Saturday, June 24, 2017  |    

पर्यटन ‘आइकन’का माध्यमबाट देशलाई चिनाउन सकिन्छ : सुदर्शन प्रसाद ढकाल

प्रकाशित मिति: 2016/07/06
सुदर्शन प्रसाद ढकाल -महानिर्देशक, पर्यटन विभाग
सुदर्शन प्रसाद ढकाल -महानिर्देशक, पर्यटन विभाग

अघिल्लो वर्ष बैशाख १२ गते गएको महाभूकम्पका कारण केही पर्यटकीय गन्तव्यमा क्षति पुर्‍याएपनि अझै धेरै यस्ता गन्तव्यहरु छन, जुन पर्यटकहरुको आकर्षणका केन्द्रविन्दु रहिरहेका छन । यद्यपि पर्यटनको विकास र विस्तारका साथै भत्किएका संरचनाको पुनर्निर्माणमा सरकारी ढिलासुस्तीका कारण पुरातात्विक संरचना लोप हुने अवस्थामा पुगेको छ भने आंशिक मात्रै क्षति भएका संरचनाहरुपनि समयमै पुनर्निर्माण हुन नसक्दा उक्त स्थलहरु ओझेल पर्ने खतरा पनि उत्तिकै देखिएको छ । यसर्थ पर्यटनको विकास र विस्तारका लागि पर्यटन मन्त्रालयको भुमिका के कसरी अगाडि बढिरहेको छ,  यसभित्र भएगरेका कामकारवाहीको खोजी गर्ने कोशिस गरेका छौ । प्रश्तुत छ, पर्यटन मन्त्रालय अन्र्तगत पर्यटन विभागका महानिर्देशक सुदर्शन प्रसाद ढकालसँग गरिएको अन्तर्वार्ताको संपादित अंश ।

 नेपालको वर्तमानको पर्यटन क्षेत्रलाई यहाँले कसरी लिनुभएको छ ?
    हेर्नुस्, नेपालको पर्यटन मुख्यतः प्रकृति केन्द्रित छ । गत वर्षको बैशाख १२ गते गएको भूकम्पपछि केही पर्यटकीय विशेष महत्व भएका स्थलहरुमा जुन किसिमको क्षति पुग्यो, निश्चय नै यसले पर्यटनमा केही अवरोध त सिर्जना भयो नै । यद्यपि पुर्ननिर्माणको काम सुरु भइरहेको छ यो सकारात्मक छ, यद्यपि पुर्ननिर्माण दु्रत रुपमा अगाडि बढ्न सकेको छैन । यसलाई सच्याउदै अगाडि बढ्नुपर्छ ।
    अर्कोतर्फ हामीले ध्यान दिनुपर्ने कुरा के छ भने नेपालको पर्यटन प्रकृतिमात्र हैन कि मानवनिर्मित अवधारणामा पनि अगाडि बढ्नुपर्छ । तपाई पेरिस घुम्न जानुभयो भने आईफिल टावरको कुरा आउँछ, अमेरिकालाई चिनाउने ‘लिवर्टी’ संसारभर लोकप्रिय र परिचित छ । ठिक त्यस्तै नेपालका विभिन्न पर्यटकीय स्थान बिशेषमा नेशनल आइकन जनाउने कुनै व्यक्ति वा कुनै विशेष वस्तुको सिर्जना गर्न सकिएमा पर्यटकहरुको आगमनमा पनि बृद्धि गर्न सकिन्छ । उदाहरणकै लागि राष्ट्र निर्माताको अवधारणमा पृथ्वी नारायण शाहको विशेष सालिकको कुनै पर्यटकीय स्थलमा आइकनको रुपमा निर्माण गर्ने कुरा, अर्को स्थानमा धर्म संस्कृतिका आइकनहरु लगायत अनेकौ अवधारणा छन, जुन मानव निर्मितका साथसाथै नेपालको चिनारी समेत बन्न सक्छन । यसतर्फ ध्यान दिनु जरुरी छ ।

 भूकम्प गएपश्चात पर्यटकीय स्थलहरुमा क्षति पुगेको छ, त्यस्ता स्थलहरुको सुधारमा यहाँहरुको भुमिका खै ?
    पक्कै पनि भूकम्पका कारण थुप्रै पर्यटकीय स्थलहरुमा क्षति पुग्न गयो । हिमाल आरोहणका पदमार्गहरु पनि खण्डित बन्न पुगे, यद्यपि अहिले ती पदमार्ग जुन अवरुद्ध छन् तिनीहरुलाई खुलाएर पर्यटन सुचारु गरिसकेका छौं । त्यस्ता मार्गहरुमा साईनबोर्ड राख्ने, भत्केका संरचनाको पुर्ननिर्माणका साथै शौचालयको निर्माण जस्ता कार्यहरु जोडतोडका साथ अगाडि बढिरहेको छ । पर्यटन बिभागकै सक्रियतामा यी कार्यहरुमा निरन्तर रुपमा अगाडि बढेका छौ ।

 पर्यटन विभागलाई गतिशील बनाउन महानिर्देशक हुनुको नाताले तपाईँले चंै अहिलेसम्म के गर्नुभयो ?
    कुनै पनि कार्य सम्पूर्ण रुपमा टुंगोमा पुग्न एउटै व्यक्तिमात्र पर्याप्त नहोला, यद्यपि जहाँसम्म मेरो कुरा छ, पर्यटन विभागमा महानिर्देशक भएर आएकै भर्खर ५ महिनामात्रै भएको छ । यसविचमा निश्चय नै देखिने गरी चमत्कार नभएपनि पर्यटन सुधारका पाइलाहरु भने अगाडि बढाएको छु । केही दिनअघि मात्रै नेपाल र चीनबीच पर्यटन सुधारका लागि १६ वटा बुँदामा केही महत्वपूर्ण सम्भौता भएको छ । जसअन्र्तगत काठमाडौ–चीन सिधा बस सेवा सञ्चालन गर्ने सहमति बनेको छ । यस्तै तेस्रो देशका नागरिकलाई पनि चिनसँग जोडिएको रसुवागढी मार्गबाट आवतजावत गर्न दिने बिषयमा पनि सम्झौता भएको छ ।

अर्कोतर्फ पर्यटन विभाग अन्र्तगतका सेवाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन वल्र्ड बैकको प्राविधिक सहकार्यमा विभागका सम्पूर्ण सेवाहरु अनलाईनबाट सुरु गर्दैछौ । जसबाट पर्यटनसँग सम्बन्धित सम्पुर्ण जानकारी र सेवा इन्टरनेट बाटै सेवाग्राहीले प्राप्त गर्नेछन ।

 विशेषतः पर्यटनमा हिमालमा अनुमति विना हेलिकोप्टर लैजाने साथै लाइसेन्स विना ट्रेकिङ व्यावसाय सञ्चालन गर्नेलगायतका नियम उल्लंघनका विषय पनि सतहमा आइरहन्छन, यसलाई कडाइ गर्न नसक्नुको कारण के ?
    निश्चय नै अन्य क्षेत्रजस्तै पर्यटनमा पनि विविध समस्याहरु छन, जहाँसम्म आरोहणमा हेलिकोप्टरको दुरुपयोगको कुरा छ, नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छौ । यस्तै विना अनुमति ट्रेकिङ व्यवसाय र रुटको सवालमा दोशी भेटिएका ब्याक्तिलाई जरिवानाको व्यवस्थालाई कडाइ गरेका छौं ।

 पर्यटन पूर्वाधारको विकासमा छुट्टिने बजेटमा राजनीतीकरण भयो भन्ने छ नी ?
    हेर्नुस, देशको राजनीति स्थिर नहुञ्जेल यी कुराहरु उठ्नु स्वाभाविक हुन् । यद्यपि अर्थ मन्त्रालयले दिएको निश्चित सिलिङ भित्र रहेर पर्यटनमा बजेट तय हुने गरेका कारण राजनीति भयो वा पर्यटनलाई वेवास्ता गरियो भन्ने लाग्दैन । १६ करोडको सिलिङको कुरा उठेपनि पर्यटन विकाशकै लागि भनेर अरु १० करोड थप भएर आएको स्थितिले बजेटमा राजनीति भयो भन्ने लाग्दैन । अब खाँचो छ त, उचित कार्यान्वयनको । जसका लागि हामी लागिरहेकै छौ ।

 पर्यटन केन्द्रित होटल तथा रेष्टुरा“हरुमा बालश्रम शोषण, यौन दुराचारका साथै रात्रीकालीन जीवन अव्यवस्थित बन्दै गएका घटनाहरु पनि बढ्दै गएको स्थितिमा त्यसको अनुगमन खै ?
    हेर्नुस, पर्यटन केन्द्रित भनेर खोलिएका होटलहरुमा यस्ता समस्याहरु नहुने भन्ने होइन, यद्यपी जहाँसम्म यसलाई नियन्त्रण गर्ने कुरा छ, हामीले अनुगमनलाई तिव्र बनाएका छौ । देशभरिका पर्यटन लक्षित ७ सयभन्दा बढि होटल सुचिकृत भएपनि तिनीहरुको नविकरण र क्रियाकलापमा निगरानी गर्ने काम समेत गरिरहेका छौ भने दोसीलाई कारवाही समेत गरिएको छ । विभागकै निर्देशिकामा पनि प्रत्येक ५ बर्षमा अनिवार्य यससम्बन्धीत अनुगमनलाई जोडतोडका साथ उठाउने कुरा उल्लेख छ, जुन हामीले केही दिन अघि मात्रै सम्पन्न गरेका छौ ।
 
अन्त्यमा, पर्यटन क्षेत्र सुधारका लागि पर्यटन विभागको भावी योजना के छ ?
    पर्यटन क्षेत्रलाई दु्रत रुपमा विकाश गर्नकै लागि सन २०१६ देखी २०२५ सम्मको दशबर्षे योजना अन्र्तगत रणनीतिक योजना सार्वजनिक गरेका छौ ।  जस अन्र्तगत पर्यटन प्रर्वद्धन, सगरमाथा र अन्नपुर्ण पदमार्गमा रेस्कयू जोनको अवधारणा, पर्यटन लक्षित सुचना, धार्मिक पर्यटन प्रर्वद्धन गर्नका लागि त्यस्ता स्थलहरुको सरसफाई, स्तरबृद्धि लगायतका आवश्यक सुविधाहरुको संयोजन गरेर समग्र पर्यटन क्षेत्रलाई माथि उकास्ने गरी अगाडि बढेका छौ ।

तपाईंको बिचार