Sunday, August 20, 2017  |    

विदेशीको ईशारामा सरकार ढाल्ने काम भयो :दिलनाथ गिरी, प्रमुख सचेतक, राप्रपा नेपाल

प्रकाशित मिति: 2016/07/12

असार २८, काठमाण्डौ । विगतमा भएका सहमति कार्यन्वयन नभएकोे भन्दै माओवादी केन्द्रले आज मंगलबार औपचारिक रुपमा सरकारबाट बाहिरीने व्यहोराको पत्र प्रधानमन्त्रीलाई थमाएको छ । यसअघि पटकपटक सरकार छोड्ने माओवादीको धम्की यसपटक पुनः अर्को राजनीतिक सम्झौतामा टुंगिएन भने सरकारको नयाँ समिकरण बन्ने निष्चीत भइसकेको छ । सोमबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतिय सरकारका लागि भन्दै प्रधानमन्त्री ओली र देउवासँग भिन्दाभिन्दै छलफल गरेका थिए । यद्यपी सहमतिय सरकारमा दाहालको नेतृत्व स्वीकार्य छैन भन्ने दुई ठुला दलको धारणाका विच एकाएक सरकार छोड्ने माओवादीको निर्णयप्रति राजनीतिक बृतमा यतिबेला विभिन्न टिकाटिप्पणी सुरु भईरहदा एमाले नेताहरुले भने माओवादी निर्णयलाई आश्चर्यजनक भनेका छन । यहीविचमा विदेशीको चलखेलका बिषय पनि उत्तिकै गर्माएको छ ।

सरकारबाट एकाएक बाहिरीने माओवादी निर्णय र अवको भावि सत्ता समिकरणका साथै यसभित्र रहेका राजनैतिक प्रभावका केही विषयहरु केकसरी अगाढि बढे र बढ्नेछन भन्ने विषयमा केन्द्रित रहेर बर्तमान ओली सरकारको तेस्रो ठुलो गठबन्धन दल राप्रपा नेपालको धारणा बुझ्ने कोशिस गरेका छौ । प्रश्तुत छ, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी सँग गरिएको अन्र्तवार्ताको संपादित अंश ।

१. माओवादीले एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छ, यहाँहरु पनि सरकारमै हुनुहुन्छ, कसरी लिनुभएको छ ?

अप्रत्यासित होइन, यद्यपी यो जुन समयमा जसरी एकाएक समर्थन फिर्ताको कुरा माओवादीबाट गरियो, यो विल्कुल सहि होइन । यद्यपी आजको स्थीति भने यसअघि ९ बुँदे र ३ बुँदे भद्र सहमतिका कुरा उहाँहरुले राख्दै आउनुभएको थियो । सरकारका प्रमुख घटकहरुका विचमा पनि यस विषयमा बेलाबखतमा कुरा उठ्दा दुईदल एकआपसमा मिलेर सम्झौता भएका वा गरिएका भए त्यसलाई कार्यन्वयन गर्न लाग्नुस भनेर हामीले सल्लाह दिएकै हो । यद्यपी मधेश आन्दोलन, थारुका माग र भारतिय नाकावन्दीपछिको परिणाम र संविधान कार्यन्वयन गर्ने कुरामा हामीविचमा एकमत भएर अगाडि बढ्नुपर्छ भनेरै हामी सरकारमा सामेल भएको हो । यद्यपी यि सबै कुराहरुका विच हिजैमात्र माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री र कांग्रेस सभापति विच सहमतिय सरकारका बिषयमा छुट्टाछुट्टै भएको छलफल सकारात्मक नभएको र असन्तुष्टि बढाउने काम भए भन्ने कुरा पनि आयो । यद्यपी प्रतिकुल अवस्थामा निर्माण भएर अगाडि बढेको बर्तमान सरकारलाई विश्वले नै हेरिरहेको सन्दर्भ र नेपाली जनचाहना बमोजिम विकाश र आर्थिक समुन्नत राष्ट्रको रुपमा डोर्याउने पथमा हिड्दै गर्दा एकाएक माओवादी जसरी पछि हट्ने काम गरेको छ, नेपाली जनचाहना विरुद्धमा रहेको यस निर्णयको हाम्रो पार्टिले घोर निन्दा गर्छ । यसबारे पार्टिले आधिकारिक धारणा पनि सार्वजनिक गर्नेछ ।
२. ओली सरकार निर्माण हुँदै गर्दा प्रचण्डले विदेशीको ईसाराले नेपाली राजनीतिक नेतृत्व परिवर्तन हुन नहुने भन्दै (विपी र मातृका) को उदाहरण प्रश्तुत गरेका थिए, अहिले अवस्था चै के हो ?

२००७ साल देखिकै नेपाली राजनीतिमा विदेशीको प्रभाव देखिएको कुरा नौलो होइन । यसमा विगतकै इतिहास खोतल्ने प्रयास गरियो भने ति कुराहरु लुक्नेछैनन । यद्यपी भारतिय हस्तक्षेप र नाकाबन्दीको जुन खालको स्थीतीका विच ओली सरकार निर्माण भएर आत्मनिर्भरता, स्वतन्त्रता र समृद्धिको बाटो लिएको थियो, यसलाई भत्काउने खेलमा विदेशी त लागेकै थिए, बर्तमान माओवादीको यस निर्णयले पनि त्यसलाई मलजल गर्न अझै सहयोग पुर्याएको स्थीति हो । जुन दुर्भाग्यपुर्ण छ ।
३. यहाँले विदेशीकै ईशारामा​ माओवादीले बर्तमान निर्णय गरेको हो भन्नुभयो, मुख्यतः कुन देशको चासोले काम गरेको हो ?
मैले भनिरहनुपर्दैन, सबैलाई थाहा भएकै कुरा छ । यसअघिका हाम्रा राजनैतिक आयाम र हामीले भोगेका रंगहरुले सिद्ध गरिसकेको स्थीति हो ।
४. यहाँहरु प्रमुख सत्तारुढ दलहरुविच फेरी बैचारिक एकताका लागि छलफलमा बस्ने हो कि ?
 हामी तयार छौ, तर त्यसका लागि सरकारबाट बाहिरीने निर्णय गरिसकेको माओवादी पनि तयार हुनुपर्यो ।  यद्यपी   त्यस किसिमको संभावना कमजोर देखेका छौ ।

५.  त्यसो भए अवको सत्ता समिकरण कुन रुपमा अगाढि बढ्ला, यहाँहरुलाई पनि सरकारमा जानुपर्ला ?
हेर्नुस, देश र जनताको विरुद्धमा जानेहरुलाई नेपाली जनताले आफै पाखा लगाउने छन । जो विरुद्धमा जान्छ, त्यो राष्ट्रघात हो । भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाम्न सकिदैन । यस्तो अवस्थामा माओवादीले बर्तमान सरकार माथीको समर्थन फिर्ता लिएको स्थीतिमा हामीले बचाउन त सक्दैनौ, तर सदनमा अविश्वासको प्रश्ताव पेश हुँदा बखत सम्म पनि हामी सरकारको बचाउमै लाग्ने छौ । किनकी हामीले हाम्रो कर्तव्य भुल्नु हुदैन भन्ने नै हो । यस अर्थमा सत्ता समिकरणको विषय हाम्रो रुचीको विषय होइन, हामीलाई यस विषयमा अहिले मतलव पनि छैन ।
६. तर नेतृत्वकै लागि सरकारलाई दिएको समर्थन फिर्ता भएको स्थीतिमा अवको नेतृत्व कसको भनेर आँकलन त होला नि ? प्रचण्ड, देउवा वा अरु कोही ?
हेर्नुस, हिन्दुशास्त्रमा अर्जुनको दृष्टि चराको आँखोमा भनेझै हामीले यतिबेला सम्म सोचेको एउटै मात्र कुरा बर्तमान सरकार नै हो । भोली सत्ता समिकरणले श्रृजना गर्ने जोडघटाउमा हामी अहिले लागेको स्थीति होइन, यस अर्थमा मैले अघि पनि भने हामी अन्तिम समयसम्म पनि नैतिकताकै आधारमा बर्तमान सरकार बचाउमा लाग्नेछौ । भलै हामीले जोगाउने सामथ्र्य नहोला ।
 

७. तर माओवादिले त ओली सरकारले आफुसँग गरेका सहमति, मधेश आन्दोलन, थारु समस्या, संविधान कार्यन्वयन लगायत कुनै पनि विषयमा गम्भिर नभएको आरोप लगाएको अवस्था त हो नि ?
यि सबै नाटकिय ढंगले कल्पना गरिएका कुरा मात्रै हुन । सरकारको प्रमुख हिस्सा हुनुको नाताले माओवादी स्वयमंको पनि त्यहाँ भुमिका नभएको होइन । असन्तुष्टिका विषय सरकारमै बसेर समाधान गर्दै जानुपर्नेमा बाहानावाजी श्रृजना मात्रै गरिएको हो । यस्तो स्थीतीले कसैलाई फाईदा गर्दैन ।

                                                                                      गिरी राप्रपा नेपालका प्रमुख सचेतक हुन

                                                                                              प्रश्तुति :शंकर गौली

तपाईंको बिचार