Sunday, December 17, 2017

साधारण सभाको हवाला दिएर ठमेलको नेतृत्व परिवर्तन गरियो भनिएको छ त्यो गैरकानुनी छ :दीपक मनाङ्गे

प्रकाशित मिति: 2016/11/26

विगत लामो समय देखि ठमेललाई नजिकबाट नियाली रहनु भएका चर्चित व्यत्तित्व एवं ठमेलबासी राजिव गुरुङ (दीपक मनाङ्गे) ठमेलका विषयमा जानकार हुनुहुन्छ । ठमेलको विकासका लागि व्यवसायीक हितविपरित कसैसँग पनि सम्झौता नगर्ने आफ्नो धारणा सार्वजनीक गदै आउनु भएका मनाङ्गेसँग चुलिएको ठमेल पर्यटन विकास परिषद्को विवादबारे गरिएको अन्तरंग संवाद :

पछिल्लो समय देखिएको परिषद्को विवादलाई कसरी हेर्नुभएको छ ?

ठमेल पर्यटन विकास परिषद् ठमेलका धरधनी र व्यवसायीहरुको साझा संस्था हो । जहाँ अहिले केही विवाद छ जस्तो म देख्दिन यो विवाद बनाइएको मात्र हो ।  केही समय अघि परिषद्को साधारण सभाको हवाला दिएर रामशरण थपलियाजीलाई विवादमा पार्ने प्रयत्न गरिएको मात्र हो ।  हुलहुज्जत र  गैरकानुनी ढंगबाट परिषद्को नेतृत्व हत्याउने प्रयत्न गरिएको छ । त्यो व्यवसायीका लागि मान्य छैन ।

तपाईको बिचारमा बिबादको कारण के हो ?
२१ औ साधारण सभा भूकम्पका कारण हुन नसकेपछि एकै पटक २१ औ र २२ औ साधारण सभा आयोजना गरेर संस्थाको भावी कार्यलाई अझ शसक्त रुपमा अघि बढाउने योजना सहित ७० प्रतिशत कार्यसमितिले अनुमोदन गरेर साधारण सभामा लैजाने तयारी भइरहदा संस्थाको मूल्य र मान्यता विपरितका क्रियाकलापहरु बढ्दै गयो ।   जसको कारण संस्था नै फुटको संघारमा पुग्न खोजिसके पछि परिषद्को २०७३ असोज १ गतेको कार्यसमितिको आकस्मिक बैठकले बहुमतबाट साधारण सभा तत्कालका लागि स्थागित गर्ने निर्णय भए बमोजिम विभिन्न सामाजिक संजाल, राष्ट्रिय दैनिक (हिमालयन टाइम्स) मा सूचना प्रकाशित गरिएको देखियो । यो कानुन त विद्यान संवत पनि थियो । तर तेजेन्दनाथ श्रेष्ठजीहरुले थपलियाजीको ठमेलमा पपुलारिटि र प्रभाव बढ्दै गएको देखेर एक झुन्ड समूह तयार पारेर परिषद् र त्यसका अध्यक्षको चरित्र हत्या गर्ने योजना लाग्नुभयो । जुन विगत चार वर्ष अघि परिषद्कै निर्वाचनमा तेजेन्द्रजीको समूह पछारी सकेपछिको रिसिइबी मात्र हो ।

कतिपयले त विद्यान संशोधनले निम्त्याएको विवाद हो यो भन्छन नी ?
विद्यान संशोधन गर्नका लागि सिफारिस गर्ने विषय कार्यसमितिको अधिकार भित्रको कुरा हो । साधारण सभामा विद्यान संशोधन लगायतका मुद्धाहरुलाई कार्यसमितिले लैजान सक्छ त्यसलाई पास गर्ने वा नगर्नेे साधारण सभाको दुई तिहाई बहुमतले यसमा निर्णय गर्छ ।

तर त्यसैलाई ईश्यू बनाएर समग्र ठमेलकै बदनाम गर्ने कार्य भयो । ठमेलका घरधनी, व्यवसायीको सम्मानमा समेत आँच आउने कुप्रयास भयो । यसरी ठमेलको बदनाम गर्ने समूहलाई व्यवसायी र घरधनीले नै तह लगाउने छन् । थपलियाले नेतृत्व लिनको लागि विद्यान संशोधन गर्न खोजेको भएपनि उहाँ विद्यान संवत अध्यक्ष बन्न खोज्नु भएको हो भन्ने बुझ्नुपर्छ । तेजेन्द्रजीले त विद्यानमा दुई कार्यकाल परिषद्को नेतृत्व गर्न पाउने प्रावधान रहदा रहदै पनि बलजवस्ती रुपमा तीन कार्यकाल अर्थात ९ वर्ष सात महिना अध्यक्ष खानु भएकै हो नी ।  यो नजिरलाई हेर्ने हो भने विद्यान संशोधन विना नै थपलियाजी पुन एक पटक अध्यक्षको उम्मेदवार हुन सक्नु हुन्छ । तर गैरकानुनी कुरालाई कानुन सम्बत बनाएर अघि बढ्न खोज्नु कुनै नराम्रो कुरा हो र ?

पछिल्लो समय तपाईहरुको समर्थन तेजेन्द्जीहरुलाई छ भन्ने हल्ला छ नी ?
त्यो निराधार कुरा मात्र हो । मेरो नाउँलाई प्रचार गरेर ठमेल भित्र जुन हत्कण्डा मच्चाईएको छ । त्यो साँचो होइन् । म समग्र ठमेलको विकास, प्रवद्र्धन, ठमेलबासीको उत्थान र ठमेलको विकासका लागि सामाजिक कार्यमा हिजो पनि थिए, आज पनि छु । म समाजबाट बाहिर रहेर काम गर्न सक्दिन जुन परिषद्मा अहिले जवरजस्त एकतर्फि रुपमा गैरभेला आयोजना गरेर थपलियाजीलाई हटाइयो भनिएको छ । त्यो निराधार कुरा हो । यो हामीले पनि मान्ने कुरा भएन । किनकी थपलियाजीको कार्यकाल आँउदो चैत १५ सम्म बाँकी छ । त्यसअर्थमा चैत १५ सम्माका लागि हामीले निर्वाचित गराएको अध्यक्ष रामशरण थपलिया नै हो । उहाँले पूरा कार्यकाल काम गर्न पाउनुपर्छ । त्यसपश्चात उहाँकै नेतृत्वमा निर्वाचन हुनुपर्छ ।

विवाद कसरी मिल्छ त ?
तेजेन्द्रजीहरुबाट जवरजस्ती नेतृत्व हत्याउने गैरकानुनी प्रयास भएको छ । त्यो फिर्ता लिनुपर्छ । विवाद भोली मिल्छ । र गैर भेला आयोजना गरेर साधारण सभाको नाम दिएर कीर्ते हस्ताक्षर गराई प्रशासनलाई गुम्राहमा राख्ने प्रयास भएको छ । यसमा सम्बन्धित निकायले छानविन गरि दोषीलाई आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

समिर गुरुङ थपलियाजी कै प्यानलबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको हो, फुट कसरी आयो?
 हो ,  तर पछिल्लो समय समिरजी एक जना मात्र यो टिमबाट अलगिनु भयो । अरु यो टिममा कुनै बिवाद छैन । जहाँ सम्म मलाई लाग्छ परिषद्को सवालमा यो टिम एकतावद्ध छ । तर समिरजीलाई के भयो त्यो उहाँलाई नै थाहा होला ? जुन मेरो बारेमा हल्ला गरेर अनावश्यक टिकाटिप्पणी बजारमा फैलाइएको छ । त्यो चाही साँचो होइन् । समिरजी विद्यान संशोधन गर्नुपर्छ भनेर म जेलमा रहदाको अवस्थामा पनि भेट्न आउनु भएको थियो । मैले परिषद्लाई विवादमूक्त बनाएर अघि बढ्नुपर्छ भनेर सल्लाह दिएको थिए । ठमेल परिषद्लाई अघि बढाउने र ठमेलको विकासका लागि सबै एक हुनुपर्ने बेलामा उहाँ किन छुटिनु भयो, कसले हतियार बनायो थाहा छैन ।

थपलियाजीको पपुलारिटिबाट विचलित भएर तेजेन्द्रजीको समूहले योे परिस्थिती श्रृजना गरेको हो भन्ने तपाईको बुझाइ हो ?  
निश्चिय नै हो । ठमेलमा थपलियाजीको नेतृत्व आएपछि धेरै राम्रा कामहरुको सुरुबात भएका छन् । व्यवसायीका तमाम समस्याहरु पनि क्रमश समाधान भइरहेका छन । त्यो सबै माझ छर्लङगै छ । यतिमात्र होइन तपाईलाई थाहा छ की छैन, बलजबस्ती रुपमा ठमेलका विकास निर्माणका प्रारम्भिक चरणका कामहरुलाई रोक्ने प्रयासहरु भइरहेको छ । जुन काम वर्तमान कार्यसमितिले अघि बढाएको थियो । खरावप्रवृतीका तेजेन्द्रजी लगायतका उहाँको झुुन्ड समूहले निरन्तर रुपमा ठमेल विकासको काममा अवरोध गरिरहयो । अव त्यसरी ठमेल चल्नु हुदैन ठमेलमा स्वत स्र्फुत रुपमा सफल व्यापार गरिहुन भएका व्यवसायी र घरधनीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यलाई अघि बढाउनुपर्छ । ठमेल भित्रै रहेर ठमेल विरोधी क्रियाकलाप गर्ने अधिकार कसैलाई छैन । त्यसको प्रतिकार ठमेलबासी, धरधनी र व्यवसायीले गर्ने छन् ।
तपाईलाई स्मरण गराउ, तेजेन्द्रजी ठमेलको अध्यक्ष भएको समयमा परिषद्मा १२९ जना साधारण सदस्य थिए । अहिले थपलियाजीले नेतृत्व लिइसकेपछि करिब ६ सय जना सदस्य पुगिसकेका छन । यसले पनि के प्रमाणित गर्छ भन्दा थपलियजीको नेतत्व ठमेलको विकास र व्यवसायीको मुद्धालाई बोकेर हिडेको छ भन्ने प्रष्ट हुन्छ । मैले बुझेको तेजेन्द्रजी ठमेलको विकास भन्दा पनि ठमेल विगार्ने ठेकेदार हुन । र उनका मतियार बनेका केही व्यक्तिहरु पनि  त्यही लाइनमा हिडेका छन् । ठमेललाई समुन्नत बनाउनुपर्छ भन्ने हाम्री सबैको उद्धेश्य हो । ठमेल एउटा अन्तर्राष्ट्रिय मार्केट हो त्यो अर्थमा यहाँ सबै किसिमका व्यवसायीको सम्मान हुनुपर्छ । थपलियाजीले राक्री पर्यटन प्रवद्र्धन र राक्री व्यवसायीको सम्मानका लागि सुरक्षा नीति सहित ठमेल चौविसै घण्टा खोल्नुपर्छ भन्ने अवधारणा ल्याउनु भयो । त्यो अहिले प्रक्रियामा छ । तर अन्य सवालमा ठमेलका व्यवसायीलाई भइपरि आउने समस्याहरुमा उहाँले चौविसै घण्टा भूमिका निर्वाह गर्नुभएको छ । उहाँले के बिगार्नुभयो ठमेलका लागि हामी सबैले बुझ्नु जरुरी छ । परिषद्लाई सबैको साझा बनाएको राम्रो की सानो क्ल्वको रुपमा संचालन गरेको राम्रो हामीले छुट्याउन सक्नुपर्छ ।   

ठमेलको विकास र प्रवद्र्धनमा कसको भूमिका के रहन सक्छ ?
मैले अघि पनि भनिसके ठमेलको विकास र पर्यटन प्रवद्र्धनका लागि ठमेलबासी र व्यवसायी एक भएर अघि बढेको खण्डमा मात्र समग्र ठमेलको मुहार वदलिन सक्छ । जुन अहिले सुरक्षा निकायबाट ठमेललाई लागुऔषध, सडकबालबालिका मूक्त बनाउनुका साथै शान्त्ति सुरक्षा मजबुत पार्ने प्रयत्न भएको छ । त्यो अत्यन्तै सर्हानीय छ । त्यसका लागि ठमेल लगायतका आसपास हेर्ने सुरक्षा निकायलाई धन्यवाद दिनैपर्छ ।  शान्त्ति सुरक्षा विना पर्यटनको विकास हुन सक्दैन । सबै तह र तप्कामा रहेका व्यवसायीहरु आ–आफ्नो ठाँउबाट लाग्ने हो भने नमुना ठमेल बन्न गाह्रो छैन । नेपाल सरकारले पनि ठमेलको पूर्वाधार निर्माणका लागि वार्षिक बजेट विनियोजन गर्न आवश्यक छ । हाल नेपाल पर्यटन बोर्डले थपलियजीको पहलमा ठमेलमा सूचना केन्द्रको लागि भवन बनाउन , सोलारबत्ती, सिसिक्यामेरा जडान गर्न, विभिन्न उत्सव तथा महोत्सवका लागि बार्षिक बजेट विनियोजन गरेको छ । त्यो अत्यन्त राम्रो कामको सुरुवात हो ।
 

तपाईंको बिचार