Wednesday, May 24, 2017  |    

संसोधनका बहानामा व्यावसायीलाई आतंकित पार्ने काम भयो :मनोज कुमार श्रेष्ठ

प्रकाशित मिति: 2016/10/04

असोज १८, काठमाण्डौ । सरकारले यातायात व्यावस्था ऐन २०४९ संसोधनको तयारी गरिरहेका बेला पर्यटन सवारीको अस्तीत्वको बिषयलाई लिएर पर्यटन व्यावसायीहरु चिन्तित देखिएका छन । बिशेषतः यसअघि पर्यटन सवारीले प्रयोग गर्दै आएको हरियो प्लेट रहने की नरहने भन्ने भन्ने दुबिधा रहिररहेका बेला सरकारले भने यसलाई अझ व्यवस्थीत रुपमा बर्गीकरण गरी संसोधनका साथ नयाँ निती ल्याउने बताईरहेको छ,भने व्यावसायीहरुले यसलाई हरीयो प्लेट माथीको आक्रमणको रुपमा बुझ्ने गरेका छन । बास्तबमा यातायात संसोधन ऐन पारित हुने स्थीतिमा व्यावसायीहरुले माग गरेको कुरा चै के हो त ?

यही बिषयमा छलफल प्रश्तुत गर्ने कोशिस गरेका छौ ।  मनोज कुमार श्रेष्ठ भँडेल, जो बिगत २४ बर्षदेखि पर्यटक यातायातको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । यसका साथै पर्यटन सँग सम्बन्धीत दर्जनौ संघसंस्थामा आवद्ध भएर काम गरिसक्नुभएका भँडेल आजको दिनमा राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोज को सल्लाहकार, टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)का बरिष्ठ उपाध्यक्ष, नेपाल–ईटाली चेम्बर अफ कर्मशका सचिबको रुपमा समेत सक्रिय हुनुहुन्छ ।
प्रश्तुत छ, पर्यटक यातायातको बर्तमान स्थीति र पर्यटक यातायातका सम्बन्धमा व्यावसायीको चासोका बिषयमा आधारित रहेर नेपाल पर्यटक यातायात व्यावसायी संघका पूर्व अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी मनोज कुमार श्रेष्ठ, भँडेल सँग गरिएको अन्र्तबार्ताको संपादित अंश ।

१. पर्यटक यातायातको बर्तमान स्थीति  कस्तो छ ?

बर्तमान स्थीतिको कुरा गर्दा एकदमै कठिन अवस्थामा छ, बिशेषतः भुकम्प र नाकाबन्दीपछि सुस्ताएको नेपालको पर्यटन अझै माथी उठ्न सकेको छैन । यद्यपी संभावनाका ढोकाहरु पुरै बन्द भएको भने होईन । यसमा राज्यको भुमिका बिशेषतः राजनितिक अस्थीरताका कारण पनि सोचेजस्तो प्रतिफल प्राप्त भएको छैन । ट्रेकिङ सिजन सुरु हुँदै गर्दा पर्यटक यातायातको क्षेत्रमा पनि केही संभावनाहरु बढ्दै जाने भएपनि सामान्य अवस्थामा नियमित कार्यलय सञ्चालनमै चित्त बुझाउनु पर्ने स्थीति छ ।

२. यहाँले जेनतेन पर्यटक सवारी सञ्चालनमा रहेको भन्ने कुरा उठाउनुभयो, सुधारका पाटाहरु पनि त होलान नी ?
निष्चयनै छ । यद्यपी यहाँ राज्यले पर्यटक यातायात व्यावसायीको भुमिकालाई नजर अन्दाज गरेकै कारण व्यावसायीहरु धरासयी बन्नुपरेको अवस्था हो । यसकारण सुधारको पाटोको कुरा गर्दा सुरुमा राज्यकै निती सुधार हुनुपर्ने प्रमुख आवश्यक्ता छ । सबैलाई थाहा भएकै कुरा हो, सरकारले पर्यटन प्रवद्र्धन र लगानीको ठुलाठुला कुरा गर्ने तर व्यावसायीलाई सहयोग गर्नुको साटो निती निर्माण गर्दा बखत नै पर्यटन व्यावसायीलाई धरासायी बनाउने कोशिष भैरहेको थियो, छ । यसलाई रोक्नुपर्छ, सुधार गर्नुपर्छ भन्ने लाग्छ । किनभने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पर्यटक ओर्लदै गर्दा उनीहरुलाई व्यवस्थीत अवतरण र उनीहरुको यात्रालाई चाहेअनुरुप गन्तव्यमा पुर्याउन पर्यटक यातायात व्यावसायीको ठुलो भुमिका छ, यद्यपी हामी व्यावसायीहरु नै बिभिन्न खाले आन्तरीक झमेलामा परिरहनुले व्यावसायीको मनोबल अगाडि बढ्न सक्दैन । हामीले सरकारलाई भ्याट तिरीरहेका छौ, सरकारले बनाएका निति नियम मान्दै आएका छौ, यद्यपी कहिले पर्यटक बोक्ने बहानामा त कहिले संसोधनका बहानामा व्यावसायीलाई आतंकित पार्ने काम हुनु आफैमा दुखद हो । अर्को मुख्य कुरा पर्यटनको प्रवद्र्धनको कुरा गरेर नथाक्ने सरकार अन्य बिभिन्न क्षेत्रमा भ्याट छुट दिईरहँदा पर्यटक सवारी भित्राउन हामी व्यावसायीले चर्को मुल्य भ्याटका रुपमा बुझाउनु पर्छ, यस्तोमा लागत बढ्ने हुँदा व्यावसायीहरुबिच नै अस्वस्थ प्रतिष्पर्धा गराउन राज्य लागिपरेको स्थीति छ । यसैलाई रोक्नुपर्छ भन्ने हाम्रो बुझाई हो । यसमा राज्यको नितीले व्यावसायीलाई निरुत्साहित होईन, प्रोत्साहित गर्न सक्नुपर्छ ।

३. यहीबेला यहाँहरु हरीयो प्लेटलाई लिएर पर्यटक यातायातको अस्तीत्व मेट्ने कोशिस भयो भन्दै हुनुहुन्छ, सरकार यसलाई व्यवस्थीत गर्न खोजिएको हो, अस्तीत्वको कुरा हैन, भन्दैछ । खासमा  व्यावसायी र यातायात मन्त्रालय बिचमै बुझाईमा समस्या हो ?

बुझाई आआफ्ना हुन सक्दछन । यद्यपी हामीले हिजोका दिनदेखी आजसम्म भन्दै आएको एउटै कुरा केहो भने पर्यटक यातायातले यसअघि पाएको हरीयो प्लेट परिवर्तन हुनु हुदैन र पर्यटक बोक्ने सवालमा हिजोभन्दा आज कठोर निती आउनु हुँदैन भन्ने मात्र हो । संसोधन हुनै हुँदैन, हामीले भनेको होईन, र यसमा व्यावसायी आतंकित हुनुपर्ने स्थीति पनि छैन ।
मुख्य कुरा मैले यसअघि पनि भने हिजोका दिनमा पर्यटक हरियो प्लेटले जुनखालको बिश्वसनियता पाएको थियो । त्यसलाई कायम राख्नको लागि हरीयो प्लेट तोडमोड नगरियोस, पर्यटक कसलाई भन्ने भन्ने सवालहरुमा पनि केही मतभेद देखिएको छ , ति संसोधन हुनै पर्दछ । किनकी गोरा छाला भएका बिदेशीलाई मात्र पर्यटक देख्ने सरकारी आँखा अब आन्तरीक पर्यटकको अवधारणालाई पनि बुझोस भन्ने हो । म नितीनिर्माणमा बसेकाहरुलाई सोध्न चाहन्छु, काठमाण्डौबाट लुम्बिनी घुम्न जाने कुनै नेपालीलाई पर्यटक बसमा चढाउन पाउने की नपाउने, उ पर्यटक हो वा होईन, कम्तीमा दुनियाँले बुझेको कुरा अव लुकाउन सकिन्न । पर्यटकको परिभाषा बदल्दै आन्तरीक पर्यटकको अस्तीत्वलाई पनि स्वीकार गरेर अगाडि बढ्नु पर्छ । एकैठाँउमा अल्झेर बिवाद गरिरहने स्थीतिले कसैको हि गर्दैन ।

४. अन्त्यमा, पर्यटक सवारीको लागि सेप्टेम्बर सुरु भएयता व्यावसायीक हिसाबले पनि निकै राम्रो मानिन्छ, यही बेला दशैपर्व पनि छ, यहाँले कसरी मान्दै हुनुहुन्छ ?

ठिक हो , दशै लागेसँगै बिदेशी पर्यटकहरुको आगमन केही बाक्लो नै हुने गर्दछ । यस्तोमा यसअघि भनेजस्तै पर्यटकहरुहरुलाई भ्रमण गराउन पर्यटक यातायात व्यावसायीहरु अहोरात्र लागिपरेकै छन । स्वाभाविक रुपमा आम्दानीका हिसावले पनि केही राम्रै हुन्छ ।
दशैको कुरा गर्दा मान्यजनबाट टिकाग्रहण, साथीभाईसँग भेटघाट र व्यावसायमा पनि संलग्न हुनुपर्ने भएकाले एकआपसमा व्यस्तताका बिच नै मनाउने तयारीमा छु ।
 

 

 

तपाईंको बिचार