारी छ ।
५. तपाईका अहिलेका नेतृत्वको कार्यशैली चै कस्तो ?
पार्टी सञ्चालनमा कहीँकतै कमजोरी भएको होकी जस्तो महशुस पक्कै भएको छ । यद्यपी काम गर्दै जाँदा सुधारका बाटाहरु आफै फेला पर्छन । उहाँ आफै पनि लामो समय जेलनेल गरेर आएको व्यक्ति सबै मिलेर नै पार्टी बलियो बनाउनुपर्छ ।
६. देउवाको बिकल्प छ की छैन ?
बिकल्प नहुने कुरै भएन । पार्टीभित्र क्रियाशिल सबैको चाहना नेतृत्वमा पुग्न सकौँ भन्ने नै हुन्छ, बाँकी कार्यकर्ताले फैसला गर्छन ।
७. तर महाधिवेशन नै नगर्ने मुडमा देउवा देखिएका छन, तपाईको सभापति निरंकुस बन्दै गएको हो ?
होईन, पार्टी बिधानमै प्रतिकुल परिस्थीतिमा १ बर्ष म्याद थप गर्न सकिने व्यवस्था छ । एकोहोरो आलोचनाले कसैलाई कहीँ पुर्याउँदैन ।
८. अबको महाधिवेशनमा तपाईको भुमिका चै के ?
नुवाकोटको जिल्ला राजनीति नै गर्ने हो, नुवाकोटमा लामो समयदेखि रोकिएको त्रिकोणात्मक लिडरसिपलाई एकै मञ्चमा भेला पार्न सफल भएँ । अबको दिनमा पनि सक्रिय राजनीति नै गर्छु । आउने १४ औँ महाधिवेशनमा पार्टीको निर्देशन बमोजिम सक्रिय हुने दायित्वमा केन्द्रित हुनेछु ।
९. जीपी फाउण्डेशनकै कार्यक्रममा पनि केशी र महतबिचमा तिक्तता त देखियो नी ?
त्यसमा कुनै सत्यता छैन । बिगतमा भएका असमझदारी बर्तमानमा हल भैसकेका छन । हामी धेरै अगाडि बढिसकेका छौ । अब पछाडि नफर्कौ । उहाँहरु नुवाकोटको अग्रज नेता हो, नेताकार्यकर्तालाई एकढिक्का बनाएर लैजानमा उहाँहरुको भुमिका नै हुनेछ ।
१०. अहिलेसम्मको स्थीतिमा केशी र महतको घेराभन्दा बाहिर गएर राजनीति सम्भव त छैन नी ?
यो बिल्कुल गलत कुरा हो । हिजोका दिनमा उहाँहरुले दिएको योगदानलाई अहिलेका पुस्ताले अनुशरण गर्नुपर्छ । उनीहरुको बिकल्प जनताले पनि तत्काल खोज्ने स्थीति छैन ।
११. भनेपछि अबको २० बर्ष नुवाकोटमा नयाँ नेता बन्छु भनेर कोही नआउँदा हुन्छ ?
समय नतोकौँ । तर तत्काल त्यो सम्भावना छैन ।

तपाईंको बिचार