Saturday, November 18, 2017

टानको निर्वाचनमा कसलाई अध्यक्ष बनाउने भन्ने सहमति भएको छैन : सापकोटा

प्रकाशित मिति: 2017/08/27
राजेन्द्र प्रसाद सापकोटा –युवा पर्यटन व्यवसायी
राजेन्द्र प्रसाद सापकोटा –युवा पर्यटन व्यवसायी

नेपाल पर्वतारोहण संघको निर्वाचनमा नेकपा एमाले समर्थित राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको गठबन्धले विजयी हासिँल गरेपछि केही बिबाद देखियो यस्तो परिस्थिती किन आयो ? 

एमएनमएको निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन कमिटिले जिम्बा जाङबु शेर्पा र सन्तबीर लामा दुबै पक्षलाई राखेर मुचुल्का उठाएर मतपरिणमा सार्वजनिक गरेको हो । र, मतपरिणमा सार्वजनिक भईसकेपछि पराजित हुने उम्मेदवारले विजयी उम्मेदवारलाई बधाई पनि दिईसक्नु भएको थियो । तर पछि उहाँहरुले अनावश्यक हल्ला बखेडा झिक्नु भयो । यसलाई चाहि मैले हार स्विकार गर्न नसक्नुको परिणामको रुपमा लिएको छु । उहाँहरुले हामीले जित्दा प्रश्न उठाउनुहुन्छ भने उहाँहरुको प्यानलबाट पनि त महासचिव लगायतका केही पदमा जित हासिल गर्नुभएको छ । हामीले त स्वत उहाँहरुको जितलाई स्विकार गरेका छौ त ? त्यसकारण त्यो केबल हार स्विकार गर्न नसकेपछिको पिडा मात्र हो । तर मलाई लाग्छ अहिले विस्तारै उहाँहरुलाई बानी पर्दैछ ।

अव सेप्टेम्बर भित्रमा टानको पनि निर्वाचन गर्ने कुरा बाहिर आएको छ यो निर्वाचनमा तपाईहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनले कस्तो निर्णय लिन्छ ? 
टानको आफ्नै विधि र विद्यान छ । त्यो विधि र विधान भित्र रहेर सेप्टेम्बर, अक्टुबर कहिलेलाई निर्वाचन मिति सार्वजनीक गर्ला । त्यो उहाँहरुको कुरा भयो । नेतृत्वको कुरा गर्दा अव टानमा युवा नेतृत्व चाहिएको छ । टानलाई चलाउन हामी जस्ता युवाहरु पनि अव सक्षम भइसकेका छौ । त्यसले गर्दा सधै पुरानै व्यवसायीहरुलाई मात्र त्यहाँ पठाई रहनुपर्छ भन्ने छैन । व्यवसायीक हकहितलाई जोडतोडका साथ उठान गर्न र स्वयंम टानलाई पनि गतिशिल बनाउन अव युवा पुस्ताको नेतृत्व चाहिएको छ । हामीले त्यो बुझेका छौ । सोही अनुसार अगाडि बढ्छौ । 

एनएमए निर्वाचनमा भएको तपाईहरुको गठबन्धनले अव हुने टानको निर्वाचनमा पनि निरन्तरता पाउछ ?
एनएमए निर्वाचनमा राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संगठन, लगायत शेर्पा समुदाय बीच जुन सहकार्य भएको छ । त्यसले आगामी दिनमा पनि निरन्तरता पाउछ । सोही गठबन्धन अनुसार नै हामी अगाडि बढ्छौ । 

टानको नेतृत्व कसलाई दिने भन्ने विषयमा पनि तपाईहरु बीच भित्रै सहमति भइसक्यो भन्ने हल्ला छ नी त्यो सत्य हो ? 
होइन, त्यस्तो भएको छैन । पहिला टानको निर्वाचन मिति सार्वजनिक होस् अनि हामी बसेर उम्मेदवारबारे टुंगो लगाउछौ । यती कुरामा ढुक्क हुनुस् हाम्रो गठबन्धन निरन्तर रहन्छ । आजको दिनमा मिल्नुको विकल्प छैन । हामी विगतमा फुटेर अगाडि बढ्दा संघसंस्थाहरु कहाँ पुगेका छन् भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यसकारण हामी त आगामी दिनमा निट नेपाल, राष्ट्रिय पर्यटन परिषद्का साथीहरुलाई पनि आह्वान गरेर सम्भव भएसम्म सबैसँग सहकार्य गर्दै टानको नेतृत्व चयन गर्न चाहन्छौ । 

यसो भनेर तपाईले टानमा पनि अध्यक्ष चाहि हामी छाड्दैनौ भन्न खोज्नु भएको हो ? 
एनएमएमा निर्वाचनको समयमा राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संगठन, लगायत शेर्पा समुदाय बीच अव हुने टान निर्वाचनमा पनि सहकार्य गरेर जाने भन्ने विषयमा सहमत भएको छ ।  तर कसलाई अध्यक्ष बनाउने, कसलाई महासचिव बनाउने भन्ने विषयमा सहमति भएको छैन । या भनौ पात्रको विषयमा कुनै सहमति भएको छैन । बजारमा हल्ला भए जस्तो एमालेले टानमा नेकपा माओवादी केन्द्रलाई नेतृत्व दिने सहमति गरेर एनएमएमा दुई पार्टीबिच गठबन्धन भएको हो भन्ने कुरामा कुनै सत्यता छैन । हाम्रो आफ्नै संगठन भित्र पनि धेरै साथीहरु अध्यक्षको आकांक्षी हुनुहुन्छ । त्यसले गर्दा निर्वाचन मिति घोषणा भएपनि निर्विबाद हामी पात्रमा सहमति गछौ ।  

तपाईंको बिचार