Thursday, March 30, 2017  |    

दाहालको रवैयाले टान बन्धक वन्ने कुरा कदापि स्वीकार्य छैन :चन्द्र रिजाल, टान अध्यक्ष

प्रकाशित मिति: 2016/07/15
चन्द्र रिजाल–अध्यक्ष,टान
चन्द्र रिजाल–अध्यक्ष,टान

असार ३०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले बर्तमान कोषाध्यक्ष लिला बल्लब दाहाललाई न्यायोचित भुक्तानि नगरेको भन्दै स्पष्टिकरण सोधेको छ ।  कोषाध्यक्ष दाहालले अनुचित रुपमा भुक्तानि नदिएको भन्दै गत मंगलबार ७ दिनभित्र संस्थाको सचिवालयमा लिखित रुपमा स्पष्टिकरण बुझाउन निर्देशन जारी गरेसँगै आरोपित दाहालले भने टानका अध्यक्ष र महासचिवले मनोमानी ढंगले आफुखुसी बैठक राखी चरित्र हत्या गर्ने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन् । 

टानभित्रको विवादको स्थीति के हो र यसको समाधानमा टानको सक्रियता लगायतका विषयमा छलफल केन्द्रित गर्ने कोसिस गरेका छौ । प्रश्तुत छ, गन्तव्य नेपालका लागि टानका अध्यक्ष चन्द्र रिजालसँग गरिएको अन्र्तवार्ता ।
१.टान भित्रको वर्तमान विवादको स्थीति यथार्थमा के हो ?
टानलाई नियमित रुपमा कार्यसञ्चालन गर्नका लागि संस्था चलायमान हुनु आवश्यक छ । बर्तमान कोषाध्यक्ष लिला बल्दब दाहालले टानमा रहेर सहि भुमिका निर्वाह गर्न नसकेपछि नै असमझदारी उत्पन्न भएको हो । असमझदारी यस अर्थमा की कोषाध्यक्ष हुनुको नाताले उहाँ दाहालले गर्नुपर्ने संस्थागत कार्यहरु सामान्यतः पैसा उठाउने, तिर्नुपर्ने ठाउँमा तिर्ने, संस्थाको भावि योजना बनाउने लगायतका सामान्य पदिय जिम्मेवारी पनि पुरा नगरेको स्थीति थियो । यस अर्थमा संस्थालाई चलायमान बनाउन संस्थाका पदाधिकारी हरु बसेर पटकपटक उहाँसँग यि उल्लेखित समस्याका बारेमा के गर्न सकिन्छ भनेर छलफल गर्ने कोशिस भएकै हो । यद्यपी छलफलमा सहभागि पनि नहुने र संस्थालाई बन्धक बनाइरहने उहाँ दाहालको नियत देखिन आएपछि  दाहालकै कारणले संस्था निष्क्रिय बन्न नहुने कार्यसमितिको निष्कर्ष बमोजिम स्पष्टीकरण सोधिएको छ ।
२. उचित स्पटिकरण नआएमा यहाँहरु के गर्नुहुन्छ ?
संस्थालाई चलायमान बनाउनकै लागि हामी विचमा रहेका केही असमझदारी छन भने त्यसलाई हल गरौ भनेरै स्पटिकरण सोधिएको हो । यदी यि कुराहरुलाई व्यवास्ता गरेर कोही जान्छ भने अवश्य पनि संस्थाको विधानअनुसार कार्यसमितीको छलफलद्धारा कारवाही प्रक्रिया अघि बढ्छ ।
३ उहाँ दाहालले गल्ती स्वीकार गरेर आएको स्थीतिमा के गर्नुहुन्छ ?
गल्ती स्वीकार गरेको अवस्थामा हामी सहकार्य गरेर अगाडि बढ्न तयार छौ । तर मुख्य कुरा के भने संस्थाको आचारसंहितालाई कुल्चने अधिकार कसैलाई छैन । कुनै एक व्यक्तिको कारणले संस्था बन्धक बन्ने कुरा स्वीकार्य छैन ।
४. तर आफ्नो चरित्र हत्या गर्ने उदेश्यले बदनामी  गरियो भन्ने दाहालको आरोप छ नी, यहाँहरुमाथी ?
यो कुरा विल्कुल निराधार आरोप हो । उहाँको कार्यशैली प्रति पटकपटक प्रश्न गर्दागदै उहाँले निरन्तर व्यवास्ता गरेको स्थीति हो । यसअघि अख्तियारले पनि बेरुजु पर्छैटका लागि आग्रह गरेबमोजिम संस्थाको तर्फबाट जवाफ पठाउनुपर्नेमा अटेर गर्ने, संस्थाको दैनिक हिसाव कितावको हस्ताक्षरको सम्पुर्ण अधिकार लिएको व्यक्तिले संस्थालाई धरासायी बनाउने, संस्थाले गरेको कार्यक्रममा मिडिया खर्च छुट्याएपनि आफुखुसी भुक्तानि रोकेर संस्थाको बदनाम बनाउने प्रवृत्ति कत्तिको जायज हो यो यहाँहरुले पनि छुट्याउन सक्नुहुन्छ । अर्कोतर्फ संस्थाले बदनामी गरेको भन्ने जहाँसम्म छ, उहाँ आफै मिडियामा गएर जथाभावि अभिव्यक्ति दिदै हिडेपछि त्यसको जवाफ मात्र दिएका हौ । हाम्रो कोहीसँग व्यक्तिगत दुष्मनी होइन, कार्यक्षमता पुरा नगर्नेले संस्था बन्धक पार्ने होइन की अन्य पदाधिकारीहरुलाई कार्यभार सुम्पनु पर्यो । आफै धामी र झाक्री बन्नुभएन ।
५.टानको दैनिक कार्यसञ्चालन गर्ने क्रममा कयौ चेकहरु कोषाध्यक्षबाट स्वीकृत भएको छैन, यो स्थीति कहिलेसम्म ?
कोषाध्यक्षको भुमिका भनेको आर्थिक पाटोको सहि व्यवस्थापन हो । व्यवस्थापनमा लापरवाही भएकै कारण स्थीति यहाँसम्म आईपुगेको स्थीति सर्वविदितै छ । यसर्थ यसैलाई समझदारीमा बदल्नका लागि बर्तमान कदम चालिएकाले यो बन्धकको स्थीति धेरै दिन रहँदैन । हामी निर्णायक कदम चाल्छौ ।
६. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यहाँहरुको खर्च पर्छौटसम्बन्धी विषयलाई लिएर निगरानी बढाईरहेको स्थीतिमा यहाँहरु विच आन्तरीक द्धन्द उत्कर्षमा पुग्नुले टानको स्थीति अझै प्रतिकुल बन्दै गएको हो ?
यहाँहरुले भने जस्तै यसअघिका दुई कार्यकालका कार्यसमितिले निर्णय गरेका कतिपय आर्थिक हिसाव पारदर्शी नभएको विषयमा अख्तियारको चासो रहँदै आएको सत्य हो । अपारदर्शी ढंगले खर्च गरियो र सहि हिसावमिलान हुन नसेकेकै कारण अघिल्लो कार्यसमितीले गरेका प्राविधिक त्रुटिहरुलाई पनि मिलाएर लैजानुपर्ने जिम्मेवारी हामी माथी थपिएकै छ । यही अवस्थामा बर्तमान कोषाध्यक्षको रवैयाले संस्थालाई थप प्रतिकुल दिशामा लान सक्ने देखेर नै स्पष्टिकरणमा जानुपर्ने हाम्रो बाध्यता भयो । यसर्थ अन्त्यमा यही भन्न चाहन्छु, संस्थामा विधानअनुसार नचल्ने र बन्धक बनाउने खेलमा कोही लाग्छ भने त्यो आफै नामेट भएर जान्छ । संस्था विधान अनुसार चल्छ । कसैलाई पर्खदैन ।

                                                                                            रिजाल, टानका बर्तमान अध्यक्ष हुन

तपाईंको बिचार