Thursday, November 23, 2017

एनएमए बचाउनका लागि मेरो उम्मेदवारी : जिम्बा जाङबु शेर्पा

प्रकाशित मिति: 2017/07/25

यही साउन २१ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए)  को २७ औ साधारण सभाले संघमा नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचन र साधारण सभा मिति नजिकिएसँगै अध्यक्ष लगायतका अन्य पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम समेत बढेको छ । यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालि सक्नु भएका जिम्बा जाङबु शेर्पाले पुन अध्यक्षमा दाबेदारी प्रस्तुत गर्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमश  : सन्तबीर लामा र निमी शेर्पालाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारिसकेको छ। यो अवस्थामा पूर्वअध्यक्ष जिम्वाजाङबु शेपा किन निर्वाचनमा होमिदै हुनुहुन्छ । उनका एजेन्डा के–के हुन यी र यस्तै विषयमा गन्तव्य नेपालन्यूजडटकमले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश ः 

तपाईले पुन एनएमएको अध्यक्षमा उम्मेदवारी दिदै हुनुहुन्छ भन्ने बजार हल्ला छ के यो सत्य हो ?
जे सुन्न भो , त्यो सत्य हो ।  मैले पहिले देखि नै नेपाल पर्वतारोहण संघको अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएको छु ।  

दोहोर्याए अध्यक्ष बन्न चाहनुको कारण के हो ? 
तपाईलाई जानकारी होला । नेपाल पर्वतारोहण संघको अस्तित्व जोगाउनको लागि सर्वोच्च अदालतमा विगतमा २ वर्ष मुद्दा मामिलामा विताई । पुनः जिल्ला प्रशासन कार्यालयले ‘फेरि निर्वाचन गरि नयाँ कार्यसमिति चयन गर्नु’ भन्ने आदेश दिएपछि नयाँ निर्वाचन भयो । सो निर्वाचनबाट म अध्यक्षमा निर्वचित भए । यसरी तत्कालिन अवधिमा विवादै विवादकाबीच असन्तुलित ढंगबाट निर्वाचित भई आएको हुदाँ मैले सो कार्यकालमा सोचे अनुरुप काम गर्न पाइन । 

तैपनि सबै असन्तुष्ट पक्षलाई समेट्दै मैले ३० बर्षपछि नेपालमा यूआइएएको साधारण सभा सफलता पूर्वक सम्पन्न गरें । हालका अध्यक्षलाई एसियाबाट नेपाललाई यूआइएएको हनोररी मेम्बर बनाउन सफल भए । यद्यपी त्यो बेलाका अघुँरा कामहरु पुरा गर्ने मेरो धोको  छ । 

दोस्रो कुरा अहिले बजारमा अध्यक्षको रुपमा ज–जसको नाम आइरहेको छ । उनीहरुबाट एमएमएको बचाउ होला जस्तो मलाई लाग्दैन । उनीहरु विगत देखि नै कसरी हुन्छ एनएमएलाई सिघ्याउने भनेर लागेका व्यक्ति र पार्टीबाट संचालित छन् । अबको निर्वाचन भनेको पिक  खोस्न चाहने र पिक बचाउने समुहबीचको लडाई हो भन्ने मेरो बुझाई छ । त्यसकारण एनएमए बचाउनका लागि म पुन उम्मेदवार बनेको हुँ । 

एमाले र माओवादी केन्द्र समर्थित व्यवसायीहरुले उम्मेदवार सार्वजनीक गरिसक्नु भएको छ । तपाई चाँही कसको उम्मेदवार ? 
 
म स्वतन्त्र पर्यटन व्यवसायी हु । म ४० वर्ष देखि नेपालको पर्वतीय पर्यटनमा क्रियाशिल छु । त्यसकारण मलाई यो पार्टी, उ पार्टी भन्दा पनि विसुद्ध व्यवसायी र एनएमए बचाउन अभियानमा लागेकाहरुको साथ रहन्छ । त्यसले गर्दा म उहाँहरुको उम्मेदावार हो । संघको उद्देश्य र पर्वतारोहणको महत्व वुझ्ने, संघको हक हितको लागि लड्ने विशुद्ध पर्वतीय पर्यटन व्यवसायमा लागेका, विवाद रहित व्यक्तिलाई संघको अध्यक्षमा निर्वाचित गरिदिनहुन म सबैमा हार्दिक पनि गर्दछु । 

तपाई कांग्रेस समर्थित व्यवसायीको तर्फबाट उम्मेदवार बन्दै हुुनुहुन्छ भन्ने चर्चा छ ? 
उनीहरुले मलाई अध्यक्षको उम्मेदवार बनाउ छन् भने त्यो झन राम्रो । एमालेका व्यवसायीहरुलाई पनि मैले जित्ने मान्छेलाई सहयोग गर्नुस् भनेको हो । तर उहाँहरुले मलाई लिनु भएन । फ्याकिदिनु भो । अव कांग्रेस समर्थित व्यवसायीहरुले पनि आज सम्म मलाई छान्नु भएको छैन । तर पनि मलाई विश्वास छ । कांग्रेस, एमाले र माओवादी तीनै पार्टीमा आवद्ध व्यवसायी जो एमएमलाई माया गर्छन । नेपालको पर्वतीय पर्यटनको विकासमा रात दिन लागेका छन् उनीहरुको मलाई सहयोग रहन्छ । 

सहमतिय नेतृत्वका लागि तपाई छोड्न पनि तयार हुनुहुन्छ? 
अ.......ह , त्यो सम्भव छैन् । सहमति भए मेरै नेतृत्वमा हुनुपर्छ । पर्वतीय पर्यटनलाई कोही व्यक्ति वा समुहलाई प्रयोग गरि पर्वतीय पर्यटनलाई ध्वस्त पारी एकलौटी कब्जा गर्न खोज्ने तत्वहरुलाई परास्त गर्नु अहिलको आवश्यकता हो । 


तपाई उसो भए पछि नहट्ने ? 
कुनै पनि हालतमा पछि हट्दिन । मैले अघि पनि भने यो पिक खोस्ने र पिक बनाउने बिचको लडाई हो । अहिलेका उम्मेदवारहरु एनएमएको पिक खोस्नुपर्छ भन्ने पक्षबाट संचालित हुनुहुन्छ । संघको गरिमा र देशकै नुमना पर्वतारोहण व्यवसायलाई आफु खुशि बनाए्र धमिल्याउन खोज्नेहरुलाई बेलैमा खबरदारी गर्नू हामी सबै पर्वतीय पर्यटन व्यवसायीको कर्तव्य हो । अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतारोहण संघको छबी उच्च रहेको छ । त्यो छबीलाई जोगाउन मात्रै होइन पर्वतारोहणमा नयाँ आयाम थप्न जरुरत छ ।  त्यसका लागि मेरो नेतृत्व जरुरी छ। 

तपाईंको बिचार