Thursday, March 30, 2017  |    

पौडेलको बुझाई थाहा भएन, शेखरले मलाई शुभेच्छा राखेका हुन :आनन्दराज त्रिपाठी

प्रकाशित मिति: 2016/09/22

असोज ६, काठमाण्डौ । आनन्दराज त्रिपाठी नेपाली कांग्रेसका सक्रिय युवा नेताका रुपमा परिचित छन ।
तनहुँको भानु नगरपालिकाको वडा न. १ मा जन्मिएका त्रिपाठी कांग्रेस बिद्यार्थी राजनीतिमा ३२ बर्षदेखि सक्रिय रहँदै आएका छन । त्रिपाठी गत साउनमा भएको नेवि संघको ११ औ महाधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा मैदानमा उत्रिएका थिए, यद्यपी निर्वाचनमा पराजय बेर्होनुपरे पनि नेबिसंघको राजनीतिमा उनको बलियो पकड रहेको छ । सुरुमा पौडेल समुहबाट उनको नाम चर्चा गरिएपनि निर्वाचन ताका कांग्रेस नेता शेखर कोईरालाको बलियो साथ पाएका त्रिपाठी आफु स्वयंम भने कुनै गुटको पक्षमा भन्दा भनि समग्र कांग्रेसको नेतृत्वलाई आत्मसाथ गर्दै राजनीतिमा होमिएको बताउँछन ।
नेबिसंघको परिणामपश्चात हालै गन्तव्य नेपालको कार्यलयमा भेटिएका त्रिपाठीसँग नेबिसंघको निर्वाचनपछिको उनको उपस्थिीति र अब उनले लिएको राजनीतिक यात्राका बिषयमा केन्द्रित रहेर चर्चा गर्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, कांग्रेस महासमिति सदस्य आनन्दराज त्रिपाठीसँग गरिएको अन्र्तवार्ताको संपादित अंश ।
 

१. नेविसंघमा अध्यक्षमा उमेद्धवार बन्नुभयो, पराजयपश्चात हराउनुभएको हो ?
हराएको भन्ने कुरा होईन । मुख्यतः विगत १० बर्षदेखि हुन नसकेको नेविसंघ निर्वाचन सफल रुपमा सम्पन्न भयो, संगठनले नेतृत्व पायो । यही नै ठुलो कुरा हो । निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलताका बिच पार्टीले जुन सहयोग दर्सायो, सम्मानजनक छ । जहाँसम्म मेरो कुरा छ, ३२ बर्षदेखि बिद्यार्थी राजनीति गरिरहेको हुनाले स्वभाविक हो ,नेतृत्वमा पुग्ने ईच्छा सबैलाई हुन्छ, मलाई पनि थियो । साथीभाईहरुले बिना कुनै गुट जुन मत मलाई दिनुभयो, पराजित भए, यद्यपी सम्मानजनक मत दिनुभएको छ । यसले मलाई राजनीतिमा अगाडि बढिरहन अझ हौसला दिएको छ । किनभने जिबनभरको राजनीतिक लगानिको एक किसीमको प्रतिफल साथीभाईहरुले दिनुभयो, यसलाई सम्मान गर्छु । यसका साथै लोकतन्त्रको सिपाही भएको कारणले आउने पुस्ताका विद्यार्थी भाईबहिनीहरुलाई पनि एकताबद्ध बनाएर अगाडि बढ्दै प्रेरणाको स्रोत बन्ने मेरो सधै कोसिस रहीरहनेछ, यसअर्थमा हराएको हैन, बाटो फरक भएको अवश्य पनि हो ।
२. यहाँ सुरुमा रामचन्द्र पौडेलको गुटबाट निर्वाचनमा उठ्ने चर्चा चलिरहँदा अन्तमा, आधिकारिक उमेद्धवारको रुपमा मनोजमणि आचार्यको नाम बाहिर आयो, यही बेला तपाईलाई शेखरले साथ दिएको कुरा पनि आयो, रामचन्द्रले पत्याएनन हो ?
मैले यसअघि पनि भने म कुनै गुट उपगुटको विश्वास गर्ने मान्छे होईन । यद्यपी नेताका रुपमा म रामचन्द्रलाई हिजो पनि सम्मान गर्थे र आज पनि गर्छु । यद्यपी निर्वाचनमा यहाँले भनेजस्तै रामचन्द्र पौडेल पक्षबाट मनोज जि को नाम आएपछि निर्वाचनमा होमिसकेको हिसाबले उमेद्धवारी फिर्ता लिन नैतिकताले दिएन र उमेद्धवारी फिर्ता लिनु मेरो राजनीतिक लगानीको पनि बिरुद्धमा हुने भएकाले अध्यक्षको प्रतिष्पर्धाबाट पछि हट्न आत्माले दिएन । यस्तो अवस्थामा मेरो संभावना र लगानीलाई मर्न दिनु हुदैन भनेर शेखर कोईरालाले शुभेच्छा राख्नुलाई फेरी अर्को गुटको रुपमा बुझ्नु उपयुक्त नहोला । कसैले मप्रति सहानुभुति देखाउँछ, मेरो संभावनालाई देख्छ भने उसलाई मैले सम्मान गर्नैपर्छ । यस्तोमा रामचन्द्रले किन पत्याएनन र शेखरले किन साथ दिए भन्ने कुरा भन्दा पनि मेरो राजनीति योगदान अध्यक्षको प्रतिष्पर्धाको लागि लायक थियो, परिक्षामा सहभागि हुनुपथ्र्यो, भए । रिजल्ट के भन्नेमा मलाई पछुतो छैन, राजनीति आस्थाका लागि गरेको हुनाले यी सब कुरामा मेरो चासो छैन ।

३. तर पौडेल तपाईसँग असन्तुष्ट हुनुको कारण चै किन त ?
उहाँलाई के बाध्यता पर्यो मलाई थाहा छैन, त्यो मलाई भन्दा पनि उहाँलाई नै थाहा होला । निरन्तर उहाँलाई नै आदर्श मानेर राजनीतिमा होमिएको हुँ । यद्यपी यसपटक नेबिसंघ महाधिबेशनमा भने उहाँले भनेको मान्न सकिएन ।

४.तर नेबिसंघ निर्वाचनमा पौडेलले यहाँलाई नेतृत्वको दाबी त्याग्न गरेको आग्रहलाई बेवास्ता गर्दा पौडेल पक्षका उमेद्धवार पराजित बन्न पुगे भनियो, तपाई आफै पराजित हुने स्थीतिमा नेतृत्वमा उठेर पौडेल पक्षलाई हराउन भुमिका खेल्नुभयो भन्ने आरोप छ, यहाँमाथि ?
मुख्य कुरा, म कसैलाई व्याक्तिगत रुपमा जिताउन र हराउनका लागि नेतृत्वको दाबी गरेको हैन, महाधिबेशन हुने तय भएसँगै उमेद्धवारी तयारी गरेर निर्वाचनमा होमिसकेपछि अन्त्यमा समिकरण मिलाउनकै लागि पछि हट्न सकिएन । यस अर्थमा कोमाथि के भुमिका भयो मेरो सरोकार रहेन ।
५. नेबिसंघको आगामी महाधिबेशनमा उमेद्धवार बन्नकै लागि उमेरहद ३२ बर्ष तोकेको स्थीतिमा अब तपाईको राजनीति कता ?
निष्चयनैः विगत लामो समयदेखि महाधिबेशन हुन नसक्दा नेतृत्वको आकांक्षीहरु धेरै थिए, यस्तोमा ११ औ महाधिबेशन म जस्ता धेरै साथीहरुको लागि उमेरकै हिसाबले पनि अन्तिम थियो । संगठनको नियम स्वीकार गर्नुको बिकल्प छैन, अब नेतृत्वको आकांक्षी होईन, आउँदो पुस्ताका भाईबहिनीहरुलाई नेतृत्वमा स्थापित गराउने अभियानमा लाग्नेछु । मेरो आफ्नै जोड भने पार्टी राजनीतिमा रहनेछ ।
६. कांग्रेसमा नेतृत्वमा स्थापित हुन पनि गुटको प्रभाव देखिदै आएको छ, पौडेल पक्षबाट अलग्गीएपछि अब तपाईको गुट कता ?
हेर्नुस, म गुटगत राजनीतिमा बिश्वास गर्ने व्याक्ति होइन । गुटको बलमा नेतृत्वमा स्थापित हुने मेरो चाहना पनि हैन । पार्टीमा आन्तरीक लोकतन्त्रको लागि सदैब लड्नेछु । बिगतमा गुटको आधारमा नभई सम्मानका आधारमा रामचन्द्र पौडेलसँग बढि निकट भएको अवस्था अवश्य पनि हो । यस्तोमा तनहँुको पौडेलले तनहुँकै त्रिपाठीको भुमिका बुझ्न नसक्ने र डडेल्धुराको देउवाले बुझ्नुपर्ने स्थीतिले यस्तोमा अब मैले मान्नुपर्ने नेता भनेको पार्टी सभापति हो । किनकी उहाँ पार्टीको अभिभावक भएकाले उहाँको गुट भने पनि नेतृत्व जे भनेपनि म उहाँकै अनुयायीको रुपमा रहनेछु ।
 

७. अब तपाईको भावि योजना र कार्यदिशा के छ ?
बिभिन्न आन्तरीक अप्ठेराका बिच ११ औ महाधिबेशनमा अध्यक्षमा प्रतिष्प्रर्धा गरे । परिणाम जेजस्तो आएपनि मलाई सद्भाव देखाएर जति पनि भोट मेरो लागि प्राप्त भयो, यसलाई सम्मान गर्दै मलाई भोट दिने साथीहरुको  मनोबल बलियो पार्न देशदौडाहमा जाँदैछु । निकै अप्ठेरो परिस्थीतिमा कसले कसलाई भोट दियो भनेर चिहाउने स्थीतिका बिच मलाई सद्भाव देखाउनुहुने सबैलाई धन्यबाद दिन चाहन्छु ।
देखेको भन्न सक्ने नै युवा हो भन्ने बिपीको बिचारलाई आत्मसाथ गर्दै संगठन परिवर्तनको लागि अहोरात्र लागिपर्नेछु, भावि पिढीहरुलाई हौसला र प्रेरणा बन्ने कोशिस सधै नै रहीरहनेछ । बिजयादशमीको सबै साथीहरुलाई शुभकामना ।

                                                                                                                    

                                                                                                                     त्रिपाठी, कांग्रेस महासमिति सदस्य हुन

तपाईंको बिचार