Friday, December 15, 2017

नारा अध्यक्षका प्रत्यासी भन्छन– ‘मैले भनिसके हामी मैदान छोडेर भाग्दैनौ’

प्रकाशित मिति: 2017/07/17

साउन २, काठमाण्डौ । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)को निर्वाचन नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरु मैदानमा उत्रिएका छन । बिशेषतः नेपालको जल पर्यटन र यसको बिकासमा आफुलाई समाहित गर्दै आएको नाराको नेतृत्व अव कसको नेतृत्वमा जाने भन्ने सर्बत्र चर्चा छ । बर्तमान अध्यक्ष चन्द्र दाहाल पुनः तेस्रो कार्यकालका लागि उठ्ने नउठ्ने आधिकारीक भनाई बाहिर आईसकेको छैन, यद्यपी अन्य नेतृत्वका आकांक्षीहरु भने खुलेर आफ्नो पक्षमा समर्थन खोज्न लागिपरेका छन ।

पछिल्लो समय पर्यटन बजारमा नारा नेतृत्वका लागि अर्जुन दाहालको नाम चर्चामा छ ।
नाराको संगठनलाई चुस्त बनाउँदै राष्ट्रीय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको जल पर्यटन, राफ्टिङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्यसहित आफ्नो दाबेदारी रहने उनले बताउँदै आएका छन ।
प्रश्तुत छ, नारा नेतृत्वका आकांक्षी अर्जुन दाहालसँगका केही सवाल ।

१. पर्यटनमा व्यवसायीको रुपमा स्थापित भईसकेको मान्छे नारामा नेतृत्व दाबी गर्दै हुनुहुन्छ, किन ?
पर्यटन क्षेत्रमा जब मेरो प्रवेश भयो, मैले सुरुमा पाईला राखेको क्षेत्र नै जलपर्यटनको क्षेत्र हो । यो प्रशस्त संभावना भएको क्षेत्र पनि हो । सन १९५७ देखी निरन्तर यो क्षेत्रमा रहँदै गर्दा यहाँले भनेजस्तै म आजको दिनमा यही पेशामा स्थापीत व्यवसायी पनि हुँ । काठमाण्डौ र पोखरा दुबैमा मेरो राफ्टिङ कम्पनी छ, कालीगण्डकी नदीलाई आधार मानेर र्याफ्टिङ कम्पनी चलाईरहेको छु । यसर्थ कुनै पनि व्यवसायको उथ्थानको लागि संगठनको चुस्तता पनि आवश्यक हुन्छ, त्यो सिप म सँग छ, त्यसैका लागि नेतृत्वका दाबी गरेको हुँ ।

२. बिकास गर्छु भनेर सबैले भन्छन, बिकासका एजेण्डा चै कस्ता छन ?
मेरो पहिलो एजेण्डा नाराको सचिवालय व्यवस्थीत गर्नु हो । जबसम्म म हामी सुध्रदैनौ, तवसम्म केही हुनेवाला छैन । बेलाबखतमा देशबिदेशमा आयोजना हुने कार्यक्रममा भाग लिने काम त भएका छन, त्यसले मात्र नेपालको जलपर्यटन प्रवद्र्धन हुदैन । नेपालका १४ वटा बिशीष्टीकृत उद्योग मध्ये जल पर्यटन पनि पर्छ , अहिले जेजति काम भए, ति सबै पुरानो शैलीमा भए, यसलाई उद्योगको रुपमा बिकास गर्न सक्नुपर्छ, जुन अहिलेसम्म हुन सकेको छैन । सचिवालायलाई चुस्तता दिएपछि त्यसका बिचार सम्बन्धीत सरोकारवालाहरुसँग बसेर छलफल गर्न सकिन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने कुरा छँदै छन ।
३. बर्तमान अध्यक्ष चन्द्र दाहालले नेतृत्व छोड्नु होला ?
 छोड्नु होला । फेरी आउनुभयो भने बैचारिक लडाई गर्न कसैले रोक्न सक्दैन । ४ बर्ष नाराको नेतृत्व गरिसक्नुभएको छ, अब उहाँले दाबी नगर्दा नै बेस होला ।

४. उहाँ फेरी नेतृत्वमा आउन चाहनुभयो भनेचाही.......
नारा प्रजातान्त्रिक पद्धती अनुसार चलेको संस्था हो । यस्तोमा उहाँ र मेरो नै पनि प्रतिष्पर्धा हुन सक्छ । तर यसबिचमा हामी सबैको जोड सहमतिय नेतृत्वमा रहनेछ । म आफै पनि सहमतिय नेतृत्व लिन आतुर छु ।

५. तपाई यसो भन्नुहुन्छ, अहिलेका अध्यक्ष दाहालले छोड्ने निश्चीत त छैन नै, उता निमबहादुर मगर जो आफै अध्यक्षका प्रत्यासी हुनुहुन्छ, रामेको पिता श्यामे आएपनि छाड्दिन, अब मलाई अध्यक्ष बन्न कसैले छेक्दैन भन्दैहुनुहुन्छ, तपाईलाई सहमतिय नेतृत्व किन दिने ? संभव छ ?

अरुले कसरी भन्नुहुन्छ, त्यसमा मेरो टिप्पणी छैन, यो मेरो दाबी हो । यसमा नारा सदस्यहरुको पनि भावना जोडिएको छ । नभए प्रजातान्त्रिक बिधी त छँदै छ ।

६.तर बर्तमान अध्यक्षले त नारा उथ्थानको लागि आफ्नो बिकल्प छैन, देशबिदेश घुमेको छु, समाज बुझेको छु, यसमा अरुभन्दा अगाडि छु भन्दै आउनुभाछ, नि ,

उहाँले यसै भन्नुभयो होला भन्ने लाग्दैन, यदी यस्तो प्रवृत्ति उहाँमा छ, भने त्यो पराजित मानसिकता हो । हिजोका दिनमा पनि म उहाँलाई टक्कर दिन सक्ने हैसियतमा थिएँ, उहाँको नाममा सहमति गरियो, उहाँले नारालाई दिने जति दिईसक्नुभयो, उहाँसँग अव बाँकी केही छैन, रित्तो भैसक्नुभयो । उहाँभन्दा उत्कृष्ट क्षमता बोकेर हामी चाही सधैभरी पछाडी बसिरहने अवस्थामा नारा अगाडि बढ्न सक्दैन, उहाँले अव के दिन बाँकी छ, अनि नेतृत्वमा आउने, शान्त भएर सोच्दा उहाँले केही पाउनुहुने छैन । त्यसकारण यही भन्न चाहन्छु, जलपर्यटनमा उत्कृष्टता दिनसक्ने खुबी मसँग छ, यसमा साथीभाईको शुभेच्छा पनि छ ।

७. पर्यटन यत्तिका संस्था छन, सबैको उदेश्य पर्यटनको बिकास गर्ने भन्ने नै छ, दुईचार जना भेला पारेर अध्यक्ष बन्ने अनि अबिर लगाएर ठालु प्रबृत्ति देखाउनेमै धेरै संस्था सिमित छन, तपाईलाई पनि ठालु बन्न रहर जागेको त होईन ?
बिल्कुल होइन, म आफैपनि ठमेलमा स्थापित व्यवसायी हुँ, आफुलाई मनमा लागेका कुरा भन्न कसैले रोक्न सक्दैन । यस्तोमा कुनै कार्यक्रममा संस्थाको नेतृत्वकर्ताको हैसियतले सहभागि हुने र चिया खाएर गफ लडाएर ठालु बन्न मन छैन ।

८. तर अध्यक्ष बन्दा त, बिभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा ठालु बन्न पाईने, देशबिदेश सयर गर्न पाईने पनि हुँदो रहेछ, नि, किनभने केहीसमय अगाडि नाराको नेतृत्व गर्दै यहाँकै अध्यक्ष पनि चिन पुगेर आउनुभयो क्यार, लोभ लागेन ?
त्यसकिसिमका कुराले मलाई कहिल्यै छुँदैन । भोलि काम गर्ने सिलसिलामा बिदेश भ्रमण जान पाउने कुरा स्वभाविक हुन, तर अध्यक्ष बनेरै बिदेश घुमेर चस्मा ढल्काउँदै ठालु चै बनिदैन है ।

९. चन्द्र दाहाल फेरी अध्यक्षमा आउन खोज्दै हुनुहुन्छ, तपाई के गर्नुहुन्छ ?
मैले भनिसकें त, आएपनि आउनुस, हामी मैदान छोडेर भाग्दैनौ ।

१०. तर उहाँको नारामा पहुँच त छनी ?
राम्रो कुरा हो, हामीलाई पनि साथीहरुले मुल्यांकन गर्नुहोला ।

११. तपाई अध्यक्ष दाहालको आशिर्बाद लिन जाने कि नजाने ?
मलाई कसैको आर्शिबाद चाहिदैन, तर साथ र सहयोग चै चाहिन्छ । कसैको आर्शिबादमा टेकेर नेतृत्वमा पुगीयो भनेपनि भोली हात छोडिदिदा कसरी पछारिनुपर्छ भन्ने मलाई थाहा छ । यसकारण आर्शिबाद माग्दीन, चाहिदैन ।
१२. तर अध्यक्षका आकांक्षी निमबहादुर पनि हुनुहुन्छ, उहाँलाई समर्थन गर्ने साथीहरु पनि होलान, यस्तोमा भिडन्त त रोचक बन्ने भो नी ?
हो, अहिले त्यस्तै देखिन्छ, पछि कुरा मिल्छ । मैले निमबहादुर जि लाई पनि मलाई सहयोग गर्नुस भनिसके ।

१३. उहाँले के भन्नुभयो ?
उहाँ पनि सहमतिय नेतृत्वको पक्षधर हुनुहुन्छ ।

१४. तपाईको जित्ने आधार के छ, तपाईलाई भोट किन दिने ?
नारा नेतृत्व पुरातन शैलीमा मात्रै चल्ने काम गरिरहेको छ । अब समय फेरियो, बिशिष्टीकृत ढंगले संस्थालाई चलाउन सकिएन भने कहिँ पनि पुगीदैन । नाराको सचिवालय अझैसम्म संगठीत हुन सकेको छैन, यस्तोमा हाम्रो उदेश्य र लक्ष्य केहो भन्ने अझै यकिन नहुनुले अलमलको स्थीति बिगतदेखी अहिलेसम्मको प्रबृत्ति हो । यसर्थ सचिवालयको चुस्तता म र सम्पुर्ण साथीहरुको चुस्ततासँग सम्बन्धीत छ । मेरो यही एजेण्डालाई मन पराएर साथीहरुले समर्थन गर्नुभएको छ । अर्को कुरा अब समय एक्पर्टटाईजहरुको समय हो । केबल सैद्धान्तिक कुरा गरेर पर्यटन बजारमै अल्मलिएको संस्था बनिरहने छुट छैन, यस्तोमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने कुरा पनि अगाडि बढ्न सक्दैन, कम्तीमा आफ्ना कार्यबिधी र शैली स्पष्ट हुनुपर्यो । यसमा मेरो जोड रहनेछ । 
अर्को कुरा र्याफटिङ क्षेत्र सरकारले बिकास गरेका ठुल्ठुला हाईड्रो योजनाहरुका कारण व्यवसायी मजदुर साथीहरुको पेशा संकटमा परेको छ, संगठनले मजदुर साथीहरुको पेशागत सुरक्षा दिन सकेन भने उनीहरुको संस्थाप्रति अपनत्व नरहन सक्छ भने नेपालको जल पर्यटन नै खतरामा पर्न सक्ने अवस्था श्रृजना हुन्छ । यस्तोमा आधुनिक बिचार, नयाँसोच, संगठनलाई चुस्तता दिदै व्यवसायी मजदुर साथीहरुको सुरक्षा गर्न म सक्षम छु । यसमा साथीहरुको शुभेच्छा पनि जोडिएको छ । जित निश्चीत छ ।

                                                                    गन्तव्य नेपालका शंकर गौलीसँगको कुराकानीमा आधारित

 

 

तपाईंको बिचार