Friday, July 21, 2017  |    

एनएमए नेतृत्वका लागि अग्रजको आर्शिबाद मलाई चाहिन्छ :निमानुरु शेर्पा

प्रकाशित मिति: 2017/07/04

असार २०, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचनको मिती जुलाई २८ नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन ।

३ कार्यकाल एनएमएको नेतृत्वपश्चात बर्तमान अध्यक्ष आङछिरीङ शेर्पाले नेतृत्व हस्तान्तरण गर्ने बताएसँगै दोस्रो पुस्ताका व्यवसायीहरु नेतृत्व हत्याउन कम्मर कसेर लागेका छन । बिशेषतः नेपालको पर्वतीय पर्यटन र बातावरण संरक्षणमा उल्लेखनीय भुमिका खेल्दै आएको एनएमएमा नेतृत्व बहस चलिरहँदा पछिल्लो समय पर्यटन व्यवसायी निमानुरु शेर्पाको नाम पनि चर्चामा छ ।
एनएमएको बिकासका लागि आफुले उमेद्धवारी घोषणा गरेको बताउने शेर्पाले युवा नेतृत्वको सद्भाव आफुमा रहेको दाबी गर्दै आएका छन ।
प्रश्तुत छ, नेपाल पर्वतारोहण संघ(एनएमए)मा अध्यक्षका प्रत्यासी निमानुरु शेर्पासँगका केही सवाल ।

१. पर्यटनमा व्यवसाय गरेर रमाईरहेको मान्छे एनएमएमा उमेद्धवारी घोषणा गर्नुभएछ, किन ?

यहाँले भनेजस्तै म पर्यटन व्यवसायी हुँ । तर पर्वतिय पर्यटनमा बिगत लामोसमय देखी सक्रिय रहँदै आएको छु । यसअर्थमा एनएमए भित्र भएगरेका गतिबिधी र बिकासबारे मेरो सधै चिन्ता थियो र छ । एनएमए पनि पर्वतिय पर्यटन क्षेत्रकै एक अंग भएकाले यसको बिकास र बिस्तार गर्नु हामी सबैको कर्तव्य हो । यस अर्थमा एनएमएलाई सही नेतृत्व प्रदान गर्न सक्छु भन्ने लागेरै उमेद्धवारी दिने निचोडमा पुगेको छु ।

२. एनएमएको बिकास गर्छु भनेर उमेद्धवारीको कुरा गर्नुभाछ, बिकासका एजेण्डा चै कस्ता छन ?
एनएमए आरोही र शेर्पाहरुको क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुबाट आर्जन गर्ने मात्र होईन, संस्थाको छबिलाई टिकाई राख्न सहयोग पुर्याउने तिनै आरोही र शेर्पा तथा व्यवसायी मजदुर साथीको सुरक्षाको बिषयमा ध्यान पुर्याउनु पर्छ । यसो हुँदा मात्रै कुनै पनि क्षेत्रमा सन्तुलित रुपमा अगाडि बढ्न सक्छ । हिमाल आरोहण बापत आरोहीहरुले शुल्क बुझाईरहने र शेर्पाहरु भरियामात्रै बनिरहने अवस्थामा उनीहरुको जिबनसुरक्षाको जिम्मा लिईएन भने कालान्तरमा यो क्षेत्रको अस्तीत्व नरहन सक्छ । यसअर्थमा भन्न खोजेको के भने हिमाल आरोहणमा हुने जोखिमलाई न्यूनीकरण गर्न उचित जिबनबिमा कार्यक्रम सञ्चालन हुनुपर्दछ, अहिले भैरहेको प्रर्याप्त छैन । यस्तै आधिकारीक रुपमा अहिले २८ वटा हिमाल आरोहणको अनुमति एनएमएले पाएको भएपनि अन्य संभावित हिमालहरुको पनि आरोहण सुरु गरिनुपर्छ भन्ने मेरो बुझाई छ । यस्तै बातावरण संरक्षण, आरोहणका आधारशिबिर हिमाली बस्तीहरुमा सहज आवगमनका लागि बाटो बिस्तारका साथै पर्वतिय पर्यटनको बारेमा जानकारी दिने ट्रेनिङ स्कुलको बजेट बढाएर बढि भन्दा बढि हिमाल आरोहणमा आर्कशित गर्नु एनएमएको लागि हितकर हुन्छ । यसअर्थमा अहिले भएगरेका कार्यहरुको स्वामित्व लिदै अझै परिष्कृत ढंगमा एनएमएलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचीत गराउन हरसंभब प्रयास गर्नेछु ।

३. आङछिरीङ शेर्पाले तिन कार्यकाल एनएमएको नेतृत्व गर्नुभयो, यसबिचमा एनएमएमा उहाँको भुमिकालाई कसरी मुल्यांकन गर्नुुहुन्छ ?

तिनकार्यकाल कुनै पनि संस्थाको नेतृत्व गर्नु चानचुने कुरा होईन । पक्कै पनि उहाँले एनएमएको बिकासको लागि केही राम्रो गरेकै कारण उहाँको नेतृत्व संभव भएको जस्तो लाग्छ ।

४. उहाँ फेरी नेतृत्वमा आउन चाहनुभयो भने के गर्नुहुन्छ ?

फेरी बहस सुरु गर्नुपर्ने हुनसक्छ ।

५. यहाँहरु उमेद्धवारी छाडेर हिड्नुहुन्छ, हो ?

उमेद्धवारी छाडेर भाग्ने कुरा आउँदैन, भाग्दैनौ । नेतृत्वलाई केकसरी अगाडि बढाउने भन्ने सन्दर्भमा छलफल हुनुपर्छ भन्न खोजेको मात्रै हो ।

६. निमानुरु शेर्पा दलबिशेषबाट उमेद्धवारी दिएर नेतृत्व हत्याउन चाहन्छ भन्ने पनि छ नी ?
यसमा सत्यता छैन । व्यवसायीको हकहितका लागि काम गर्ने र संगठनभित्रका साथीहरुको मन जितेर अगाडि बढ्नुपर्ने भएकाले म कुनै दलबिशेषको पगरी भिर्न चाहन्न । त्यसको औचित्य पनि छैन ।

७. यहाँको राजनीति दलप्रति आस्था छैन, कि आफु के हो भन्ने नखुलाई नेतृत्वमा पुगौ भन्ने सोच हो ?

मताधिकारको हिसाबले म कुनै दलप्रति नजिक रहँला तर आजको दिनसम्म म स्वतन्त्र व्यक्ति हुँ । यहाँले भनेजस्तै राजनीतिको प्रभाब पर्यटन क्षेत्रका संघसंस्थामा छ । तर यहाँ मुख्य कुरा के छ भने नेतृत्वको प्राप्ती संगठनभित्रको साथीहरुलाई समेट्दा प्राप्त हुने कुरा हो, नकि राजनीतिको खोल ओडेर । जसले राजनीतिक छायाँ संगठनमा प्रवेश गराउनुहुन्छ, उहाँहरुलाई साथीहरुले जवाफ दिने नै छन । नेतृत्वमा पुग्न राजनीतिको हात रहने गरेको भएपनि मलाई त्यसरी नेतृत्वमा स्थापित हुनु छैन, साथीहरुको मन जितेर अगाडि बढ्छु ।

८. निमानुरु कस्तो व्यक्ति हो ?

स्वच्छ छवि भएको, ईमानदार, कर्तब्यनिष्ठ तटस्थ बिचारधाराको व्यक्ति हुँ भन्ने लाग्छ ।

९. तर एनएमए आगामी नेतृत्वमा बर्तमान अध्यक्ष आङछिरीङ शेर्पाको समर्थन प्राप्त गर्ने व्यक्तिको पल्ला भारी हुने बिश्लेषण पनि हुन थालेको छ नी ?
निश्चयनै बर्तमान अध्यक्ष साथै तिन कार्यकाल सम्म एनएमएलाई नेतृत्व प्रदान गरिरहँदा उहाँका शुभचिन्तक बढि नै छन । यसअर्थमा उहाँको सद्भावको असर राम्रै हुने कुरामा शंका छैन । तर साथीहरुले योग्य व्यक्तिलाई समर्थन गर्नुहुन्छ, गर्नुपर्छ ।

११. तपाई चै बर्तमान अध्यक्षको आर्शिबाद चाहनुहुन्छ की हुन्न ?

म उहाँलाई सम्मान गर्छु, आर्शिबाद लिन भनेर ढोकामा गएर नकुरेपनि अग्रज सबैको आर्शिबाद मलाई चाहिन्छ । प्राप्त गर्नेमा ढुक्क छु ।

१२. भनेपछि आर्शिबाद लिन जानुहुन्छ ?

हा...हा..हााा । हो, आर्शिबाद चाहिन्छ, उहाँले पनि दिनुहोला । मागुँला ।

१३. तपाईलाई भोट किन दिने, तपाईको जित्ने आधार के छ ?
पर्वतिय पर्यटनमा लामो समयदेखी संलग्न व्यक्ति हुँ । यसअर्थमा यसभित्रका धेरै आन्तरीक व्यवस्थापनका पक्षबारे जानकार छु भन्ने लाग्छ । अर्कोकुरा पर्यटनमा धेरैखाले सदस्यहरु हुनुहुन्छ, स्थापनाकालदेखी अहिले सम्म निरन्तर साथीहरुको प्रवेश भईरहँदा नयाँ बिचारहरुको पनि जन्म भएको अवस्थामा संस्थालाई नयाँ नेतृत्व प्रदान गर्न युवा नेतृत्वको खाँचो छ । सबैलाई मिलाएर लैजाने ताकत मसँग छ, यसमा साथीहरुको शुभेच्छा जोडिनेमा शंका छैन ।

 

तपाईंको बिचार