Monday, October 23, 2017

पर्यटन बोर्डको समस्या समाधानको अचूक उपाय पीपीपी अवधारणा

प्रकाशित मिति: 2015/06/21
सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष
सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष

 

 

सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष हुनुहुन्छ । अघिल्लो महिना राजधानीमा सम्पन्न साधारणसभाबाट पाण्डे अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । पर्यटन क्षेत्रमा स्पष्ट मिसन भिजन भएका व्यक्तित्वको रुपमा आफूलाई उभ्याउन सफल पाण्डे पर्यटनको विभिन्न विधामा आबद्ध हुनुहुन्छ । ट्राभलदेखि उड्डयन क्षेत्रमा समेत उहाँले लगानी गर्नुभएको छ । हरेक कुरालाई सकारात्मक रुपमा विश्लेषण गर्ने  पाण्डे देशमा स्थायित्व कायम गर्न नसकुञ्जेल पर्यटन क्षेत्रको दिगो विकास हुन नसक्ने बताउनुहुन्छ । पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड तथा सिंगो पर्यटन क्षेत्रको समसामयिक विषयमा पाण्डेसँग गन्तव्य नेपालका कार्यकारी सम्पादक प्रकाश खालिङले गरेको अन्तरंग संवाद ः

 

 

तपाईं पाटा नेपाल च्याप्टरको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । पाटाको मिसन र भिजन खास के हो ?

म दोस्रो कार्यकालको लागि पुनः निर्विरोध निर्वाचित भएर आएको छु । पाटा १९५२ मा स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । विश्वभर यसको ४५ वटा च्याप्टरहरु छन् । नेपालले सन् १९७६ देखि पाटाको अन्तर्राष्ट्रिय सदस्यता लिएको हो । जुनबेला नेपाल पर्यटन बोर्डको पनि स्थापना भएको थिएन, त्यसबेलादेखि नै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम पाटाले ग¥यो । खासगरी आजको दिनमा पाटाको कार्यक्षेत्रको कुरा गर्दा ५÷६ वटा क्षेत्रहरु छन् । पाटाले आफ्ना सदस्यहरुलाई बिजनेसको भावना सिर्जना गरेर बिजनेस गर्न उत्साहित गर्ने गर्दछ । त्यस्तै कसैसँग कुनै खुबी छ भने अन्तर्राष्ट्रिय रुपमा कसरी फैलाउन सकिन्छ भनेर पहल गर्छ । त्यस्तै मानव स्रोत विकासमा सहयोग गर्छ । पर्यटन क्षेत्रमा क्रियाशील जनशक्तिलाई दक्ष बनाई त्यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पाटाले सहयोग गर्छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटनसँग सम्बन्धित तथ्यांकहरु संकलन गरेर आफ्नो रणनीति तयार गरी बजारीकरण अनि व्यापारिक र पर्यटन प्रवद्र्धनमा सहयोग गर्दछ । त्यस्तै

आफ्ना ४५ वटा सदस्यलगायत तीभन्दा पनि बाहिरका पर्यटन क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि समाहित गरेर विविध कार्यक्रमहरु संचालन गर्दै अन्तर्राष्ट्रिय संजाल बनाउने काम गर्छ । यी सबै कुराहरुलाई लिएर अन्तर्राष्ट्रिय रुपमा पाटा अगाडि बढिरहेको सन्दर्भमा पाटा अन्तर्राष्ट्रियको दक्षता, अनुभव, सञ्जाललाई नेपाल ल्याएर हाम्रो पर्यटन क्षेत्रलाई कसरी सुधार र राम्रो बनाउन सकिन्छ भनेर अघि बढिरहेको छ ।

पाटाको बारेमा यति धेरै चर्चा गर्नुभयो । पाटा नेपाल च्याप्टर स्थापना भएको पनि निकै समय भइसक्यो तर यसको प्रभाव खासै देखिँदैन नि ?

पाटा एउटा स्रोतकेन्द्र हो । हामीले आफूलाई एउटा सहजकर्ताको रुपमा प्रस्तुत गरिरहेका छौं । नेपालको पर्यटन क्षेत्रलाई पाटा अन्तर्राष्ट्रियसँग समन्वय गरेर त्यहाँको सीप, क्षमता र विज्ञतालाई नेपालको सन्दर्भमा परिचालन गर्ने हाम्रो उद्देश्य हो । त्यो उद्देश्यलाई पूरा गर्नको लागि हामीले नेपाल सरकार, नेपाल पर्यटन बोर्डलगायतसँग पहल गर्नुपर्छ । यससँगै अर्को के कुरा बुझ्न जरुरी छ भने पाटा भनेको साधारण संस्था होइन यो पब्लिक प्राइभेट पार्टनसिप (पीपीपी) अवधारणाअन्र्तगत खोलिएको संस्था हो । संसारभरि हरेक देशमा यसका सदस्यहरु सरकार पनि छन्, राष्ट्रिय पर्यटन बोर्ड पनि छन्, यातायात, हस्पिटालिटी क्षेत्रअन्तर्गत होटल व्यवसायहरु पनि छन् र हामी टुर अपरेटरहरुचाहिँ व्यक्तिगत रुपमा पनि सम्बन्ध राखेर काम गरिरहेका छौं । हाम्रो सहयोगी संस्थाको रुपमा नेपाल पर्यटन बोर्ड नै हो । म अघिल्लो र यो कार्यकालमा आएदेखि पाटा अन्तर्राष्ट्रियको पाँचवटा मूलभूत लक्ष्यहरुलाई नै महसुस गरेर काम गरिरहेका छौँ । विशेष गरी हामीले अहिले गरेको काम भनेको सञ्जालको सम्बन्धमा उद्योगलाई एकीकृत गर्ने हो । आजभन्दा दुईवर्ष अगाडिको अवस्था कस्तो थियो भने पर्यटन बोर्ड हामी पर्यटन व्यवसायीहरुको संसद् हो त्यहाँ हामी निजी क्षेत्र जाँदै नजाने अवस्था थियो । पाटा नेपाल च्याप्टरले आज आएर सबै निजी क्षेत्रलाई एकीकृत गरेर पर्यटन बोर्डसँग सहकार्य गर्दै अगाडि बढ्ने वातावरण तयार गरेको छ । हामीले यो खालको वातावरण तयार गर्न भूमिका खेलेको हो । गत वर्षदेखि हाम्रो कार्यक्रमहरु नै नेपाल पर्यटन बार्डलाई संयुक्त रुपमा दिएका छौँ । हामी पाटा, हान, टानलगायत पाँचवटा संस्थाहरु र यो पर्यटन बोर्ड मिलेर र पर्यटन उद्योगलाई कसरी साझा कार्यक्रमको रुपमा अगाडि बढाउने भनेर सोचिरहेका छौँ । त्यस्तै नेपालको पर्यटनलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न पाटाका अन्तर्राष्ट्रिय सदस्यहरुमा नेपालबाट उत्साहवद्र्धक सहभागिता जनाउने प्रयास हामीले सुरु गरेका छौँ ।

नेपालको पर्यटन प्रवद्र्धनको लागि पाटा नेपाल च्याप्टरले के–के काम ग¥यो ?

पाटाले आफ्ना सदस्यहरुलाई एकीकृत गरेर लैजाने र नेपालको पर्यटनलाई फाइदा पुग्ने काम सहजकर्ताको रुपमा योजनाबद्ध र प्रक्रियागत रुपमा गर्दै आएको छ । सन् २०१३ सेप्टेम्बरमा चीनमा भएको पाटाको सम्मेलनमा नेपालको तर्फबाट सक्रिय सहभागिता हामीले कायम ग¥यौँ । त्यस्तै सन् २०१४को मार्चमा एमआईपीटी भन्ने फेयरमा नेपाली जाने कुरालाई पुनर्जीवित ग¥यौँ । त्यस्तै सन् २०१४ कै सेप्टेम्बरमा कम्बोडियामा भएको कार्यक्रममा पाटाकै पहलमा नेपालले पनि सहभागिता जनायो । सन् २०१५मा भुटानमा भएको पाटाको कार्यक्रममा पनि हामीले १७÷१८ जनाको टोली लिएर गएका थियौँ । यो राम्रो पक्ष हो । अर्कोतिर हामीले विभिन्न स्रोतहरु परिचालन गरेका छौँ । पर्यटनसम्बन्धी पढ्न चाहने विद्यार्थीहरुका लागि पाटा पर्यटन पुस्तक तयार गरेका छौँ । सातवटा पर्यटन कलेजको ५÷५ जना विद्यार्थी गरी ३५ जना जम्मा गरेर हामीले पाटा

विद्यार्थी च्याप्टर तयार गरेका छौँ । त्यसले पाटा अन्तर्राष्ट्रिय च्याप्टरसँग सम्बन्ध राख्दछ र यहाँ पनि ५÷५ जना हरेक कलेजमार्फत सबै कलेजबाट सोहीअनुरुप काम गर्न हामीले पहल गरेका छौँ । त्यसैगरी पर्यटन क्षेत्रमा लागेका वा लाग्न खोजेका युवाहरुलाई पनि लक्षित गरेर कार्यक्रमहरु अगाडि बढाइरहेका छौं । यसले पर्यटन व्यवसायलाई थप बलियो बनाउन सहयोग गर्छ । त्यस्तै तालिम गर्ने सन्दर्भमा गत वर्ष हामीले थाइल्याण्डबाट विज्ञहरु बोलाएर नाथमको हलमा २ सय ५० जनालाई पर्यटनसँग सम्बन्धित विषयमा तालिम दियौँ । यसपटक पनि दक्षिण अफ्रिकाबाट विज्ञ ल्याएर पर्यटन तालिम दिँदै छौँ । त्यस्तै पाटाको अनुसन्धान रणनीति तयार गर्ने क्रममा नेपालका विभिन्न पर्यटन कलेजहरुमा पढाउने अनुसन्धानमा आधारित प्रोफेसरहरुलाई समाहित गरेर पाटा अनुसन्धान सामग्री तयार गरेका छौँ । उक्त अनुसन्धान सामग्रीलाई जम्मा गरेर प्रकाशित गर्र्दै छौँ । आजको दिनमा मिडियाले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नसक्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्न मिडिया एउटा सशक्त माध्यम हो । यही कुरालाई मध्यनजर गरेर हामीले यहीँको स्थानीय सञ्चारमाध्यमहरुमार्फत पाटाको गतिविधिलाई प्रचार गर्नका निम्ति हामीले आफ्नै सञ्चार नीति तथा सामग्री तयार गरेका छौँ । पत्रकारहरुलाई पनि पाटाका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने काम गर्दै आएका छौं । त्यसो गर्दा हामीले नेपालमा पर्यटनको क्षेत्रमा भएका र हामीलाई थाहा नभएका कुराहरु आएका छन् । आगामी दिनका कार्यक्रमहरुमा पनि पत्रकारहरुसँग समन्वय गरेर अघि बढ्नेछौं । यसको अलावा हामीसँग विविध कार्यक्रमहरु छन्, त्यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र सबै संघसंस्थासँग मिलेर समन्वय गरेर अगाडि बढ्नेछौँ ।

तपाईंहरुले धेरै पहिलेदेखि नेपालमा ट्राभल मार्ट आयोजना गर्ने भनेर कुरा गरिरहनुभएको छ  तर गर्न सक्नुभएको छैन, किन ?

सन् १९९०मा पाटा अन्तर्राष्ट्रियसँग मिलेर हामीले पहिलो पाटा अन्तर्राष्ट्रिय सम्मेलन ग¥याँै र सन् १९९१मा त्यसलाई पुनः दोहो¥याउन सकिएन । त्यसपछि सन् २०१२ सम्म आउँदा ६ पटक नेपालमा ट्राभल मार्ट आयोजना भयो । कहिले भारतमा, कहिले श्रीलंका त कहिले थाइल्याण्डमा यस्ता मार्टहरु हुँदै आइरहेका छन् । २०१२ पछि नेपालमा पर्यटन अलि शिथिल भएर गयो । सिंगो नेपाल नै हिमालयन डेस्टिनेसन भएको कारणले हिमालयन डेस्टिनेसनलाई स्थापित गर्नुपर्छ भन्ने धारणाअनुरुप

हिमालयन ट्राभल मार्ट गर्न आवश्यक छ  । हाम्रो आफ्नो पर्यटन क्षेत्रको स्वामित्वमा गर्नुप¥यो भन्ने अवधारणा आइरहेको थियो । २००६÷००७ को बजेटमा २ करोड विनियोजन भयो । त्यो कहिले राष्ट्रिय पर्यटन मेला भनेर त्यसमा मिलाएर तामझामका साथ गरियो तर जुन हिमालयन ट्राभल मार्टको परिकल्पना गरियो त्यसअनुसार हुनसकेन । त्यसैअनुसार २०१२ देखि एड्भेन्चर हिमालयन ट्राभल एण्ड इको टुरिजमको बोध भएको कारणले त्यही स्वरुपमा नेपालमा ल्याएर हिमालयन ट्राभल मार्टको रुपमा परिवर्तन किन नगर्ने भनेर साथीहरुको सुझावअनुरुप कार्यक्रम सञ्चालनको लागि पाटा अन्तर्राष्ट्रियसँग पनि समन्वय गरेर पर्यटन बोर्डलाई अनुरोध गरेका छौँ ।

मागेअनुसार बजेट नदिएपछि पर्यटन बोर्डसँग खुब विवाद गर्नुभयो है ?

यो एकदम गलत हो । पर्यटन बोर्डसँग हाम्रो कुनै विवाद भएको थिएन र छैन । म कहिल्यै पनि बोर्डप्रति नकारात्मक छैन । म नेपालमा पर्यटन बोर्डको सुरुदेखि नै त्यसको धारणाअनुरुप काम गर्ने मान्छे हुँ । पर्यटन बोर्डको संवद्र्धन र विकासमा म चिन्तित छु । म पर्यटन बोर्डप्रति पहिल्यैदेखि सकारात्मक छु । हिजो बोर्ड सदस्य भएर काम गरेँ आज बाहिर बसेर सहयोग गर्दै छु । होला, पर्यटन बोर्डमा भएका विकृतिप्रति नकारात्मक मात्र होइन आक्रामक नै छु । त्यहाँ भएका सुस्तता, भ्रष्टाचार र विकृतिप्रति म आक्रामक नै छु । बोर्डको कुरा गर्दा यो हामी सबै पर्यटन व्यवसायीहरुले लामो समय लडेर ल्याएको संस्था हो ।

पर्यटन बोर्ड अहिले जुन स्थितिमा उभिएको छ, यसको निकास के देख्नुहुन्छ ?

एउटा कुरा पर्यटन बोर्डका लागि म व्यक्तिगत रुपमा चिन्तित र इमानदार छु । यसप्रति कसैले पनि औंला ठड्याउन सक्दैन । अर्को कतिपय कुरा यो सामूहिक सम्पत्ति भएकाले मेरै धारणाअनुसार चल्नुपर्छ भन्ने पनि होइन । छोटोमा भन्दा पर्यटन बोर्डको जन्म पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणाअन्र्तगत भएको हो । आगामी दिनमा अहिले जे र जस्तो समस्या आए पनि पर्यटन बोर्डको मूलमन्त्र पब्लिक प्राइभेट पार्टनरसिपलाई हामीले आत्मसात् गरेर लगेसम्म बोर्डलाई कसैले पनि हल्लाउन सक्दैन । अहिले बोर्ड प्रशासनिक रुपमा भ्याकुमको अवस्थाबाट गुज्रिरहेको छ । यसमा जुन ग्याप देखिएको छ, त्यसलाई हामी निजी क्षेत्रले परिपूर्ति गरेर लग्नुपर्छ । प्राइभेटलाई एकआपसमा सहयोग गरेर अगाडि

बढ्नुपर्छ । सोहीअनुरुप अहिले हामी निजी क्षेत्रले बोर्डलाई सहयोग गर्नुपर्छ । बोर्ड हिजो एउटा अवस्थामा थियो आज अर्को अवस्थामा छ र भो िअर्को संकटमा पर्न पनि सक्छ । तर यो संकटको समयमा पीपीपीको अवधारणालाई बोध गर्नु जरुरी छ । अहिले पर्यटन बोर्ड जुन मोडमा छ, त्यसमा हामीले कसरी परिचालन गर्ने भन्ने कुराले ठूलो महत्व राख्दछ ।

बोर्डलाई अगाडि बढाउन तपाईंले भनेजस्तो सम्भव छ ?

म जिन्दगीमा कुनै पनि कुरा असम्भव छ भन्ने ठान्दिनँ । हरेक कुरा सम्भव छ  । मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने पर्यटन बोर्डमा कुनै समस्यै छैन । हामीले सामूहिक रुपमा काम गर्दा सही मार्ग पत्ता लगाउन सक्छौँ कि सक्दैनौँ समस्या त्यो हो । सही मार्ग पहिचान गर्न सक्यौँ भने ५ वर्ष, १० वर्ष हुँदै समृद्धिको सिँढी चढ्न सकिन्छ । मैले पर्यटन बोर्डमा मात्रै होइन, यो मुलुककै निकास एकदमै सहज देख्छु । एकदमै सजिलो छ । समस्या भनेको त मान्छेको जीवनमा आउँछ, संस्थागत जीवनमा पनि त आइहाल्छ नि ।

यो त आदर्शको कुरा मात्रै भएन र भन्या ?

समस्या त पर्यटन बोर्डलाई लागेको रोग हो यो, यसलाई औषधिउपचार आवश्यक छ । मेरो जोड केमा हो भने पीपीपी अवधारणाको स्पिरिटलाई आत्मसात् गरेर लगियो भने बोर्डको समस्या समाधान आफैँ हुन्छ । बोर्डको अहिलेको अवस्था देखेर निराश हुनुपर्दैन भन्ने लाग्छ । मुलुकको हजारौँ समस्यामध्येको एउटा समस्या न हो यो ।

यसको उपचारचाहिँ के हुनसक्ला ?

त्यो भोलि हामी सबैले बसेर माइन्युटहरुको डिफाइन गर्दै जाने कुरा हो । मैले भन्न खोजेको व्यक्तिगत स्रोत र सामूहिक कार्यान्वयनमा फरक छ । मेरो कम्पनीको कुरा गर्नुहुन्छ भने म मेरो कम्पनी चलाउने कुरामा स्पष्ट छु । पर्यटन बोर्ड कसरी चलाउने भन्ने कुरामा पनि म स्पष्ट छु । यो सामूहिक संस्था भएकोले मेरै कुराले मात्र चल्दैन । सामूहिक कुरामा जाँदा सहमतिमा जानुपर्छ र हामीले गर्ने कुरा अग्रगमनतिर जान्छ कि जाँदैन भन्ने सोच्नुपर्छ । अहिले भएको सहमति सबैभन्दा उत्तम विकल्प हो ।

नेपालको समग्र पर्यटन क्षेत्रलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

मैले नेपालको पर्यटनको सुरुवाती चरणबाटै काम गरेँ । सानो तहदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र घुम्ने विविध परिवेश र मान्छे भेटेँ । पर्यटन र विकासका विविध मोडेलहरु मैले देखेँ । यी सबै कुराले गर्दा मैले निकालेको मान्यताचाहिँ के छ भने नेपाल अत्यन्तै ठूलो सम्भावना बोकेको मुलुक हो । यो सम्भावनालाई बढीभन्दा बढी उपयोग गरेर देशको विकासमा लाग्नु अहिलेको आवश्यकता हो । त्यसतर्फ सबैको ध्यानकेन्द्रित गर्न जरुरी छ ।

प्रसंग बदलौँ, पर्यटन क्षेत्रसँग उठबस गर्नुभएको लामो समय भयो । केहीले सुमन पाण्डेलाई युज एण्ड थ्रो गर्ने प्रवृत्ति भएको मान्छे भनेर आरोप लगाउँछन् नि ?

युज एण्ड थ्रो भन्ने कुरा मलाई थाहा छैन । म कहाँ छु त्यो मलाई थाहा छैन । व्यवस्थापन रुचि भएको कारणले मैले पर्यटन क्षेत्र अंगालेको हुँ । मसँग भएको व्यवस्थापन दक्षतालाई पर्यटन क्षेत्रमा उपयोग गरौँ भनेर यस क्षेत्रमा लागेको हुँ । यो व्यवस्थापनको महत्वपूर्ण अंग भनेको मानवस्रोत हो । मानवस्रोत भन्दा विभिन्न तह र तप्काका मान्छेहरु पर्छन् । म कुनै पनि कुरा र व्यवसायमा राम्रो टिम चाहिन्छ भन्ने मान्यता राख्छु । त्यसमा मानवस्रोत अत्यावश्यक छ । त्यसरी काम गर्दा म हरेकलाई मूल्य दिन्छु । कुन व्यक्तिको मूल्य कति र कुन सन्दर्भमा को चाहिन्छ भन्ने कुरा म छान्छु र म लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न खोज्छु । कुनै उद्देश्य कायम गर्न कोही चाहिन्छ भने अर्को काम गर्न पहिलेको टाढा र पछिको नजिक आउँछ, यो प्रक्रिया यसरी नै चल्छ । तर मान्छेको मूल्य म बुझ्छु व्यावहारिक जीवनमा यस्ता कुरा चल्छ नै ।

 

 

 

 

तपाईंको बिचार