Saturday, November 18, 2017

महासचिवलाई बटमलाईन राखेर नेतृत्वमा छाउने छु :बोधराज भण्डारी

प्रकाशित मिति: 2017/06/08

जेठ २५, काठमाण्डौ ।  नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन नजिकिदै गर्दा नेतृत्वमा आकांक्षीहरुको भिड लाग्न थालेको छ ।

हिमाल आरोहणको व्यवस्थापकिय जिम्मेवारी सम्हाल्दै आएको एनएमएको कार्यशैली सुधार गर्दै आरोही र व्यवसायीबिच सुधारिएको सम्बन्ध बिकास गर्दै अगाडि बढ्नुपर्ने माग उठिरहेका बेला उमेद्धवारहरु आआफ्नो पक्षमा व्यवसायीको समर्थन जुटाउन तल्लीन देखिएका छन ।
नेतृत्वमा स्थापित पर्यटन व्यवसायीहरुको आर्कषण बढ्दै जाँदा यतिबेला भाबि एनएमए महासचिवका रुपमा बोधराज भण्डारीको नाम पर्यटन बजारमा सर्वाधिक चर्चामा छ , उसो त भण्डारी यसअघि पनि गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)को अध्यक्ष, सोट्टो नेपालका प्रथम उपाध्यक्षका साथै एनएमएमा पनि लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवि पर्यटन व्यवसायी हुन ।
कार्यकारी नेतृत्वबाटै कुनै पनि संस्थाको आमुल परिवर्तन गर्न सकिने बुझाई छ, भण्डारीको ।
भन्छन,– अब एनएमएको सुधार महासचिवमा मेरो  उमेद्धवारीले पुष्टी गर्नेछ ।
जुलाई पहिलो हप्ता हुने निर्वाचनबाट नेतृत्वबारे अन्तिम टुंगो लाग्ने भएपनि महासचिवका बलिया प्रत्यासी हुन उनी ।
प्रश्तुत छ, एनएमए महासचिवमा उमेद्धवारीको तयारीमा रहेका बोधराज भण्डारीसँगका केही सवाल ।

१. एनएमए महासचिवमा लड्दै हुनुहुन्छ, भन्ने चर्चा छ, हो ?
सही हो, एनएमएमा म लामो समयदेखी सक्रिय रुपमा लागि परेको छु, बाहिर बसेर यस्तो र उस्तो भनेर आलोचना गर्नुभन्दा आफै कार्यकारी पदमा पुगेर संस्थालाई सुधार गर्ने मेरो चाहना छ, साथीभाईहरुको शुभेच्छा र मैले व्यवसायिक संस्थाहरुमा पुर्याउँदै आएको योगदान सबैलाई बिचार गर्दा मेरो उमेद्धवारी सार्थक हुने मैले देखेको छु । यसअर्थमा महासचिवलाई बटमलाईन राखेर कार्यकारी नेतृत्वमा मेरो दाबी हो ।

२. एनएमए सुधारका लागि उमेद्धवारी भन्नुहुन्छ, तर राजनीतिक दलको प्रत्यक्ष प्रभाव उमेद्धवारीकै क्रममा पनि देखीएको छ, अनि ?
राजनीति समाजको अभिन्न अंग हो । यसअर्थमा उमेद्धवारहरु पनि यही बिचबाट आउने कुरालाई नकार्न सकिन्न, यद्यपी व्यवसायिका पक्षमा आवाज उठाउने साथीहरु नै अगाडि आउनुपर्छ भन्ने सबैको मत हो ।

३. तपाई कुन पार्टी ?
माओबादी केन्द्रसँग मेरो आस्था जोडिएको छ ।

४. अन्यत्रको स्थीति बेग्लै होला, पर्यटन बजारमा माओबादी पार्टीकै प्रतिनिधीहरुको बढि हालीमुहाली छ, भन्छन नी ?
माओबादी पार्टी आफैमा सर्बहारा र मजदुरहरुको पार्टी हो । यसअर्थमा पर्यटनमा पनि धेरै साथीहरु कुनै न कुनै रुपमा मजदुरी नै गरीरहेका छन, त्यसैको प्रभाव हुनसक्छ ।

५. तर यहाँकै पार्टी अध्यक्षले कुनै समय सुकिला मुकिलाले हामीलाई हेपे भन्नुभाथ्यो, तपाई चै कता पर्नुभयो ? सुकिला कि सर्वहारा ?
हेर्नुस, उहाँले कुन परिस्थीतिमा के भन्नुभयो भन्ने तर्फ म जान चाहन्न, यद्यपी माउन्टेनियरीङ क्षेत्रमा धेरै जसो मजदुर साथीहरु नै संलग्न हुनुहुन्छ । उनीहरु सर्वहारा नै हुन, पर्यटन व्यवसायीकै कुरा गर्नुहुन्छ भने पनि उनीहरु पनि कुनै न कुनै रुपमा मजदुर नै हुन । ट्रेकिङ क्षेत्र आफैमा मजदुरी हो । यसअर्थमा व्यवसायिक सफलता हात पारेर धेरै व्यवसायीहरु स्थापित पनि हुनुभाछ, यसअर्थमा सुकिला र सर्वहारा दुबै बर्ग यस क्षेत्रमा छन, म आफै पनि यही दुई बर्गको बिचमा छु, भन्ने लाग्छ ।

६. भनेपछि तपाई सुकिला होईन ?
हो होइन भन्ने भन्दा पनि सबैलाई सुकिला बनाउने मेरो चाहना छ ।

७.एनएमए सुधारका लागि तपाईका एजेण्डा के हुन ?
माउन्टेनियरीङ क्षेत्रमा जति व्यवसायी र मजदुर साथीहरु संलग्न हुनुहुन्छ, यसमा व्यवसायी र आरोही बिचको सम्बन्धमा आत्मीयता प्रदान गर्नु नै मेरो पहिलो एजेण्डा हो । उमेर भईन्जेल काम गर्ने र बुढेसकालको रोदनलाई हटाउन उचित पारिश्रमिकको व्यवस्था, जिबन बिमा, मजदुरको परिवारलाई प्रोत्साहन तथा आरोहणका जटिलता हटाउँदै शिघ्र उद्धार र उपचारको प्रभावकारी व्यवस्थामा मेरो ध्यान केन्द्रित छ ।
मजदुर साथीहरुको माग पनि सहज जिबन जिउन पाउँ भन्ने नै हो, यसमा व्यवसायीका समस्यालाई पनि हल गर्दै नेपालको पर्वतारोहण क्षेत्र प्रवद्र्धन नै मेरो मुख्य एजेण्डा हो । यसभन्दा अघि यहाँले भनेजस्तै सबै सुखी सबै निरोगी र सबै सुकिला बन्ने बातावरणको श्रृजना मेरो नेतृत्वमा संभव छ, अवशर जुट्नेछ, त्यसलाई सिद्ध गर्नेछु ।

८. सबैको उदेश्य पर्यटन क्षेत्रको बिकास, यस्तोमा पर्यटन बजारमा यत्तिका संस्थाको ओईरो किन ?
यहाँले भनेजस्तै पर्यटन क्षेत्र सुधारका लागि संस्थाहरुको संख्या धेरै नै छन, त्यसको औचित्य त्यसका नेतृत्वहरुले नै पुष्टी गर्नुहोला । जहाँसम्म माउन्टेनियरीङ सम्बद्ध संस्था भने एनएमए मात्रै हो । यसको बिकल्प छैन ।

९. पर्यटन क्षेत्र सुधारका लागि भनेर संस्था खोल्ने अनि केही व्यक्ति सधैभरी ठालु भैराख्ने काम भयो भन्छन नी ?
सत्य हो, नेतृत्वमा पुगीसकेपछि सबैतिर हाबि हुने प्रबृत्ति देखिदै आएको कुरा हो, यसलाई सुधार गर्दै जानुपर्छ ।

१०.एनएमएमा चै ठालु प्रबृत्ति छ की छैन ?
अन्यत्र मात्रै हुने एनएमएमा नहुने भन्ने हुँदैन, अवश्य छ, बिगतमा बहस छलफल पर्याप्त नभएका गुनासाहरु आएकै हुन, यसले खास राम्रो नतिजा दिदैन । बालुवामा पानी हाल्यो भने बालुवाले पानी पिएको त होईन तरपनि सुक्छ ।
भन्न खोजेको के भने आफै जान्ने हुँदा धेरै निर्णयहरु निष्प्रभावि हुन सक्छन, हुन्छन । यसैलाई सुधार गर्न म लागिपरेको छु ।

११. अहिलेको एनएमए नेतृत्वको कमजोरी ?
आरोही र माउन्टेनियरीङ व्यवसायहरुलाई समेट्न भन्दै एनएमएले टिम त तयार गर्यो, तर बिधान संसोधन सम्म गर्न नसकी ३ बर्षे कार्यकाल गुजार्यो ।
एनएमएले आरोहणको व्यवस्थापकिय जिम्मेवारी पाएका २७ वटा हिमालको रोयल्टीलाई पनि व्यवस्थीत ढंगले चलाउन सकेन, यही कारण खोसिने अवस्थामा पुगेको छ, यो चिन्ता छ ।
अर्को ठालु प्रबृत्ति, आरोहण सुरक्षित बनाउन उल्लेख्य पहल नहुनु र हिमाली क्षेत्रमा फोहोरमैला व्यवस्थापन हुन नसक्नु बर्षौदेखीका कमजोरी हुन, जुन अहिलेको नेतृत्वले पनि समाधान दिन सकेन ।

१२. तपाईले जित्ने आधार चै के छ ?
अघिल्लो कार्यकालमा पनि महासचिवमा स्वतन्त्र रुपमा उठेको थिएँ, त्यतिबेला सबै साथीहरु प्यानलमा उठ्नुभयो । म पार्टीमै संलग्न भएपनि स्वतन्त्र रुपमा उमेद्धवारी दिए र सम्मानजनक मत प्राप्त गरे । यसपटक माओबादी सम्बद्ध प्यानलबाट मेरो बलियो उमेद्धवारी छ, साथीहरुको निरन्तरको शुभेच्छा र मेरो योगदानको कदर साथीहरुले गर्नेमा शंकै छैन ।

१४.तपाईलाई भोट किन दिने ?
नियमित कर्मकाण्डी रुपमा एनएमएलाई चलाउने की एनएमएमा बिकास र परिवर्तनको कम्पन ल्याउने हो । यसमा व्यवसायी साथीहरुलाई मैले भनिरहन पर्दैन, यस अर्थमा परिष्कृत रुपमा आरोहण, व्यवसायी र पर्वतिय श्रृंखलाको उजागर गर्नमा नै मेरो उमेद्धवारी रहनेछ । केही दिनपछि उमेद्धवारीको औपचारिक टुंगो पनि लाग्ला, मेरो बिगत, बर्तमान र भविश्यमा परिवर्तनको खोजी र कार्यकारी शैलीलाई सबै साथीहरुले मुल्यांकन गर्नुहुनेछ, जुन भोटमा बदलिने छ ।

 

 

 

तपाईंको बिचार