Wednesday, April 1, 2020

बिभेद होईन, बर्गीकरण गरौ, सानाठुला दुबै व्यावसायीको मर्का एउटै हो :तेजेन्द्र शर्मा पौडेल

प्रकाशित मिति: 2020/03/18

चैत्र ५, काठमाण्डौ । कोरोना भाईरसको प्रकोप विश्वव्यापी रुपमा फैलिरहँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरेपनि अप्रत्यक्ष रुपमा नेपाली जनजिबनमा समेत प्रभाव देखिन थालेको छ । अन्तर्राष्ट्रिय मुभवेन्टमा सबैजसो देशहरुले कडाई गर्दा नेपालले पनि नेपाल आउने बिदेशी पर्यटकहरुलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरीसकेको स्थीतिमा यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा देखिन पुगेको छ । पर्यटनमा बिसौँ बर्षदेखि सक्रिय व्यावसायी देखी भ्रमण बर्ष केन्द्रित सटर थापेका नयाँ व्यावसायीहरु समेतको व्यावसाय चौपटको स्थीतिमा पुगीरहँदा यसलाई ठमेलका व्यावसायीहरुले चै कसरी लिएका छन, त बुझ्ने कोसिस गरेका छौ ।

तेजेन्द्र शर्मा पौडेल, जो नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको केन्द्रिय सदस्य हुनुहुन्छ । यसका साथै  गाउँले पर्यटन नेपालका अध्यक्ष, एसिया नेपाल होलिडे प्रालि, नेपाल भिलेज स्टे कम्पनीको समेत अध्यक्ष हुनुहुन्छ । पर्यटनमा तीन दशक बढि बिताएका बरिष्ठ पर्यटन व्यावसायी तेजेन्द्र शर्मा पौडेलको बुझाईमा अहिले पर्यटनको बर्तमान अवस्था कस्तो छ, त बुझ्ने कोशिस गरेका छौ ।
१. ठमेलको व्यापार कस्तो छ ?
व्यापार शुन्यता तर्फ केन्द्रित हुँदै छ । स्वभाविक हो, कोरोनाको असर रोकथाम गर्न हामीले नै बिदेशीहरुलाई अहिले नआउ भन्नुपर्ने स्थीतिमा अरु धेरै सोच्न पनि त भएन नी ।
२. सरकारको तयारी ?
हालसम्म कोरोना भाईरस लाग्यो भनेर नेपालमा एक जना पनि अस्पताल भर्ना भएको आधिकारिक जानकारी बाहिर आएको छैन । यस अर्थमा सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने तयारी गरीराखेकै छ । केही दिनअघि पर्यटनमन्त्री, उपप्रधानमन्त्री लगायतले पनि आफ्ना निकायहरुलाई सरकारले परिचालित गरिरहेको छ, भन्नुभएको थियो, प्रयास जारी होला । त्यसरी नै बुझौँ ।
३. केही दिन अघि कोरोनाले व्यावसायी मारमा परे भनेर पर्यटनमन्त्रीको नेतृत्वमा व्यावसायीहरु उपप्रधानमन्त्रीलाई भेट्न पुगेका थिए, तपाई पनि जानुभयो की ?
मेरो उपस्थीति त्यहाँ रहेन । म नेपाल भ्रमण बर्ष मूल आयोजक समितिको केन्द्रिय सदस्यका रुपमा क्रियाशिल छु । अस्तीको भेट बिभिन्न पर्यटकीय संघसंस्थाका नेतृत्व र प्रतिनिधीहरु भेला भएर आफ्ना माग उपप्रधानमन्त्री समक्ष राख्ने भन्ने कार्यक्रम थियो, त्यही अनुरुप साथीहरु जानुभएको हो । व्यावसायीलाई सहुलियतपूर्ण कर्जा सुबिधा लगायतका बिषयहरु बाहिर आएका बिषय हुन ।
४. व्यावसायीलाई खास आवश्यक राहत चै कस्तो हो, तपाईको बुझाईमा ?
सबैभन्दा पहिला व्यावसायको बर्गीकरण गर्नुपर्छ भन्ने मेरो बुझाई छ । ठुला व्यावसायीले अरुको भन्दा धेरै टूरिष्ट तान्न, धेरै पैसा कमाउन धेरै लगानीका लागि बैङ्कबाट कर्जा लिएकाहरु र आफ्नै सामान्य पुँजीले बाटोमा हिड्ने टूरिष्टलाई प्याकेज बेचेर आफ्नो गुजारा चलाउने दुबै व्यावसायी हुन, कोरोनाको असर पनि दुबैलाई बराबर छ । ठुला व्यावसायीलाई १० करोड ऋण आवश्यक होला, सानालाई एकसय रुपैयाँ पनि ठुलो रकम लाग्ला, यो आफ्नो व्याक्तिगत व्यावसायीक स्थतिको कुरा भो । भन्न खोजेको के भने ठुलाले बैङ्कबाट ऋण लिएका छन, उनीहरुलाई समस्या छ, ठिक छ तर उनीहरुले बैङ्क व्याज मिनाहा पाउँदै गर्दा सानो व्यावसायी जसले ऋण नलिई सयपचास भेला पारेर व्यावसाय गरिराखेको छ, भने उसलाई पनि सरकारले समान नजरले हेरोस भन्ने हो । अन्यथा, बिभेदको स्थीति श्रृजना हुन्छ, सरकार र हामी व्यावसायी दुबै पक्षले आफ्नो मात्रै हित नहेरी हामी भन्दा साना व्यावसायी पनि अरु छन, उनीहरुको पनि रोजीरोटीमा समस्या पर्नुहुँदैन भनेर सोचौँ, समाधान आफै निस्कन्छ ।
५. बर्तमान प्रतिकुल स्थीति कति पर सम्म जाला, तपाईको अनुमान के छ ?
हामी सिटामोल खान नपाएर मर्नुपर्ने देशका जनता हौँ, अर्कोतर्फ शक्तिमान चिन, अमेरिकाले प्रकोप नियन्त्रणमा आगामी दिनमा कस्तो पहल गर्छन भनेर हेर्नु सिवाय अरु बिकल्प छैन । यस्तोमा आजको मितिसम्म कम्तीमा देश भित्र प्रत्यक्ष रुपमा रोग भित्रीएको छैन, सबै सचेत होऔँ ।
६. व्यावसायीहरुलाई तपाईको सन्देश के छ ?
बर्तमान स्थीति सधैँ रहँदैन । हिजो पर्यटनमा अरबौँ कमाएका व्यावसायीदेखी तपाईले भनेजस्तै भर्खरै नयाँ सटर खोलेका नवआगन्तुक व्यावसायी समेत हामी एउटै कर्मथलोमा छौँ । विगतमा द्धन्दकालिन स्थीति, भुकम्प, नाकाबन्दी लगायत बिभिन्न अप्ठेरा परिस्थीति सहँदै फेरी अर्को अप्ठेरोमा हामी आईपुगेका छौँ, यद्यपी यो स्थीति पनि छिट्टै सहज हुनेछ, आफूले व्यावसाय तथा व्यक्तिगत जिबनमा गर्दै आएका अनावश्यक खर्चहरुलाई संभव भएसम्म कम गरौँ, पशुपतिनाथको मुलुक हो, हामी सबैको कल्याण हुनेनै छ, सिनियर, जुनियर, नवआगन्तुक व्यावसायी सबैलाई धैर्यधारण गर्न र आशाबादी रहन अनुरोध गर्दछु ।

 

 

तपाईंको बिचार