Wednesday, May 24, 2017  |    

म थाकेर आएको होइन, भट्टराईले बाटो विराए स्वतन्त्र भएर बस्छु :गोकुल केसी

प्रकाशित मिति: 2016/07/11

असार २७, काठमाण्डौ । गत जेष्ठ ३० गते औपचारिक उद्घाटन गरिएको नयाँ शक्ति नेपालले हिजो निर्वाचन आयोगमा दल दर्ता गरेको छ । राजनैतिक कार्यदिशा पुरा भईसकेको र आर्थिक क्रान्ति गर्न बर्तमान दलहरुबाट सम्भव नहुने भन्दै बाबुराम भट्टराई नेतृत्वमा स्थापित नयाँ शक्ति नेपालले विशेषतः आफुलाई विकाशे पार्टिको रुपमा प्रश्तुत गरेको छ । प्रश्तुत छ, नयाँ शक्तिको कार्यदिशा र विकाश नितिमा आधारित रहेर नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिषद् सदस्य तथा बरिष्ठ पर्यटन व्यावसायी गोकुल केसी सँगको अन्र्तवार्ता ।  

१. पर्यटनमा रमाईरहेको मान्छे, नयाँ शक्तिप्रतिको रुची किन ?
हेर्नुस, राजनीति समाजको ऐना हो । समाज सुधारको लागि पनि यसको महत्वपुर्ण भुमिका भएको कुरामा दुईमत छैन । यद्यपी राजनीतिमा किन भन्ने प्रश्नमा भने म पहिले देखी नै  राजनीतिमा रुची भएको मान्छे हुँ । २००७ सालदेखी बिभिन्न राजनीतिक एजेण्डाका आधारमा दलहरु स्थापित भए । अव राजनीतिक एजेण्डाहरु लगभग पुरा भईसकेको स्थीतिमा आर्थिक विकाश जरुरी छ । यस अर्थमा मैले नयाँ शक्तिलाई केही भिन्न रुपमा पाएको कारणले नै नयाँ शक्तिलाई रोज्न पुगेको हुँ ।
२. पहिलादेखी नै राजनीतिमा रुची थियो भन्नु भयो, पहिला कुन पार्टिमा हुनुहुन्थ्यो ?
एमाओवादीमा
३. तपाईले छोडेको पार्टि एमाओवादी(हालको माओवादी केन्द्र) स्थापित भइसकेको छ, सँगै सरकारमा पनि छ, छोडेर गल्ती गरे भन्ने लाग्दैन ?
लाग्दैन, किनकी हिजो ससस्त्र आन्दोलनमा जाँदा जनताका जनजिविकाका सवालहरुको चर्को नारा लगाउने पार्टिले आजको दिनमा ति सबै मुद्धा विर्सदै जानु नै दुर्भाग्य हो । जनताका गाँस बासको कुरा केवल नारामै सिमित हुनु र बैचारिक विचलनको सिकार भएको पार्टिमा आफु रहीरहनुको अर्थ नदेखेरै नयाँ शक्तिमा प्रवेश गरेको हुँ ।
४.तर यहाँले भनेको विचलन कतै दोस्रो संविधानसभाको चुनावमा माओवादी जसरी बढारियो, अव यहाँ बसेर आफ्नो राजनैतिक भविश्य छैन भन्ने पिरले पो काम गरेको हो की ?
विल्कुल होइन, चुनावमा गइसकेपछि हार र जित सधै एकै किसिमको हुँदैन, जहाँ सम्म जनजिविकाको सवालमा, मजदुर, गरिव किसानका पक्षमा काम गर्नुपर्नेमा अल्मलीनु नै विचलन हो नि ।
५. तर नयाँ शक्तिलाई पनि त आजको दिनमा अन्य पार्टिबाट थाकेका र जिवनको उत्तराद्र्ध सहज रुपले विताउँ भन्नेहरुको झुण्ड मान्नेहरु छन नी ?
हेर्नुस, कुनै पनि पार्टिमा सवै जना एकै उमेर समुह वा युवा मात्र हुन्छन वा हुनुपर्छ भन्ने छैन । नयाँ शक्ति नयाँ जोस र जाँगर भएको पार्टि हो, थाकेर कोही आए होलान । म थाकेको छैन ।
६.यसअघिका कांग्रेस एमाले जस्ता स्थापित पार्टिहरुकै वोलवाला रहेको वर्तमान नेपाली राजनीतिमा यहाँहरुको स्थान कहाँ ?
अहिले नै हाम्रो स्थान यही हो भनेर भन्नु हतार होला । यद्यपी पार्टि निर्माणको सुरुवाती चरणमा रहेकाले केन्द्रमा पार्टी निर्माण भएपनि जनताको विचमा जाने क्रम जारी छ । यस अवस्थामा अहिलेसम्मको स्थीति नियाल्दा पार्टिले जनताको मन जित्नेमा आशावादी छौ ।
७. भट्टराईको आर्थिक विकाशको एजेण्डामा पछि लागेर तपाई नयाँ शक्तिमा लागेको भन्नुभाछ, एजेण्डा पुरा नहुने स्थीतीमा के गर्नुहुन्छ ?
यदी त्यस्तो स्थीति आयो भने म स्वतन्त्र भएरै बस्छु, म एक पर्यटन व्यावसायी पनि भएकाले पार्टिमा विचलन र भनेका कुरा पुरा गर्ने तर्फ पार्टि अग्रसर भएन भने बसीरहनुको टाँसीएर बसिरहनुपर्छ जस्तो लाग्दैन ।
८. अन्त्यमा, नयाँ शक्तिलाई किन विश्वास गर्ने, नयाँ शक्तिबाट जनताले प्राप्त गर्ने के ?
नयाँ शक्ति अहिलेसम्म नयाँ नै छ । देशमै रोजगारीको स्थापना गर्ने र देशको समुचित विकाश गर्नु नै हाम्रो प्रमुख उदेश्य हो । यसका साथै राजनितीक रुपमा पनि अधिक युवा सहभागितामा जोड दिदै अगाडि बढ्ने कोशिश गरेका छौ । यसप्रकार ७, १५ र २५ बर्षका तिन वटा विकाशे मोडलका साथमा अगाडि बढेकाले उक्त उदेश्य हासिल गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ ।

                                                                         केसी​ नयाँ शक्तिका केन्द्रिय परिषद् सदस्य हुन

 

तपाईंको बिचार