Wednesday, April 1, 2020

पर्यटन व्यावसायीलाई जोगाउन अहिल्यै नै सरकारले कदम चालोस : गीता गुरुङ

प्रकाशित मिति: 2020/03/19

चैत्र ६, काठमाण्डौ । कोरोना भाईरसको प्रकोप विश्वव्यापी रुपमा फैलिरहँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरेपनि अप्रत्यक्ष रुपमा नेपाली जनजिबनमा समेत प्रभाव देखिन थालेको छ । अन्तर्राष्ट्रिय मुभवेन्टमा सबैजसो देशहरुले कडाई गर्दा नेपालले पनि नेपाल आउने बिदेशी पर्यटकहरुलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरीसकेको स्थीतिमा यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा देखिन पुगेको छ । पर्यटनमा बिसौँ बर्षदेखि सक्रिय व्यावसायी देखी भ्रमण बर्ष केन्द्रित सटर थापेका नयाँ व्यावसायीहरु समेतको व्यावसाय चौपटको स्थीतिमा पुगीरहँदा यसलाई ठमेलका व्यावसायीहरुले चै कसरी लिएका छन, त बुझ्ने कोसिस गरेका छौ । 

नेपालको पर्यटनको मुख्य गन्तव्य ठमेलको बिकासको लागि लागिपरेको ठमेल पर्यटन बिकास परिषद्ले चै अहिलेको स्थीतिलाई कसरी लिएको छ, त ।
ठमेल पर्यटन बिकास परिषद(टीटीडीसी) की बरिष्ठ उपाध्यक्ष तथा सामाजिक अभियान्ता गीता गुरुङसँग गरिएको कुराकानी जस्ताको तस्तै ।
१. ठमेल पर्यटन परिषद्ले अहिले के गरिरहेको छ ?
विश्वव्यापी रुपमै अहिले कोरोनाको प्रकोप बढिरहेको स्थीतिमा पर्यटन क्षेत्र ठप्प जस्तै छ । यस्तो स्थीतिमा केही दिन अगाडि मात्र टीटीडीसीमार्फत पर्यटन व्यावसायीहरुको घरभाडा तथा ट्याक्समा छुट दिनको लागि सरकारसँग पहल गरिराखेका छौ । यसैक्रममा सांसद राजीब  पहारीलाई व्यावसायीको मुद्धा समेटेर टीटीडीसीले मागपत्र हस्तान्तरण गरेको थियो ।
२. मिसन २०२० केन्द्रित गरेर नयाँ सटर खोल्ने व्यावसायीहरुलाई तपाईको सुझाब के छ ?
अरबौँ लगानी गर्नेदेखी सामान्य व्यावसायी सबै जना ठमेलमा क्रियाशिल छन । यस्तोमा बर्तमान स्थीति कोरोनाको कारण असहज बनेको स्थीतिमा धैर्यता कायम राख्न अनुरोध गर्दछु । व्यावसायीका मुद्धामा टीटीडीसी गम्भीर छ, यहाँहरुका कुनैपनि अप्ठेराहरु परिषद्मा पेश गर्न सक्नुहुनेछ, हामी सबै मिलेर असहज स्थीतिलाई सहजमा परिणत गरौँ । जिम्मेवार बनौ, यही भन्न चाहन्छु ।
३. ठुला व्यावसायीको बैङ्कको व्याज मिनाहा गर्ने, साना व्यावसायी जसले आफ्नै खर्चमा साना सटर चलाएका छन, उनीहरुका लागि केही पनि भएन भन्ने अर्थमा बिरोध पनि देखियो, सरकारले बर्गीकरण गरोस भन्ने छ, यसमा तपाईको बुझाई के हो ?
सही हो, आखिर प्रकोपको प्रभाव त सबैलाई उस्तै नै हो । ठुलासाना सबैको व्यावसायलाई सुरक्षित गर्ने हिसाबले सरकारले कदम चालोस ।
४. कोरोना नियन्त्रणलाई लिएर सरकारको बर्तमान कार्यशैलीप्रति तपाईको मनमा के छ ?
सन २००३ मा पनि सार्स नामको भाईरसको प्रकोप थियो । यद्यपी त्यतिबेला सोसल मिडिया त्यति धेरै एक्टीभ थिएनन, यसअर्थमा अहिलेको कोरोनापनि नेपालमा उत्पति नभएर बिदेशबाटै फैलिएको हो । यद्यपी हालसम्म नेपालमा बिपतको स्थीति छैन । केही दिन अघिमात्र कोरोना भाईरससँग सम्बन्धीत एकजना डाक्टरको अन्र्तवार्ता हेरेकी थिएँ, कोरोना चेकजाँचका लागि टेकु पुगेका व्यक्तिलाई चेकजाँच नै नगरी घर फर्काईयो भन्ने सुन्नमा आयो । यस्तो स्थीति नहोस, चिकित्सक र सरकारी संयन्त्र चुस्त हुन जरुरी छ । बिदेशमा फैलिएको कोरोना रोक्न नेपाल  आउने जहाज तथा सिमानाका केही महिनाका लागि पुरै लकडाउन गर्नुपर्छ । आजै, अहिल्यै यसबारे सरकारले सोचोस ।

तपाईंको बिचार