Thursday, November 23, 2017

मागी मागी छोराको बिहे नगरौँ भन्दा नेतृत्वले बहुमतको धम्की दियो : दाहाल

प्रकाशित मिति: 2017/07/24
लिलाबल्दब दाहाल (काका), कोषाध्यक्ष –टान
लिलाबल्दब दाहाल (काका), कोषाध्यक्ष –टान

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा आर्थिक स्रोत परिचालनको विषयलाई लिएर टान नेतृत्व चन्द्र रिजाल र कोषाध्यक्ष लिलाबल्दभ दाहालबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ । टान नेतृत्वले जथाभावी खर्च गरेकै कारण टान चरम आर्थिक संकटमा फसेको र अघिल्लो कार्यसमितिले टान खातामा छाडेर गएको करिब ४ करोड रुपैयाँ खर्च भईसक्दासमेत नेतृत्व जवाफदेही बन्न सकेको छैन । केही महिना अगाडि राजधानीमा सम्पन्न टान साधारणसभामा टान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै बहुसंख्यक कार्यसमिति सदस्यले विरोध जनाएपछि परिमार्जित विधान पेश नै हुन सकेको थिएन । टानलाई टाट पल्टिनबाट जोगाउन आफू टुलुटुलु हेरेर नबस्ने र खर्च मितव्ययीताको शैलीमा अडिग भएकै कारण आफूलाई अनेक लाञ्छना लगाईएको कोषाध्यक्ष लिलाबल्दभ दाहालले दाबी गर्दै आएका छन् । प्रस्तुत छ, टानभित्रको संकट र त्यसको समाधानका विषयमा केन्द्रित रहेर टान कोषाध्यक्ष दाहालसँग गरिएको कुराकानीको सम्पादित अंशः 

 टान अध्यक्ष–महासचिव र तपाईंबीचको विवाद के हो ?
विधिवत् रुपमा टान चल्नुपर्छ भन्ने मेरो भनाइ हो । अध्यक्ष चन्द्र रिजाल भने बहुमत पुर्याएपछि मनलाग्दी गर्न पाइन्छ भन्ने भ्रममा हुनुहुन्छ, मुख्य समस्या यही हो । टान खातामा अघिल्लो कार्यसमितिले ४ करोड रुपैयाँ छोडेर गएको थियो । आफू ठालु बन्न जहाँ पायो त्यही परिणामविहीन कार्यक्रमहरुमा खर्च गर्ने, त्यसको परिणाम टाट पल्टिने र व्यवसायीहरुले तिरेको कर मोजमस्तीमा उडाउने काम नगरौ भन्दा उहाँलाई त्यो स्वीकार्य नहुनुले नै समस्या सिर्जना गरेजस्तो लाग्छ । तसर्थ, अनियन्त्रित रुपमा खर्च गर्ने र रोक्ने बीचको लडाई हो यो । श्रमिक व्यवसायी साथीहरुले तिरेको कर उनीहरुको विकासमा खर्च गरौ, जथाभावी कार्यक्रमका नाममा रकम खर्च नगरौँ, टानलाई टाट नपल्टाउँ, बेरुजु बढ्यो, अख्तियारले समाउँला भन्ने डर पनि मानौं, संस्थाको बद्नाम नगराऊँभन्दा उहाँ बहुमतको हवाला दिनुहुन्छ । यसर्थ समस्या यही छ । बहुमत भयो भने संस्था बेचेर खान त पाइँदैन नि ।  

टान सुधारका लागि तपाईंले चाहिँ कोषाध्यक्ष भएपछि के गर्नुभयो ?

टानले आयोजना गर्ने कार्यक्रमहरुको लागि विभिन्न विभाग बनाउने गरेको छ । यसमा स्पोर्ट्स र ईभेन्ट कमिटीअन्तर्गत रहेर प्रत्यक्ष रुपमा भूमिका खेल्दै आएको छु । रामप्रसादजी संयोजक र म सहसंयोजकको हैसियतमा रहेको यस कमिटीले टानको छवि सुधारका लागि निकै राम्रो काम गरेको छ । यद्यपी, अध्यक्ष र महासचिवको मनलाग्दी खर्च गर्ने शैलीका बीच आशातित काम त हुन सकेन नै, तर यसबीचमा आर्थिक विभागकोसमेत प्रमुख हुनुको नाताले टानलाई डुब्न दिनु हुँदैन । मोजमस्तीमा पैसा उडाउनु हुँदैन भन्ने सिद्धान्तमा काम गरे, पहिलो देखिने काम यही हो । भलै, यही विषय नेतृत्वलाई टाउको दुखाइको विषय बनेको छ । केही महिना अगाडि राजधानीमा टानको साधारणसभा हुँदै गर्दा टान सबल छ, हिसाबकिताब नाफामा छ, भनेर देखाउनुस् भनेर उहाँहरुले दबाब दिने काम गुर्नभयो । तर मैले त्यसो गरिन, व्यवसायीको पसिनामाथि अत्याचार गर्ने छुट मलाई छैन, मैले स्वविवेक प्रयोग गरी खुला रुपमा टान साधारणसभामा राख्दा जबर्जस्ती रुपमा राम्रो भइरहेको देखाउने टान नेतृत्वको जालसाझी कार्यशैली व्यवसायी साथीहरुलाई पनि अवगत भयो । यसअर्थमा कोषाध्यक्षलाई कमजोर पार्ने गरी विधान संशोधनका कुरा जेजति उहाँले प्रस्तुत गर्न खोज्नुभएको थियो, यसमा उहाँ स्वयं असफल सावित हुनुप¥यो ।

मैले यी कुराहरु गरिरहँदा आर्थिक स्रोत परिचालन बिना  कुनै पनि संस्था चल्न सक्दैन । म आफै पनि व्यवसायी हुँ, यसअर्थमा कार्यक्रमहरु गर्न पैसा नै चाहिँदैन, खर्च गर्नै पाइँदैन कदापि भनेको हैन, छैन । कम्तीमा मरुभूमिमा तत्काललाई पानी खर्च नगरौँ भनेको मात्रै हो । यसमा उहाँले बुझ्न सक्नुभएन वा दम्भको कारण विवाद गरिरहनु भएको छ, उहाँले सोच्ने विषय हो । कम्तीमा भोलिका दिनमा अर्को कार्यसमिति आउँदा उनीहरुले र व्यवसायी साथीहरुले गाली गर्ने वातावरण नहोस् भन्ने मेरो ध्येय हो । यही बीचमा पनि केही समय अगाडि लाङटाङमा कार्यक्रम आयोजना ग¥यौं, त्यसले केही राम्रै प्रतिफल दियो । कम्तीमा टानको भूमिका र अस्तित्वमाथि प्रश्न उठिरहेको बेलामा थोरबहुत प्रशंसा प्राप्त हुने स्थिति त्यस कार्यक्रमले दियो । यसर्थ, विवादकै घेराकाबीच पहिलो टानलाई टाट पल्टाउन खोज्नेहरुको स्वार्थबाट रोक्न खोज्ने मेरो प्रयास र लाङटाङ कार्यक्रम जुन मेरै सक्रियतामा भएको थियो यसले केही राम्रै छाप छोड्यो भन्ने लाग्छ । यसअर्थमा पारदर्शिताप्रतिको मेरो इमान्दारितालाई जब सबै व्यवसायीले बुझ्नु हुनेछ, उहाँले मलाई सम्झनुहोला, तर त्यति बेलासम्म ढिला नहोस् भनेरै परिस्थितिको आँकलन गरी सामना गरिरहेको छु ।

पारदर्शिताको नाममा टान नेतृत्वलाई असहयोग गर्नुभयो भन्ने आरोप छ नि तपाईमाथि ?
विल्कुल गलत कुरा हो । मैले यसभन्दा अगाडि पनि भने कार्यक्रमको नाममा अघिल्लो कार्यसमितिले छोडेर गएको ४ करोड पनि सक्ने, जथाभावी अनुदान दिने, आफू ठालू हुनलाई मनलाग्दी पैसा वितरण हुनुहुँदैन भनेर आवाज उठाएँ, यसैलाई असहयोग भनिन्छ भने मलाई स्वीकार्य छ । तर जसले मैले असहयोग गरेँ भनेर भनिरहेका छन्, उहाँहरु अर्काको गोजीको पैसा दान गरेर दानी बन्ने छुट छैन । किनभने ११ सय व्यवसायीबाट ५ हजारका दरले वार्षिक छुटपुटसमेत गर्दा ४५ लाख रुपैयाँ टानमा जम्मा हुन्छ । वार्षिक आम्दानीको परिमाण यसप्रकारको भैरहँदा २ वर्ष नबित्दै ४ करोड सकेर अरु करोडौ रुपैयाँ बेरुजु रहनुपर्ने स्थितिले चाहिँ के बताउँछ ? यो प्रश्नको जवाफ उहाँहरुले दिनुपर्छ । मागी मागी छोराको बिहे गर्दा बिहे त राम्रै होला तर जग्गे उठिसकेपछिको पीडा उहाँहरुले बुझ्न सक्नुप¥यो नि । हिजोका दिनमा ५१ हजार तलब खाने कार्यकारी प्रमुखलाई हटाएर ७१ हजार तलब खाने व्यक्तिलाई भित्राउनुको कारणको जवाफ उहाँसँग छैन । टानको बिल्डिङ बेच्दा पनि तिर्न नसकिने ऋण टानलाई लागेको छ । यसमा उहाँहरुको आँखा नजाने, बचेखुचेका रकम सकिएपछि भिख माग्ने बाटोमा टानलाई पु¥याउनु चैं सहयोग हो, यदि यही तर्क हो भने यसमा मेरो केही टिप्पनी छैन । टिम्सबापतको रकम पर्यटन बोर्डमा रोकिएको भनेर चर्चा गर्ने तर करोडौं रकम बोर्डबाट ऋण लिइसकेको अवस्था छ । यस्तोमा त्यो पैसा कसरी भुक्तान गर्न सकिन्छ र आफूले पाउने रकम विधिसम्मत तरिकाले दाबी गर्दै टानमा भित्र्याउनुपर्छ भन्दा कानमा तेल हालेर बस्ने कहाँको नैतिकता हो ? अर्को कुरा टानको खर्च परिचालनमा अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिन्छ । तर मैले असहयोग गरेको बहानामा बहुमतको हवाला दिएर सह–कोषाध्यक्षको हस्ताक्षर प्रयोग गरी सनराईज बैङ्कमा खाता खोल्न पुग्नुभएछ । विधानविपरीतको कुरामा म हेरेर बस्ने कुरा भएन । यसमा पनि बैङ्कलाई जानकारी गराएको छु, उहाँहरु यसमा प्रष्ट हुनुहुन्छ कि यो नियमविपरीत छ भनेर । अब भन्नुस् असहयोग कसले ग¥यो, बहुमतको हवाला दिएर आफूखुसी सदस्यलाई प्रयोग गरी स्रोतको अनियमितताको साक्षी बस्नु चै सहयोग हो ? यसमा उहाँहरुले जवाफ दिनुपर्छ, हैन भने झोलामा विधान बोकेर बाटोमा हल्ला गर्दै कुद्ने छुट नेतृत्वलाई छैन, बहुमतको नाममा टान बन्धक बन्न दिइँदैन ।

समाधानको बाटो के हुनसक्छ ?
टानमा आबद्ध सबै व्यवसायीलाई थाहा छ कि टान अहिले चरम आर्थिक संकटमा छ । हिजोका दिनमा सुमन पाण्डेदेखि अहिले चन्द्र रिजाल नेतृत्वमा आउँदै गर्दा आर्थिक स्रोतको बाटो उही छ भने अघिल्लो कार्यसमिति चाहिँ दोस्रो कार्यसमितिलाई मजबुत आर्थिक स्रोतसहित हस्तान्तरण गर्न सक्षम हुने र हामी चाहिँ अर्को कार्यसमितिकै आवश्यकता नहोला कि । टानको भवन नै रहला कि नरहला भन्ने दिशामा अगाडि बढिरहेका छांै । यसको मुख्य जड मनोमानी ढंगले रकम हावामा उडाउँदाको परिणाम हो । व्यावसायिक नेतृत्व हुँदा व्यवसायीको हकहितमा काम गर्न सक्छ, व्यवसायीका पीडा नबुझ्ने भएकै कारण उहाँहरुको आर्थिक स्रोत दोहन मात्रै गर्ने, समस्या पर्दा मुन्टो बटार्ने शैली अहिलेसम्म हावी छ । यसर्थ, काम गर्दै जादा गल्ती हुन सक्छन्, कम्तिमा बहुमतको निर्णय भन्दै अपवित्र निर्णय नगरौ, बहुमत हुनु राम्रो हो, तर त्यसको निर्णयले टानकै अस्तित्व नरहने सवालमा निरर्थक सावित हुन्छ । बहुमत भयो भनेर घरमा आगो लगाउनुलाई कहिकतै राम्रो मानिँदैन । ठीक त्यही ढंगले अपवित्र निर्णय नगरौ, बाध्य नबनाआंै । टान हामी सबैको हो, उत्थानका लागि सहकार्य गरांै । यसका लागि म सधैं तयार छु ।

तपाईले गर्न चाहदाचाहदै गर्न नसकेको कुरा केही छन, या टान नेतृत्वले तपाईलाई असहयोग गरेका कुरा केही छन् ?
टान महासचिव ज्यू पर्यटनबोर्डबाट पैसा लिनका लागि टुरिजम बोर्डमा आमरण अनसन बस्न चाहने, अध्यक्ष ज्यू भने पैसा आईसक्यो भनेर उहाँलाई रोक्ने कार्यशैली प्रति म आफु चै बिरोध गर्दै पर्यटन व्यवसायीहरुलाई बिदेशबाट आउने रकममा जुन हिसाबले भ्याट लगाईएको छ, र माउन्टेन तथा हिमालमा खर्च गरिएको बिल भौचरलाई मान्यता नदिने चलन छ, त्यसका बिरुद्ध अर्थ मन्त्रालयमा ज्ञापन दिने काम मात्र होईन, एउटा रिले अनसन तथा सकिन्छ भने टुरिजम बोर्डमा होईन राजश्व महाशाखामा यो बिषयमा एउटा धर्ना कार्यक्रम राखौ भन्दा महासचिव र अध्यक्ष कहिल्यै सुन्ने कोसिस गर्नुभएन । टिबेट टुर तथा माउन्टकैलास टुर अपरेटरको भिसाको समस्यामा परराष्ट्र मन्त्रालयमा  दिनुपर्ने प्रेसर दिनका लागि अध्यक्ष र महासचिवले जुन हिसाबको 
असहयोग गर्नुभयो, यी कुराहरु सम्झीदा बिचैमा टानमा केही गर्न नसकिने परिष्थीतिमा आईएछ भन्ने लाग्यो । सायद यी कुराहरुमा आगामी आउने नेतृत्वहरुले मेरो कुरा सुनेर यी कुरामा अगाडि बढ्लान र व्यवसायीको हित हुने कुरामा टान नेतृत्वले बोल्छ भन्ने व्यवसायीलाई आभास हुन्छ होला, जहिले आफु र आफुहरुले गरेका खर्चहरुका बिषयमा टानमा झगडा गर्ने तर हेलिकल्पटर कम्पनी रेस्क्युको बिल माउन्टेनमा मरेका मजदुरहरुको परिवारलाई दिनुपर्ने क्षतिपुर्तिको बिषयमा एउटा पनि पत्रकार सम्मेलन गर्ने नेतृत्वले आवश्यक ठानेन । मैले पटकपटक तिर्नुपर्ने दायित्वहरुको डाटासहित पत्रकार सम्मेलन गरुँ भन्दा त्यो कहिल्यै पनि सुनुवाई भएन, समस्या यही भएजस्तो लाग्छ ।

तपाईंको बिचार