Tuesday, October 17, 2017

नयाँ शक्तिलाई पुरानो बोतलको रक्सीसँग तुलना नगर्नुस :कृष्ण कुईकेल,नुवाकोट जिल्ला संयोजक

प्रकाशित मिति: 2017/02/15

फागुन ४, काठमाण्डौ । मुख्यतः कुनै बाद सिद्धान्त भन्दा पनि आर्थिक मुद्धालाई प्रमुख सिद्धान्त मान्ने नयाँ शक्तिले सुधारिएको राजनीतिको वकालत गर्दै आएको छ । बिभिन्न पार्टिमा बसेर असन्तुष्ट तथा नयाँ आर्थिक संरचनामा मुलुकको हितको व्याख्या गर्नेहरु यतिबेला नयाँ शक्तिमा आफ्नो भबिश्य खोज्न लालयित देखिएका छन ।
तिनै मध्येका एक हुन, कृष्ण कुईकेल । नयाँ शक्ति नुवाकोट जिल्ला संयोजक ।
२ दशक भन्दा बढि कांग्रेसमा बिताएका कुँईकेलको नुवाकोट क्षेत्रमा बिशेष प्रभाव छ । राजनीतिक जिबनको उत्तराद्र्धमा नयाँशक्तिमाथि देखीएको उनको भरोसा र समृद्धिका सपनाबारे बुझ्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, नयाँ शक्तिका नुवाकोट जिल्ला संयोजक कृष्ण कुईकेल सँगका केही सवाल ।


१. कांग्रेसमा पुरा राजनीतिक जिबन समर्पण गरेको व्यक्ति नयाँशक्तिमा किन ?
नेपालको राजनीतिक घटनाक्रमले बिकशीत गरेको परिस्थीति नै प्रमुख कारण हो । भनेको के भने हिजोका दिनमा राणा शासन देखी प्रजातन्त्र, पञ्चायत हुँदै लोकतन्त्रसम्म आईपुग्दा कुनै न कुनै बादसिद्धान्तमा टेकेरै यहाँसम्म आईपुगेको अवस्था हो । यस्तोमा राजनीतिक उपलब्धी प्राप्त भईसकेको अवस्था छ, बाँकी छ त यसको कार्यान्वयन । राजनीतिक कार्यदिशा लगभग सबै पार्टीको पुरा भईसकेकाले अब आर्थिक मुद्धालाई जोड दिने पार्टीको देशमा खाँचो थियो, यस्तोमा नयाँ शक्ति उदयमान आर्थिक शक्तिको वकालत गर्दै समयक्रमले अगाडि आएको स्थीतिमा समयानुकुल राजनीतिक अभ्यासका लागि नयाँ शक्तिलाई रोजेको हुँ ।

२. यहाँहरुले भनेजसरी आर्थिक मुद्धालाई अगाडि लैजाने आधार के छ ?
हेर्नुहोस, राजनीति आफैमा संभावना खोज्ने क्षेत्र हो । हिजो अर्थमन्त्री हुँदै गर्दा डा. बाबुराम भट्टराईले गरेका कामलाई मुल्यांकन गर्ने हो भने पनि संभावना आफै पलाएर आउँछ । किनभने बिषयबिज्ञ अर्थ क्षेत्रका व्याक्तिहरुले राजश्व संकलनमा प्राप्त गरेका उपलब्धी भन्दा भट्टराईले बढि राजश्व उठाएर देखाईदिएको सबैलाई अवगत नै छ । यस्तै राजमार्ग सुधारका कामको अझैसम्म चर्चा हुनुले पनि भट्टराईमा बिश्वास छ, हेर्दै जानुहोस बिस्तृत आर्थिक खाकालाई पछ्याउँदै आर्थिक उपलब्धी पुरा गरेरै देखाउँछौ ।

३. तर यहाँहरुले जति फुर्ति गरेपनि डा. भट्टराईको नयाँशक्ति, नयाँ बोतल पुरानै रक्सी भन्नेहरु पनि छन, अनि ?
यो निराधार कुरा हो, आर्थिक कार्यदिशा नै प्रमुख मुद्धा लिएर आजसम्म कुनै पनि पार्टी देखिएका छैनन, यसले पनि हाम्रो कार्यदिशा प्रष्ट हुन्छ, अर्को कुरा राजनीतिक स्वार्थ र पदकै लागि मरिमेट्ने भएको भए विगतमा माओबादीमा हुँदै गर्दा पनि डा. भट्टराई पार्टीको दास्रो बरियतामा रहिसकेको मान्छे हो  । पद र स्वार्थमा रमाउन चाहेको भए उहाँ त्यही रहिरहन सक्नुहुन्थ्यो, यस्तोमा नेपालको मुहार फेर्नका लागि नयाँ सोच र बिचार भएका उर्जाशिल व्याक्तिहरुलाई समेटेर लैजानुपर्छ भन्ने भावनाले नै नयाँशक्ति उदाएको हो , नयाँ र पुरानोको अर्थ छैन ।

४. तर हिजोका दिनमा डा. भट्टराई माओबादीमा रहँदै गर्दा नेतृत्वबाट बिमुख हुनुपर्ने स्थीतिले जन्माएको परिणाम मात्रै हो नयाँ शक्ति, भन्नेहरु पनि छन नी ?
पदमात्रै प्रमुख कुरा होईन । अर्को करा डा. भट्टराई पार्टीको संयोजक त हो, यद्यपी उहाँपनि पार्टीभित्रको एउटा सदस्य र हामी अरु कार्यकर्ता पनि सदस्य हौ । यद्यपी पार्टीले दिएका भुमिकाहरु फरक हुन सक्दछन । यस्तोमा उहाँलाई मात्रै नाम जोडेर यस्तो र उस्तो भनेर बिश्लेषण गरिनु अनुचित त छ नै, अरु साथीहरु माथिको पनि अपमान हो । । नयाँ जोस जाँगर भएका साथीहरु बिच बलियो एकता छ । अन्य कुरा गौण हो ।
५. तपाई यसो भन्नुहुन्छ, तर आर्थिक मुद्धा भन्दा पनि देश बिखण्डनको नारा दिने सिके राउत र मधेसीका मुद्धाका अनावश्यक टिप्पणीमा डा. भट्टराई अल्झीएको देखिएको छ, अनी ?
यहाँले भनेको सही हो, तर यहाँ मुख्य चासो हुनुपर्ने बिषय के भने २०५२ सालमा माओबादीले ४० बुँदे माग तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै गर्दा उनीहरुले सही ढंगमा बझिदिएका भए, दश बर्ष आन्दोलन हुने नै थिएन । हजारौ मानिस मारिए, देश आर्थिक रुपमा पछाडि धकेलियो, राज्यलाई ठुलो क्षति भयो । अन्ततः वार्ताबाट समस्या समाधान भयो ।
हो ठिक त्यस्तै नजरअन्दाज गर्ने स्थीति बन्नुहुँदैन, ईतिहासले सिकाएको पाठ मात्रै भट्टराईले सम्झाएका हुन, वार्ताबाटै समस्या समाधान गर्नुपर्ने रहेछ त किन आन्दोलनमा पे्ररित गरियो भन्ने मात्रै उनको प्रश्न हो । यस्तोमा बार्ताबाट समाधान गरिनुपर्छ, उपेक्षा गरिनुहुन्न भनेर बोल्दा बिखण्डनको पक्षमा बोल्यो, भन्ने भ्रम पर्न सक्छ, यद्यपी बास्तबिकता बार्ता, छलफल गरौ, नजरअन्दाज नगरौ भन्ने नै हो, पेलेर जाने मानसिकता त्यागौ भन्न खोजिएको हो ।
६. तर हिजोका दिनमा भारतिय बिस्तारबादको बिरुद्धमा सुरुङ युद्ध लड्छौ भन्ने नेताहरु आजको दिनमा भारतीय नजरमा को बढि निकट बन्ने भन्ने धुनमा छन, डा. भट्टराई पनि यही लाईनमा थपिए भन्छन, नि ?

राष्ट्रीय हितका उदेश्य प्राप्त गर्न बिभिन्न समयमा नितीहरु पनि परिवर्तन हुँदै जान्छन, यो स्वभाविक हो । जहाँसम्म डा. भट्टराई भारतीयको स्वार्थमा जेलिएको कुरा छ, हामीले पनि बेलाबखतमा यस्ता कुरा सुन्छौ तर आधिकारीक के कारणले भनिएको कसैले भन्दैनन, यस्ता कुरा तपाईहरु कहाँबाट थाहा पाउनु हुन्छ, हामी बुझ्दैनौ ।

७. अन्त्यमा, कांग्रेस छाड्नुपर्ने कारण चै किन ?
हेर्नुस, युग परिवर्तन हुँदै गयो तर कांग्रेस परिवर्तन हुन सकेन । यसमा नेतृत्वकै कमीकमजोरी हो जस्तो लाग्छ । एकहिसाबले कांग्रेसप्रति अझै पनि सद्भाव छ, किनकी राणा शासन, पञ्चायत, लोकतन्त्रको नेतृत्व कांग्रेसले नै गरेको थियो, यद्यपी हिजो चितलाङबाट बोकेर ल्याएको गाडी काठमाण्डौमा गुडाउँदै गर्दाको कांग्रेस र आजको आधुनिक प्रबिधीले सुसज्जीत समयमा पनि नेतृत्वमा केही फरकपन आएन, सबैभन्दा बढि समस्या यहीनेर जस्तो लाग्छ । भन्न खोजेको राजनीति अवसर पनि हो, सधै चितलाङको गाडि सोचेर नयाँ उत्पादनलाई बेवास्ता गर्नु अनुचित भएजस्तै पुरानाहरुको मात्रै रजगज गर्ने थलो कांग्रेस बन्नु भएन, समयक्रममा उदाएका नयाँ अनुहारहरुले पनि अवसरको महशुस गर्न पाउनु पर्यो भन्न मात्रै खोजेको हो । थुप्रै साथीहरुको त्यागलाई नजरअन्दाज गरिएको छ, जुन दुर्भाग्य छ,
अर्को एमाले पछिल्लो समय केही राष्ट्रबादी बन्ने धुनमा चर्का भाषण गरेपनि यथार्थमा स्पष्ट अडान नभएको पार्टी तथा माओबादी हुँदहुँद आधीजस्तो संभावना र निरासा एकसाथ जगडिएको पार्टीका रुपमा मैले पाएको छु । यद्यपी मैले कसैलाई नजरअन्दाज गर्नुछैन । तर सत्य यही हो, अबको जनताको चाहना आर्थिक समृद्धि नै हो , जुन अन्य पुराना पार्टीबाट संभव छैन । यस्तोमा नयाँ शक्ति एकमात्र विकल्प हो ।

 

                                                                           कुईकेल, नयाँ शक्तिका नुवाकोट संयोजक हुन

 

 

तपाईंको बिचार