Thursday, November 23, 2017

एनएमएलाई कुनै नीजि कम्पनीको रुपमा संचालन गर्न पाइदैन : निमानुरु शेर्पा

प्रकाशित मिति: 2017/08/03
निमानुरु शेर्पा, प्रचार–प्रसार संयोजक -सन्तबीर लामा प्यानल
निमानुरु शेर्पा, प्रचार–प्रसार संयोजक -सन्तबीर लामा प्यानल

नेपाल पर्वतारोहण संघ (एनएमए)मा सन्तबीर लामाको टिमको प्रचार–प्रचार कहाँ पुग्यो ? 

नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिएसँगै सन्तबीर लामाको टिमको प्रचार–प्रसारको काम पनि तीब्र रुपमा अघि बढिरहेको छ । अहिले हामी एनएमएसँग सम्बन्धित संघसंस्था र अन्य व्यवसायीहरुसँग भेटघाट र छलफल गरिरहेका छौ । हाम्रा एजेन्डाहरुबारे उनीहरुलाई जानकारी गराईरहेका छौ । 

यस पटकको एनएमए निर्वाचनलाई पिक खोस्ने र बचाउने बीचको निर्वाचन होे भनेर भनिएको छ नि ? 
बास्तवमा त्यो चुनावी प्रचारका क्रममा हाम्रा विपक्षीहरुले गरेको भ्रमपूर्ण प्रचार मात्र हो । त्यसका विषयमा एनएमएमा आवद्ध व्यवसायी सबैलाई राम्रो जानकारी छ । त्यसकारण यस विषयमा धेरै भनिरहनु पर्छ जस्तो लाग्दैन । 

तर हामीले के बुझ्न आवश्यक छ भने पिक सरकारकै हो तर त्यसको व्यवस्थापनको जिम्मा एनएमएले पाएको हो । सरकारले विगतमा जुन उद्देश्यका लागि भनेर ति पिकहरु एनएमएलाई  संचालनको जिम्मा दिएको थियो । तर त्यसको व्यवस्थापन उद्देश्य अनुसार नभएपछि विगतमा सजग बनाएको मात्र हो । यसमा कसैले पनि अनावश्यक प्रचार गरिरहनु आवश्यक छैन । हिजोको नेतृत्वको कमि कमजोरीको कारण सरकारले सचेत गराएको हो । त्यो समयमा पनि अहिलेका अध्यक्षका उम्मेदवार सन्तबीर लामाले कति सम्म लड्नु भएको छ भन्ने कुरा सबैलाई थाहा छ । यदी कसैलाई विश्वास लाग्दैन भने अड्डा, अदालतमा गएर हेर्दा पनि हुन्छ । 

त्यसकारण जसले पिक जोगाउन लडेको छ । उसैलाई अनावश्यक आरोप लगाउनेको नियत के हो आफै बुझ्न सकिन्छ । 

तपाईहरुको टिमको एजेन्डा चाही के हो ? 
त्यो त हामीले पटक पटक भनिपनि सकेका छौ । अहिले प्रचार–प्रसारका क्रममा पनि कयौ पटक भनिसकेका छौ । हाम्रो प्रमुख एजेन्डा हो एनएमएलाई कुनै नीजि कम्पनीको रुपमा संचालन गर्नु भएन । यसलाई नेशनल अल्पाईन क्वलको रुपमा विकास गर्नुपर्छ । सोही कार्यका लागि यो टिम आएको छ । 

तपाई पनि अध्यक्षको दादेवार हुनुहुन्थ्यो छाड्नु चाही किन भयो ? 
विगतमा निटले सन्तबीर लामालाई सहमतिय आधारमा एनएमएको अध्यक्ष बनाउने सहमति गरेको रहेछ । निर्वाचनको मिति नजिकिएसँगै यस विषयमा पनि व्यापक छलफल भयो । तपाईले भनेजस्तै अध्यक्षको रुपमा म लगायत अन्य केही साथीहरुको पनि नाम आएको थियो । तर निटले सन्तबीरलाई सहमतिय आधारमा अध्यक्ष बनाउने सहमति गरिसकेपछि सर्वसम्मत अध्यक्ष चयन गरौ भन्ने कुरा आयो । त्यसकारण सहमतिय आधारमा नेतृत्व चयन गर्ने  हो भने त राम्रो कुरा हो । त्यसमा म वाघक बन्न हुदैन भनेर मैले पनि सन्तबीरलाई समर्थन गरेर अध्यक्षको दावेदारीबाट पछि हटेको हुँ। तर अन्तमा त्यो भएन तर पनि सन्तबीरको नेतृत्वमा एउट राम्रो टिम बनेको छ । जुन टिमले नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण काम गर्ने छ । 

(निमानुरु शेर्पा, सन्तबीर लामा प्यानलको प्रचार–प्रसार समितिका संयोजक हुनुहुन्छ । ) 

 

तपाईंको बिचार