Saturday, November 18, 2017

नेतृत्वको हर्कत कायमै रहे हामी एनएमएमा छुट्टै उम्मेदवार खडा गछौ :आचार्य

प्रकाशित मिति: 2017/06/20

नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन, राष्ट्रिय पर्यटन व्यवसायी संगठन अझै बिबादबाट बाहिर निस्कन सकेको छैन् । संगठनलाई  विधि  र विधान विपरित चलाइएको भन्दै विगत डेढ वर्ष देखि सुरु भएको बिबाद अझै मिल्न सकेको छैन् । बिबाद समाधान गर्न के कस्ता प्रयास भइरहेका छन् । नजिकिदै गरेको नेपाल पर्वतारोहण संघको निर्वाचनमा संगठनको भूमिका के रहन्छ यी यस्ता विषयमा संगठनका उपाध्यक्ष मदन आचार्यसँग गरिएको कुराकानी :

तपाईहरुको संगठन अहिले के गर्दै छ ?
तपाईहरु सबैलाई थाहा नै छ । हाम्रो संगठनमा केही बिवादहरु छन् । जसको कारण आन्तरिक तालमेल मिल्न सकेको छैन र अहिले हामी कार्ययोजना सहित अगाडि बढ्न सकेका छैनौ । त्यसले अहिले दैनिक काम बाहेक अन्य संगठनात्मक कामहरु खासै हुन सकिराखेको छैन् । 

बिबाद हल गर्न के कस्ता प्रयासहरु भइरहेका छन् ? 
यो बिबाद हल गर्नमा मेरो पनि केही भूमिका त रहन्छ । त्यही अनुसार मैले विगतमा  त्याग पनि गरेकै हो । तर बिबाद समाधानका लागि अझ बढी हाम्रो संगठन प्रमुख र पार्टी इन्चार्जको भूमिका हुनुपर्ने हो । तर बिड्म्बना नेतृत्वले समस्या समाधानका लागि  खासै पहल गरेजस्तो आज सम्म देखिएको छैन् । 

के भयो भने संगठनको बिवाद हल हुन्छ ? 
यदी नेतृत्वले चाहने हो भने कुरो ठुलो पनि छैन, धेरै लामो पनि छैन । विगतमा गरेका सहमतिहरु पालना गरिदिए पुग्छ । 

तपाईहरुको बिवाद तत्काल मिल्ने जस्तो देखिदैन, अव हुने एनएमएको निर्वाचनमा तपाईको संगठन कसरी अघि बढ्छ ? 
संगठन एक हुनुपर्छ भन्ने जोड मेरो हिजो पनि थियो आज पनि छ र भोली पनि रहने छ । संगठन नमिल्दा हिजो हामीले जुन रुपमा विजयी हासिल गरेका थियौ त्यो सम्भव छैन । यो हामी सबैलाई थाहा छ । विगतमा पनि मैले त मिलेर जानुपर्छ भन्ने कुरालाई जोड दिएकै हो । केही पहलहरु पनि गरेकै हो । तर नेतृत्व आफैले आफ्नो स्वार्थ अनुकुल हुदाँ विभिन्न सहमति, सम्झौताहरु गर्ने तर पछि त्यसलाई नै लत्याउने काम गर्दै आएको छ । त्यसकारण यसपटक नेतृत्वले समाधान खोज्छ, खोज्दै हामी पनि हेरिरहेका छौ । 

समस्याको समाधान भएन भने ? 

हेनुस्, संगठन भित्रका धेरै साथीहरुको एनएमएमा जाने चाहना देखाउनु भएको छ । यस विषयमा हामी छलफल गछौ । संगठन मिल्यो भने सुनमा सुगन्ध । यदि हुन सकेन भने हामी आवश्यक छलफल गरेर अघि बढ्छौ । 

त्यो भनेको चाही के छुट्टै उम्मेदवार खडा गछौ वा अरुसँग मिल्छौ के संकेत गर्न खोज्नु भएको ? 

हाम्रो प्राथमिकता संगठनलाई एक बनाएर अघि बढाउने हो । मैले अघि पनि भने यदी संगठन मिल्न सकेन भने त्यो दुखद हुन्छ । हामी यस विषयमा थप छलफल गछौ । यदी भएन भने त्यो अवस्थामा तपाईले भने जस्तै हामी छट्टै उम्मेदवार खडा पनि गर्न सक्छौ वा अर्को कुनै संगठनहरुसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना पनि उत्तिकै रहन्छ  । 

अन्तमा:टानको निर्वाचनको समयमै तपाईहरु बीचमा त संगठन र एनएनमएको नेतृत्वको विषयमा भाग भन्डा भइसकेको थियो भन्या होइन र भन्या ? 
केही सहमतिहरु भएका थिए । हामीले यसलाई नेतृत्वको भागबन्डा भन्दा पनि नेतृत्वको विकासका रुपमा लिएका थियौ । सफल नेतृत्व तयार गर्न संगठनले नेतृत्व हस्तान्तरण पनि गर्नुपर्छ । तर बिड्म्बना नेतृत्वले सम्झौता पालना गर्नै चाहेन । 

 

तपाईंको बिचार