Wednesday, May 24, 2017  |    

पूर्व र पश्चिममा तालिम केन्द्र संचालनको तयारीमा छौ : चुडामणि शर्मा

प्रकाशित मिति: 2016/05/11


चुडामणि शर्मा कट्टेल, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) कार्यकारी निर्देशक हुनुहुन्छ । शर्माले, पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि उच्चस्तरीय शैक्षिक तथा प्राविधिक शिक्षा दिदै आएको नाथमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको तीन वर्ष पुग्न लागेको छ । पर्यटन क्षेत्रमा दक्ष जनशत्ति उत्पादन गर्ने उद्धेश्यले चार दशक अघि स्थापित यस संस्थाबाट चार हजार भन्दा बढिले पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि तालिम लिईसकेका छन् । कार्यभार सम्हाले देखिनै प्रशासनीक देखि शैक्षिक प्रणालीमा सुधारको अभियान लाग्नु भएको उहाँले अव उपत्यका बाहिर समेत तालिम केन्द्र संचालन गर्ने योजनामा हुनुहुनछ । उहाँ आएसँगै नथामले गरेका काम र आगामी योजनाबारे शर्मासँग गन्तव्य नेपाल न्यूज डटकमले गरेको कुराकानी

अहिले नाथमले के गर्दै छ ?
नाथम नेपाल सरकारले पर्यटन विकासको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्नका लागि खोलेको संस्था हो । त्यही जिम्मेवारी भित्र रहेर तालिम र शैक्षिक गुणस्तर कायम गर्दै हामी अघि बढिरहेका छौ । गुणस्तरीय जनशक्ति उत्पादनका लागि आफ्नै होटल हुनुपर्छ भनेर हामीले अहिले होटल निर्माण गरेका छौ । अव छिटै यो होटल संचालनमा ल्याउने छौ । जसबाट बीएचए कक्षलाई अझ बढि अनुसन्धान मुलक बनाउन सघाउन पु¥याउने छ । त्यस्तै यहाँ रिसर्च कमिटि संचालन गरेका छौ जसले नेपालका पर्यटकीय  सम्भावना बोकेका तर ओझेलमा परेका क्षेत्रहरुको अध्ययन, अनुसन्धनामा क्रियाशिल छ । नेपालको पर्यटन विकास र दषजनशक्ति उत्पादनमा हामी हाम्रो उद्धेश्य अनुरुप अगाडि बढिरहेका छौ । 

होटल कहिलेबाट संचालन हुन्छ र कसरी संचालन गर्ने योजना बनाउनु भएको छ ? 
होटल पूर्णरुपमा निर्माण भईसकेको छैन् ।  निर्माणको बाँकी काम सकिएसँगै अवको दुईवर्ष पछि यो होटल पूर्णरुपमा संचालनमा ल्याउने हाम्रो योजना छ , र त्यसै अनुसार कामहरु भइरहेको छ । यो होटललाई लिजमा संचालन गर्ने हाम्रो योजना छ त्यसै अनुरुप मन्त्रीपरिषद्ले लिजमा दिने निर्णय पनि गरिसकेको छ । त्यसकारण दुई वर्षपछि लिजमा यो होटल हामी संचालनमा ल्याउछौ । त्यसपछि इन्टर्नशिपका लागि अझ सहज हुने छ । 


तपाईले यहाँ आएपछि गरेका केही महत्वपूर्ण कामहरुलाई स्मरण गर्नुसन् ? 


पहिलो कुरा त नाथमले दैनिक गर्नुपर्ने काममा सक्रियता ल्याउने प्रयासमा म लागे जसका लागि साथीहरुलाई उत्साहित बढाए र प्रेरणदिए । त्यस्तै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने कार्यमा पनि साथीहरुलाई पठाईयो । विद्यार्थीहरुलाई इन्टरर्नशिपम पठाउने गरिन्थ्यो तर त्यसको अनुगमन हुदैन थियो हामीले अनुगमनको कामलाई पनि थालनी गरेका छौ । यसका साथ–साथै स्रोत र साधानले भ्याए सम्म विद्यार्थीहरुको संख्या बढाउन त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गरि बीएचएम र बीटीटीएममा ४०÷४० जना विद्यार्थी थप गराएका छौ । हामीसँग आवश्यक उपकरणको अभाव छैन् त्यसकारण हाम्रो उद्धेश्यमा हामी अनवरत लागिरहेका छौ । त्यस्तै ट्रेकिङ गाईडको करिकुलम समयसापेक्ष बनाउनुको साथै फुडफेष्टिबललाई विशेष किसिमबाट संचाल गर्दै आईरहेका छौ, भने विशेष चल्तीका ठाउँहरुमा फुडसेफ्टीको प्रशिक्षण समेत संचालनको काम थालेका छौ । 

उपत्यका बाहिर पनि तालिम केन्द्र स्थापना गर्ने कुनै योजना छन्?
अहिले पनि छोटो समयको तालिमहरु विभिन्न जिल्लामा संचालन गर्दै आएका छौ तर  लामो समयको तालिमका लागि यही आउनुपर्ने व्यवस्था छ । अव भने पूर्वको धरान, धनकुटा र पश्चिमको पोखरामा तालिक केन्द्र विस्तार गर्ने योजना अनुसार हामीले सम्भावयता अध्ययन गर्न टोली परिचालन गरेका छौ ।  अर्कोतिर संघीय संरचना नेपाललाई अनुसार सात प्रदेश कायम गरिएको छ । ति सातै प्रदेशमा पर्यटकीय जनशक्ति उत्पादन गर्न कसरी अगाडि बढ्नुपर्छ भन्नेबारे समेत हामी आवश्यक अध्ययन गरिरहेका छौ । 


नेपालको पर्यटन विकासमा नाथमको भुमिका कस्तो रहन्छ ? 
राज्यले हामीलाई पर्यटनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने जिम्मेवारी दिएको छ । त्यसै अनुसार क्षमताले भ्याएको र माग भए अनुसारको आवश्यक तालिम दिएर पोर्टर गाईड, ट्रेकिङ गाईड, कुकु,सेफ, टुरगाईड,लोकल गाईडहरु तयार गरिरहेका छौ । हाम्रो काम जनशक्ति तयार गर्ने हो त्यसलाई कहाँ परिचालन गर्ने भन्ने कुरा राज्यको हो । अहिले सम्म हामी कहाँबाट तालिम लिएका बीएचएम अन्तर्गतका ३० प्रतिशत र बीटीटीएम अन्तर्गतका ६९ प्रतिशतले स्वदेशमै रोजगारी पाएका छन् । 

तालिम संचालनका लागि  कठिनाई के छन् ? 
 स्रोत र साधनले भ्याए सम्म हामीले तालिम संचालन गर्दै आएका छौ । अव हामीले तालिमलाई सहज बनाउन भवन निर्माणका लागि सरकारसँग पहल गरिरहेका छौ , भने हामीले यसलाई सार्क केन्द्र बनाउन खोजेका छौ जसका लागि सार्क राष्ट्रका एक–एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर यहाँ पढ्ने व्यववस्था मिलाउने सोचमा छौ । जसले सानै तहमा भएपनि सार्क राष्ट्रको ध्यान आकर्षित गर्ने छ। त्यस्तै हामीलाई विकास ऐन अन्तर्गत नराखी छुटै ऐनबाट संचालन गर्ने व्यवस्था मिलाइ दिए अझ सहज हुने थियो । 


अन्तमा, नाथमबाट तालिम लिन इच्छुकले गर्नुपर्ने प्रक्रियाहरु केके हुन  ? 
कुनै पनि तालिम संचालन गर्नेबेला राष्ट्रिय दैनिकपत्रिकामा सूचना प्रकाशन गछौ । प्रत्येक पटक एक महिनाको समयावधि राखेर उक्तसूचना प्रकाशन गरेका हुन्छौ । उक्त समय भित्र आएर इच्छुकले आवेदन दिन सक्ने छन् । हाम्रो तथ्यांक अनुसार हामी कहाँबाट प्रक्षिण लिएका बीएचएम अन्तर्गतका ९१ प्रतिशत पुरुष र ८० प्रतिशत महिलाले नेपालमै कार्यरत छन् जसमध्ये ८ प्रतिशत सिनियर म्यानेजर, १० प्रतिशत उद्यमी बनेका छन् भने १२ प्रतिशत म्यानेजमा कार्यरत छन् । त्यस्तै बीटीटीएम ९५ प्रतिशत पुरुष र ९१ प्र्रतिशत महिला कार्यरत छन् । जसमध्ये ३ प्रतिशत सिनियम म्यानेजर, १० प्रतिशत आफै उद्यमी र२१ प्रतिशत म्यानेजरमा कार्यरत रहेको तथांक छ। 

तपाईंको बिचार