Friday, July 21, 2017  |    

नारा नेतृत्वमा सहमति नै प्रमुख कुरा हो, नभए निर्वाचनमा जान कसैले छेक्दैन :निम बहादुर मगर

प्रकाशित मिति: 2017/06/22

असार ८, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)को निर्वाचन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन । बिशेषतः नेपालको जलपर्यटन राफ्टिङका बिबिध आयामहरुमा आफुलाई प्रत्यक्ष समाहित गर्दै आईरहेको नाराले  अहिले स्थापनाको २९ बर्ष पार गरिसकेको छ ।

२ बर्षे कार्यकाल रहने नारा नेतृत्वमा अहिले चन्द्र दाहालले नेतृत्व गरिरहेका छन । दोस्रो कार्यकालमा नेतृत्वको जिम्मेवारी सम्हाल्दै आएका दाहाल र नेतृत्वमा नवआकांक्षीहरुको समेत चासो बढ्दै जाँदा बर्तमान नाराका पोखरा च्याप्टरका अध्यक्ष निमबहादुर मगर यसपटक आफ्नो अध्यक्षमा दाबेदारी रहने र आफुले तयारी समेत अगाडि बढाईसकेको बताउँछन । नारामा बिषयबिज्ञ व्यक्तिहरुको खोजी भईरहेको सन्दर्भमा आफु उपयुक्त पात्र भएको उनको दाबी छ ।

उसो त खोला किनारकै क्षेत्रमा काम गर्दै राफ्टिङ, कायाकिङ लगायतका क्षेत्रमा प्रत्यक्ष संलग्न रहेको नारामा उनी यस्ता व्यक्ति हुन, जो सन १९९८ बाट निरन्तर रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने खेलकुदमा सहभागिता जनाउँदै आएका नेपाली खेलाडि पनि हुन ।
नदी नालाको प्रवद्र्धनमा उल्लेख्य भुमिका खेलेका बर्तमान अध्यक्ष चन्द्र दाहाल र आफुलाई बिषय बिज्ञको दाबी गर्ने मगरको उमेद्धवारी घोषणाका बिच अबको नारा नेतृत्व कसले हात पार्छ हेर्न बाँकी छ । 
यद्यपी भाबि अध्यक्षका लागि बर्तमान अध्यक्ष दाहालको भनाई भने बाहिर आईसकेको छैन ।
प्रश्तुत छ, नारा केन्द्रिय अध्यक्षमा उमेद्धवारी घोषणा गरेका नारा पोखरा च्याप्टरका बर्तमान अध्यक्ष निमबहादुर मगर सँगका केही सवाल

१. नारा पोखरा च्याप्टरको अध्यक्ष भैसकेको मान्छे, केन्द्रीय अध्यक्षमा उमेद्धवारी दिन लाग्नुभएछ, किन ?

बर्तमानमा म नाराको पोखरा अध्यक्ष हुँ, यसभन्दा अघि काठमाण्डौमै रहँदा केन्द्रिय समितीमा पनि रहीसकेको व्यक्ति हुँ । पहिलो कुरा त अध्यक्षमा दाबी हुुनुको पछाडि मेरो नारामा निरन्तताकै कारण हो । दोस्रो नारामा बिषय बिज्ञ व्यक्तिहरु अगाडि आउनुपर्छ, देशमा संबिधान जारी भएर बिभिन्न क्षेत्र सम्बद्ध कानुन निर्माण हुने बर्तमान अवधीमा खोला नाला बुझेकै हिसाबले नितिगत कुरामा मेरो जोड रहेको छ । किनभने म आफै पनि कायाकिङ को नेपालका तर्फबाट अन्तर्राष्ट्रिय खेलाडि(१९९८) देखी सहभागिता जनाउँदै आएको छु । जुन पछिल्लो समयसम्म पनि निरन्तर छ, यसबिचमा अन्तर्राष्ट्रिय स्तरमा भएगरेका प्राबिधीक कुराहरु र त्यसक्षेत्रमा भएगरेका नितिगत व्यवस्था बारे थोरबहुत जानकार छु भन्ने लाग्छ । यसअर्थमा पछिल्लो समय साथीभाईहरुले पनि मेरो उमेद्धवारीमाथि जोड दिनुभएको छ, कारण सबै साथीहरुको चाहना छ की अब युवा नेतृत्व स्थापित हुनु पर्दछ, यस अर्थमा साथीभाईको शुभेच्छा, मेरो नारा प्रतिको समपर्ण र नाराको समुन्नत भबिश्यका लागि मेरो उमेद्धवारी हो ।

२. तर नारा बिकासको लागि बर्तमान अध्यक्ष चन्द्र दाहालको बिकल्प छैन, भन्नेहरु छन नि ?

हेर्नुस कसले के भन्यो, यसमा म जान्न हो । हो उहाँले नारामा बस्दा राम्रै काम गर्नुभएको छ । २ कार्यकाल नाराको नेतृत्व गर्दैगर्दा अब यसपटक नयाँ नेतृत्वलाई हस्तान्तरण गर्छु भनेर उहाँले भनिसकेको अवस्था छ ।
३. तर नारा अध्यक्षबाट उहाँ (दाहाल) पछि हट्न चाहनु भएन भने ?

त्यसको लागि पनि तयार छु । यहाँ ध्यान दिनुपर्ने कुरा के भने पर्यटकीय अन्य संस्था टान, नाट्टा जस्ता ठुलो संस्था पनि होईन, यस अर्थमा उहाँले त्यसो नगर्नुहोला । सकेसम्म सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन । लोकतान्त्रिक पद्धती पनि यही हो । 
४. नारामा पछिल्लो समय आर्थिक लाभको स्रोत बढेसँगै अध्यक्षका आकांक्षी बढ्न थाले भन्छन नी, हो ?

अरुको कुरा के हो थाहा भएन तर मेरो कुरा गर्नुहुन्छ भने म पहिला देखि नै नाराको नेतृत्वको आकांक्षी हुँ । निरन्तर नारामा समर्पित हुने क्रममा पोखरा च्याप्टरको नेतृत्व सम्हाल्न पुगेभने यसभन्दा अगाडि केन्द्रीय कार्यसमितीमा पनि योगदान दिईसकेकाले मेरो दाबेदारी स्वभाबिक हो भन्ने लाग्छ, मैले यस भन्दा अगाडि पनि भने राष्ट्रिय अन्तर्राष्ट्रिय मेरा अनुभव र प्रबिधीसँगको निकटताले पनि मेरो उमेद्धवारीलाई पुष्टी गर्छ ।

५. त्यो टेक्निीकल कुरा चन्द्र दाहाललाई चै थाहा छैन भन्न खोज्नुभएको हो ?

मलाई त्यस्तै लाग्छ, सबै मान्छे सबै कुरामा निपुर्ण हुदैनन, दुई कार्यकाल नाराको नेतृत्व गर्दैगर्दा उहाँले प्रचारप्रसार लगायतका अन्य बिषयमा राम्रो गर्नुभएको छ ।

६. तर बर्तमान अध्यक्ष (दाहाल) को नाममा सहमति भयो, लौ टुंगियो भनियो भने तपाई के गर्नुहुन्छ ?
सहमति हुनु त राम्रो हो । तर सहमतिको नाममा निषेध स्वीकार्य छैन । ५९ जना नारा सदस्य मध्ये  दुईचार जनामात्रैले पनि मेरो उमेद्धवारीको अर्थ देख्नु भयो भने उहाँहरुको भावनालाई कदर गर्छु ।

७. भनेपछि............
हो, उमेद्धवारी दिन्छु ।

८. भर्खरै नाराको टोली चाईना  पुगेर फर्कियो, केका लागि जानुभएको थियो ?
चाईना नेपालको प्रथम अन्तर्राष्ट्रिय राफ्टिङ प्रतियोगितामा भाग लिन हामी त्यसतर्फ गएका थियौ । जसमा कायाकिङमा प्रथम र राफ्टिङमा दोस्रो भयौँ । दिपक्षिय जल प्रवद्र्धनमा पनि महत्वपुर्ण समझदारी भए ।

९. अन्त्यमा, तपाईको जितको आधार चै के, तपाईलाई भोट किन दिने ?
नेपालको जल पर्यटनको बिकासको लागि नारा स्थापना भएकाले म लामो समयदेखी खोला किनारमै हुँर्केको व्यक्ति हुँ । यससँग सम्बन्धीत प्राबिधिक बिषयको ज्ञान राम्रैसँग प्राप्त गरेको छु । राफ्टिङमै समाहित हुँदै गर्दा बिभिन्न अन्तर्राष्ट्रिय फोरममा म आफै खेलाडि भएर यस क्षेत्रलाई नजिकबाट नियालेको छु । यसअर्थमा प्राबिधीक ज्ञानको जानकारी छ । दोस्रो नारा कार्यसमितीमा रहँदा मेरो सम्पुर्ण समय नारा र नेपालको जल पर्यटन बिकास र प्रवद्र्धनमा खर्चिएको छु, साथीभाईकै तहबाट हेर्ने हो भने पनि उहाँहरुले आवश्यक्ता गरेको जुनसुकै स्थानमा मैले आफुलाई उपस्थीत गराएको छु भने साथीभाईहरुको शुभेच्छा प्राप्त हुन्छ भन्नेमा पुर्ण बिश्वस्त भएरै अगाडि आएको हुँ ।
यसअर्थमा नारा र नेपालको जलपर्यटनको क्षेत्रमा प्राबिधीक, नितीगत सुधारका लागि म केही गर्छु भनेर मैले भनिरहँदा युवाको भुमिका चाहने साथीहरु पनि पक्कै हुनुहुन्छ, उहाँहरुको साथ र समर्थन रहनेमा बिश्वस्त छु । पछिल्लो समय जसरी जलसम्पदाको अतिक्रमण र डम्पीङ क्षेत्रको मार नेपालका खोला नाला परेका छन, त्यसको सुरक्षा कवजको रुपमा नितीगत सुधारमा जोड दिनको लागि म आएको हुँ, आशा छ, यसमा साथीभाईको शुभेच्छा पनि सँगै जोडिनेछ ।

 

तपाईंको बिचार