Thursday, November 23, 2017

एनएमए निर्वाचनमा हामीले कहाँ घोका दियौ : दिपक महत

प्रकाशित मिति: 2017/08/03
 दिपक महत, अध्यक्ष -नेपाल पर्यटन व्यवसायी संघ (निट)
दिपक महत, अध्यक्ष -नेपाल पर्यटन व्यवसायी संघ (निट)

नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन प्रचार–प्रसारको काम कहाँ पुग्यो ? 

अप्रयाप्त समयका बाबजुत पनि हामीले गत १६ गते स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पाको नेतृत्वमा नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि एउटा समक्ष टिम गठन गर्यौ  । अहिले सम्मको अनुभवमा मैले के पाइरहेको छु भने जसले निर्वाचन जित्छ उसको उम्मेदवार छनौट लगायतमा विषयमा पनि धेरै बिबाद हुदैन । हाम्रो सन्दर्भमा पनि त्यी भयो र हामीले कुनै बिबाद बिना टिम गठन गर्यौ । त्यसको सार्वजनीक गर्यौ र मनोनय दर्ता गर्यौ । त्यसपछि हामी अहिले पनि नेपाल पर्वतरोहण संघमा आवद्ध व्यवसायी, आरोही, लगायतका सरोकारवाला व्यक्तिहरुसँग भेटघाटको क्रममा छौ । एनएमएसँग सम्बन्धित व्यवसायीहरु सम्म पुगेर भोट माग्ने क्रम चलिरहेको छ । 

मैले अघि पनि भने केही अप्रयाप्त समयका कारण हामी सबै तिर पुग्न सकेको अवस्था छैन । जसको कारण सबैसँग भेटघाट गरांै हाम्रो एजेन्डाका विषयमा जानकारी गराउ भन्ने उद्देश्यले आज बेलुकी हामीले रात्री भोज सहितको उम्मेद्वार परिचयात्मक कार्यक्रम राखेका छौं । भोलीबाट मौन अवधि सुरु हुन्छ । प्रचार–प्रसार भेटघाटको कार्यक्रम पनि गर्न नपाइने हुदाँ यो कार्यक्रम आयोजना गरेका छौ । 

निटले जिम्बाजाम्बु शेर्पालाई एनएमएको अध्यक्षमा उठाएर सहमति नेतृत्व चयनको ढोका बन्द गरिदियो भन्ने आरोप छ नी ? 
विगतमा हामीले सन्तबीर लामालाई नेपाल पर्वतारोहण संघको सहमतिय उम्मेवदार बनाउने भनेर सहमति गरेको हो । तर तपाईले भनेजस्तो आरोप निट नेपाललाई एमाले पक्षधरका साथीहरुले लगाउनु भएको छ । यो आरोप हामीलाई होइन माओवादी पक्षधरका साथीहरुलाई लगाउनुपर्छ । 

हामीले लामो समय सम्म सन्तबीर लामा सहमतिय आधारमा एनएमएको अध्यक्ष बनाउनुपर्छ भनेर भनिरहदा र सोही अनुसार छलफलहरु गरिरहदा माओवादीका साथीहरुले त्यसलाई कुनै वास्ता नगरि आफ्नो पक्षको उम्मेदवारी घोषणा गर्नुभयो । त्यसपछि पनि केही प्रयासहरु हामीले गर्यौं त्यो सम्भव भएन । सहमित भनेको निश्चित समय भित्र हुनुपर्छ । 

त्यो नभइसकेपछि सहमतिको समय घड्कियो । सहमित–सहमति भनेर हामी बसिरहदा निर्वाचनको थप तयारी गर्न नभ्याउने भयौं । अर्को तर्फ चुनावी प्रतिस्प्रर्धामा जादा सन्तबीरले जित्ने अवस्था रहदैन थियो । यो थाहा हुँदा हँुदै पनि माओवादीका साथीहरु लुरुक्क लागेर एमालेसँग मिल्नु भयो । सिमित स्वार्थमा माओवादीले सन्तबीरलाई अध्यक्षमा सगायो ।

तर हामीले जिम्बाको नेतृत्वको टिमलाई सघाउने निर्णय गरेका हौ ।  एनएमएको निर्वाचनमा सहमतिय नेतृत्व चयनको प्रक्रियामा एमाओवादी समर्थित व्यवसायीहरुको धोकाको कारण असम्भव हुन गएको हो । त्यसकारण एमालेका साथीहरुले त्यो दोष माओवादीका साथीहरुलाई दिने हो, हामीलाई होइन । 

तपाईहरुले एनएमएको अध्यक्षमा दोहोर्याएर जिम्बा जाम्बु  नै छान्नुको कारण चाही के हो त ? 
हेर्नसु, हामी नेपाल पर्वतारोहण संघको विद्यान संशोधन गरेर अध्यक्ष लगायतका प्रमुख पदहरु एक कार्यकाल मात्र बन्न पाउने व्यवस्था गर्न निट तयार छ । अहिले दोहोर्यो भन्ने साथीले यो प्रस्ताव ल्याउन हामी समर्थन गर्न सधै तयार छौ । 

तर अहिलेको अवस्थामा विद्यानले दोहोर्याउन दिएको छ । त्यो पनि अहिले लामा समुहका अध्यक्षका उम्मेदवार नै १७ वर्ष एनएमएमा बसेर काम गरेको अनुभव छ भन्दै प्रचार गरिरहनु भएको छ, अनि त्यो चाही के नदोहोर्याएको हो त ? 

नयाँलाई अवसर दिनु राम्रो हो । तर हिजो नेपाल पर्वतारोहण संघबाट पिक खोस्ने मन्त्रीको सल्लाहकार लामाको नेतृत्वमा सहमतिय नेतृत्व चयनको पनि मतियार बनेर आयो । पिक खोस्ने मन्त्रीको सल्लाकारले सन्तबीर लामालाई काघमा बोकेर आएपछि हामीलाइ शंका लाग्यो उसलाई अध्यक्षमा समर्थन गर्नु भनेको पिक खोस्ने समूहसँग साठगाठ गर्नु हो । त्यही कारण हामीले जिम्बालाई उपयूक्त उम्मेदवार छानेका हौं । 

तपाईंको बिचार