Tuesday, August 22, 2017

हाम्रो टिम व्यवसायीक, सक्षम र दक्ष छ : धाख्वा

प्रकाशित मिति: 2016/01/14

संस्थाको ५२ औँ साधारणसभासँगै आगामी आईतबार हुन लागेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको अध्यक्षकी उम्मेद्वार हुन –मिहीका राज्यलक्ष्मी शाह (धाख्वा) । झण्डै दुई दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय धाख्वा संस्थाको वर्तमान महासचिव समेत हुन् । जेनिथ एक्सपिरेन्सेस सर्भिसेस्की प्रवन्ध निर्देशक धाख्वा मानव संशाधन व्यवस्थापन र सूचना प्रविधिमा उच्च शिक्षा हासिल गरेकी छिन् । 
अधिकांश संघसंस्थामा महिला नेतृत्वको खडेरी रहेको अवस्थामा धाख्वा ट्राभल व्यवसायीहरुको छाता संगठन नाट्टामा नेतृत्व लिन तम्सिएकी छिन् । हाल निर्वाचनको तयारीलाई तीब्रताका साथ अघि बढाईरहेकी उनै धाख्वासँग निर्वाचनकै सेरोफेरोमा रहेर गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको छोटो संवाद :


नाट्टा निर्वाचनको पूर्वसन्ध्याहमा तयारी कस्तो छ ?
आगामी आईतबार निर्वाचनको मिति तोकिएकाले अब समय अत्यन्त छोटो छ । शसक्त रुपमा चुनावी तयारी अगाडि बढ्दैछ । 


शसक्तको मतलब ?
सक्रिय रुपमा लागिरहेका छौँ, भन्न खोजेको । व्यवसायीहरुको घरदैलोमा गएर, पत्रकार सम्मेलन गरेर यस्तै.......


यी अभियानहरुबाट के –कस्तो ‘रेस्पोन्स’ पाउनुभएको छ ?
हामीले एकदमै सकारात्मक रेस्पोन्स पाएका छौँ । यसले मेरो हौसला ज्यादै बढाएको छ ।

 
हौसला बढेको भनेको निर्वाचनमा विजयी भईएला भन्ने आत्मबलको वृद्वि भएको हो ?
हामी सदैब सकारात्मक हुनुपर्छ । तपाइँले भनेको कुरामा मलाई सही हो ।


तपाइँको टिम संरचनाको बारेमा स्वयंले बताईदिनोस् न !
टिम ‘फर्मेसन’ को कुरा गर्दा हामीले ‘योङ एण्ड इनर्जेटिक’ भनेका छौँ, नयाँ पुस्ता भनेका छौँ । नयाँ परिवर्तनहरुलाई आत्मसात् गर्दै सृजनात्मक सोचहरु बटुलेर, स्पस्ट भिजनका साथ अघि बढ्ने हाम्रो सोच हो । हाम्रो नारा पनि त्यही नै छ, ‘न्यू जेनेरेसन विथ क्रियटिभ आईडियाज एण्ड क्लियर भिजन फर अपलिफ्टमेन्ट अफ टुरिज्म’ । त्यसैले हामी ‘योङ एण्ड इनर्जेटिक टिम विथ ग्रेट आईडिया’ । 


तर, आनुभवीक हिसावमा यो टिम !
अनुभवका हिसावले म नाट्टामा पहिलोपटक महासचिवमा कार्यरत छु । 


पूर्ण कार्यसमिति टिम ?
नयाँ भन्नुको मतलब नै नयाँ हो, नयाँ पुस्ता हो । तपाइँले सबै नयाँ देखेकाले यो प्रश्न गर्नुभएको होला ! वर्तमान कार्यसमितिमा म महासचिव छु । यो टिमका सचिव र सहकोषाध्यक्ष वर्तमान कार्यसमितिमा सदस्य भएर काम गरिराख्नुभएको छ । वर्तमान कार्यसमितिमा रहनुभएका तीनजना यो टिममा छौँ । 
टिमका अरु सदस्यहरु नयाँ हुनुहुन्छ, तर उनिहरु आफैँमा नयाँ होईनन्, उहाँहरु लामो समयदेखि व्यवसायमा क्रियाशिल हुनुहुन्छ । 
तर, मलाई के लाग्छ भने नाट्टाजस्तो संघसंस्थामा पद समातेर वर्षौँसम्म बसिरहने भन्दा पनि संस्थामा गएर नयाँ कामहरु गरेर, अनुभव बटुलेर पर्यटन विकासमा लाग्नुपर्छ । 
मैले दुई वर्षको कार्यकालमा जति गरेँ, त्यसले मलाई धेरै अनुभव दिएको छ । यो ठूलो कुरा हो ।


अब नाट्टामा गएर के गर्ने लक्ष्य छ ?
(घोषणापत्र हेर्नुस) सर्वप्रथम हामीले सरकारसँग सही ढंगले लविङ गरेर पर्यटनलाई प्राथमिकतापूर्ण उद्योगको स्थापना गराउन पहल गर्नेछौँ । यसो गर्दा नीतिगत तहमा परिवर्तन आउँछ, यसले पर्यटन विकासमा सहज हुन्छ । हामी पर्यटनलाई अर्थतन्त्रको मेरुदण्ड भन्छौँ । तर, सरकारले सो अनुसारको प्राथमिकता दिएको छैन् । उल्लेखित कुरामा हाम्रो प्राथमिकता रहने छ ।
हामीले धेरै कामहरु सुरु गरेका छौँ, तर पूरा गर्न पाएका छैनौँ । गर्नुपर्ने कामहरु धेरै छन् । त्यही आधारमा अगाडि बढ्ने हो । 
पर्यटकीय संघसंस्थाहरुमा राजनीतिक साथ÷समर्थनका कुराहरु आउने गर्छन, खासगरी निर्वाचनताका । तपाईको टिमको सम्बन्धमा यस्को अवस्था कस्तो छ ?
नाट्टा भनेको एउटा व्यवसायीक संस्था हो । व्यवसायीक संघसंस्थामा काम गर्दा पेसागत ‘प्रोफेसनल्ली’ हिसावले काम गर्नुपर्छ । तपाईले जो कुरा गर्नुभयो त्यो गलत छ । मेरै उदाहरण दिँदा म राजनीतिक भन्दा पेसागत बढी छु । मैले दुईवर्षे कार्यकालमा प्रमाणीत पनि गरिसकेको छु । तसर्थ व्यवसायीक संस्थाको रुपमा नाट्टामा हामीले व्यवसायीक हिसावमा काम गर्नुपर्छ । 
म ठ्याक्कै राजनीतिक साथ/समर्थन भनेर भन्दिनँ । 


तर, व्यवहारमा त देखिन्छ नि !
व्यवहारमा तपाईले यसलाई पूर्ण रुपमा रोक्न सक्नुहुन्न । यदि कसैले पछाडिबाट समर्थन जनाउँछ भने त्यसलाई हामी रोक्न सक्दैनौँ । 


जे होस तपाइँले आह्वान गर्नुभएको छैन्, पछाडिबाट कसैले समर्थन गरेको छ ?
तपाइँले सोध्न खोज्नुभएको प्रश्नको जवाफ मैले बुझिसकेको छु । तर, तपाइँलाई जवाफ दिँदा म के भन्छु भने हामी व्यवसायीहरु सबैको क्षमता, बुद्विबिवेक छ । व्यवसायीक क्षमता सबै व्यवसायीहरुमा छ । मेरो स्पस्ट भिजन यो छ कि नाट्टा एउटा व्यवसायीक संस्था हो र यो पेसागत ढंगबाट चल्नुपर्छ भन्दा राजनीतिकरण हुनुपर्ने आवश्यकता छैन् । 


उसो भए तपाई नेतृत्वको टिम व्यवसायीक, सक्षम र दक्ष छ, यही बुझ्दा हुने भयो, हगि !
हो । निश्चय नै । 

यस्ता छन्, धाख्वा समूहका चुनावी प्रतिवद्वता :
(क) पर्यटन उद्योग सम्बन्धमा
१) पर्यटनलाई उद्योगको मान्यता र परिभाषाभित्र स्पस्ट उल्लेख गर्ने ब्यबस्थासहित प्रभावकारी पर्यटन नीति अवलम्बन गर्दै पर्यटन प्रवर्धन गर्न सरकारी स्तरमा पहल गरिने छ । 
२) पर्यटक गन्तब्यहरुलाई तुलनात्मक रुपले प्रतिस्पर्धी, प्रभावकारी र पर्यटकमैत्री बनाउन प्रमुख सम्पदा तथा गन्तब्यस्थल र राष्ट्रिय राजमार्गहरुमा सार्वजनिक शौचालय निर्माणमा जोड दिदै फोहर ब्यबस्थापनका लागि बिशेष पहल गरिने छ । 
३) बिशेष गरी काठमान्डूमा अव्यवस्थित भई अत्यावश्यक देखिएको टुरिष्ट बस टर्मिनल (पार्क) को व्यवस्थाका लागि सम्बन्धित निकायसँग व्यवस्थित, संगठित र प्रभावकारी रुपले पहल गरिने छ ।
४) राष्ट्रिय र अन्तर्रािष्ट्रय रुपमा स्थापित नाटाको ऐतिहासिक महत्वलाई अझै स्तरिय बनाउन अन्तर्रािष्ट्रय टुरिज्म एसोसियसनहरुसँग भाइचारा सम्बन्ध स्थापित गरिने छ ।
५) नाटा अन्तर्गतका क्षेत्रीय संघहरु (भ्बकतभचल, ध्भकतभचल र ँबच ध्भकतभचल) सँग प्रभावकारी, गतिशील र रचनात्मक सहकार्य गर्दै पुर्वदेखि सुदुरपश्चिमसम्मका पर्यटकीय गन्तब्यस्थलहरु पहिचान गरी विकास गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गरिनेछ । 
६) पर्यटन विकासको कार्यमा नाटाको योगदानलाई थप प्रभावकारी बनाउन नयाँ–नयाँ पर्यटकीय बजारहरुको पहिचानका लागि सोध र अनुसन्धान गरी पर्यटन प्रवर्धनका लागि उपयुक्त रणनीति र नयाँ प्रकारले ब्रान्डिङ गर्ने र नेपाललाई एक आकर्षक गन्तब्यको रुपमा प्रचारप्रसार गर्न अन्तर्रािष्ट्रय रुपमा बिशेष रुपका प्रवर्धनात्मक कार्यक्रमहरु संचालन गरिने छ । यस प्रकारका कार्यहरु गर्न नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिने छ । 
७) देशभित्रका क्षेत्रीय गन्तब्यहरुको विकास र प्रबर्धन गर्न राष्ट्रिय तथा अन्तर्रािष्ट्रय हवाई कम्पनीहरुसँग समन्वय गरी एचयmयतष्यलब िँबचभ जारी गर्न अनुरोध गरिने छ, जसका लागि हवाई उडान भर्ने कम्पनीहरु समेतलाई सहज हुने गरी ीबलमष्लन, एबचपष्लन र लबखष्नबतष्यल को मुल्य कम गर्न नेपाल सरकारको ध्यानाकर्षण गराई कार्वान्वयन गरिने छ । 
८) नेपाल सरकारको अनुमतिबिना अनधिकृत रुपले ट्राभल, टुर संचालन गर्ने प्रकृयालाई कडाइका साथ नियन्त्रण गर्न नेपाल सरकारसँग समन्वय गरी कार्य गरिनेछ ।
९) नाटा सदस्यहरुको व्यापक हितका लागि भारत, चीनलगायत एशिया, युरोप, अमेरिका, अष्टे«लियाका देशहरुमा नेपाललाई आकर्षक गन्तव्यको रुपमा प्रवर्धन गर्न नेपाल पर्यटन बोर्डलगायत अन्य दातृ संस्थाहरुसँग समन्वय र सहकार्य गरिने छ ।
 
(ख) नाटाका सदस्यहरुको सम्बन्धमा     
१) हालसम्म संचार सम्पर्कको माध्यममात्र बनिरहेको नाटा मिडिया एन्ड रिसर्च सेन्टरलाई समयानुकुल कार्य क्षेत्र विस्तार र स्तरोन्नति गरी नाटाका सदस्य कम्पनीहरुको समस्या र आवश्यकताहरुको पहिचान गर्न म्ययच तय म्ययच खष्कष्त गराइ सोध तथा अनुसन्धानकार्यमा सक्रिय गराइने छ । 
२) नाटा सदस्य कम्पनीहरुको आवश्यकता अनुसार प्रतिस्पर्धी र अन्तरास्ट्रिय स्तरको दक्ष जनशक्तिको विकास गराउने कार्यमा समयानुकुल तालिमहरु संचालन गरिने छ ।   
३) नाटा सदस्यहरुको समस्या पहिचान तथा कार्य समितिको कामको समिक्षा गर्ने कार्यकोलागि हरेक ३ र ३ महिनामा समिक्षा बैठकको आयोजना गरिने छ । 
४) नाटा वेब साईटलाई सदस्य कम्पनीहरुको ब्यबसायिक हितमा अधिकतम उपयोगी हुने गरि समयानुकुल परिमार्जन गर्दै द्यद्दऋ उबितायचm को रुपमा विकास गरिने छ । 
५) अन्तर्रािष्ट्रय यात्रुहरुलाई विभिन्न कारण देखाई सम्बन्धित गन्तब्य देशमा प्रवेश नदिएर फर्काईने (म्भउयचतभभ) गरिएको अवस्थामा नाटा सदस्य कम्पनीहरुलाई परिरहेको अनावश्यक आर्थिक भारबाट उन्मुक्ति पाउन सम्बन्धित निकायहरुसँग सहकार्य गरिने छ । तर, समस्याको स्थाई समाधान नहुँदासम्म सदस्य कम्पनीहरुलाई तत्काल सहयोग पुराउन एउटा द्यबकपभत ँगलम को स्थापना गरिने छ ।
६) सदस्य कम्पनीहरुको सुविधालाई ध्यानमा राख्दै ध्भभपथि द्यक्ए एबथmभलत का लागि विदेशी र स्वदेशी गरि दुई प्रकारको मुद्रामा भुक्तानी गर्नुपर्ने विद्ययमान अवस्थाको बिकल्पमा नेपाली मुद्रा मै द्यक्ए एबथmभलत हुने ब्यबस्था मिलाउन ल्च्द्य मार्फत प्रयास गरिने छ । यसै गरी ध्भभपथि द्यक्ए एबथmभलत लागु भएको अवस्थामा न्ययम ायच उबथmभलत ऋजभत्रगभ मात्र बुझाउनु पर्ने अवस्थाको विकल्पमा ब्रऋ एबथभभ ऋजभत्रगभ को व्यवस्था लागु गरिने छ र शुक्रबारका दिन एबथmभलत मबतभ परेको अवस्थामा त्यस्तो भुक्तानी सोमबारसम्म पनि गर्न सकिने व्यवस्था मिलाइने छ । जसको लागि क्ष्ब्त्ब्, द्यबलपभचुक ब्ककयअष्बतष्यल र ब्ष्चष्लिभक हरुसँग आवश्यक समन्वय गरिने छ ।   
७) होटल तथा इयरलाइन्सहरुले एजेन्टहरुलाई भन्दा अनलाइन कन्जुमरहरुलाई सस्तो रेट उपलब्ध गराई राखेको अवस्थामा अब आइन्दा नाटा सदस्य कम्पनीहरुलाई सस्तो रेट उपलब्ध गराउने सम्बन्धित होटल तथा इयरलाइन्सहरु ुएच्भ्ँच्भ्म् ज्इत्भ्ीक् ७ ब्क्ष्च्ीक्ष्ल्भ्क्भ्क्ु को रुपमा नाटा वेबसाइट, नाटा न्यूज लेटरलगायत बिभिन्न माध्यमबाट प्रवर्धन गरिने छ । 
८) नाटामा हाल ब्यबस्था भैराखेका विभिन्न समिति, उपसमितिहरुका अतिरिक्त नयाँ, नयाँ समस्याहरुलाई समाधान गर्न त्यस्ता इस्यु र एजेन्डाहरुलाई आधार मानि थप उपसमितिहरु बनाइ समस्या समाधानको प्रभावकारी उपायहरु अपनाइने छ ।

 
(ग) वर्तमान कार्यसमितिद्वारा सुरु गरिएका कार्यहरुको निरन्तरता 
१) सन् २०१६ मा २ लाख ५० हजार चिनियाँ पर्यटकहरु भित्र्याउने लक्ष्य पुरा गर्न सक्रिय रहने ।
२) चिनियाँ पर्यटकहरुमाझ गन्तब्य नेपाललाई स्थापित गर्ने कार्यका लागि आवश्यक तालिम, अनुसन्धान तथा ब्रान्डिङ गर्ने कार्य गर्न ऋजष्लब इगतदयगलम त्यगचष्कm च्भकभबचअज क्ष्लकतष्तगतभ (ऋइत्च्क्ष्) सँग साझेदारको रुपमा कार्य गरिने छ ।
३) नेपालको विभिन्न पर्यटनसम्बन्धि छाता संगठनहरुमध्ये सबैभन्दा पुरानो संस्था नाटा ५० बर्ष पुगेको उपलक्ष्यमा २०१६ लाइ भव्यतासाथ गोल्डेन जुब्ली बर्षको रुपमा मनाइने छ ।  

 

 

तपाईंको बिचार