Thursday, June 20, 2019

ठमेललाई विश्वकै नमुना वाकिङ स्ट्रिटसँगै साइबर सिटि बनाउछौ : समिर गुरुङ

प्रकाशित मिति: 2018/03/03


नेपालको मुख्य पर्यटकिय गन्तव्य ठमेल पैदलमार्ग (वाकिङ स्ट्रिट) संगै अव साईवर सिटी बनाउने तयारी भएको छ । ठमेल पर्यटन विकास परिषद्को पहलमा अव ठमेल साईवर सिटीका रुपमा पनि विकास गरिने भएको हो । ठमेल पर्यटन विकास परिषदले सवै सरोकारवाला निकायसंग छलफल भईरहेको जनाएको छ । ठमेल पहिलो चरण अन्तर्गत सोह्रखुट्टे उकालो देखि काठमाडौ  गेष्टहाउस सम्ममा अहिले वाकिङ स्ट्रिट (फ्र भेईकल जोन) को रुपमा विकास भईसकेको छ । अव पुरै ठमेल क्षेत्रलाई फ्रि भेईकल जोन संगै अव साईवर सिटीका रुपमा विकास हुने भएको छ । अव बन्ने ठमेल र विस्तार गर्न बांकी रहेको फ्रि भेइकल जोनको तयारी कसरी भईरहेको छ यसै विषयमा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ सँग गन्तव्य नेपालले गरेको कुराकानीको सम्पादित अंश 

ठमेललाई पूर्ण रुपमा फ्रि भेइकल जोन बनाउने कार्य कहाँ पुग्यो ? 

ठमेललाई हामीले पहिलो चरण अन्तर्गत सोह्रखुट्टे उकालो हुदै काठमाडौ गेस्टहाउस सम्मको क्षेत्रलाई फ्रि भेईकल जोन घोषणा गरेर वाकिङ स्ट्रिट बनाईसकेका छौं । अव दोश्रो चरण अन्तर्गत फ्रि भेइकल जोनको कामको तयारी भइरहेको छ । र तेस्रो चरणको काम सम्पन्न भएपछि ठमेलको सवै क्षेत्र फ्री भेइकल जोन बनाउने योजना रहेको छ । जसपश्चात यस क्षेत्रमा भ्रमणमा आउने जो कोहीले पनि ढुक्कसँग घुम्न पाउने छन् । 


ठमेललाई फ्रि भेइकल जोन बनाउदा पुर्वाधार विकासको कुरालाई हेरिएन भन्ने गुनासो छ नी ?

मलाई लाग्छ, सम्भवत नेपाल कै पहिलो वाकिङ स्ट्रिटका रुपमा हामीले ठमेलका केहि भागमा वाकिङ स्ट्रिटका रुपमा विकास गरेका हौ । झण्डै चार महिना वितिसकेको छ । यो अवधीमा हामीले पर्यटक र व्यवसायी सबैबाट राम्रो प्रतिक्रिया पाएका छौ । तसर्थ पुर्वाधारको विकास भन्दा पनि ढल, पानीको पाईप विच्छयाउने क्रममा केहि समस्या भएको हो । तर अहिले त्यस्तो छैन । पुर्वाधारसंगै विकास निर्मँणलाई पनि हामी सँगै अगाडि बढाउछौ ।

 
फ्रि भेइकल जोन घोषणा गर्दा सवारी साधनको पार्किङको व्यवस्था गरिएन यसले समस्या निमत्याउदैन ? 

तत्कालका लागि देखिन सक्ने पार्किङको समस्यालाई समाधान गर्न अहिले हामीले छांयादेवी कम्प्लेक्समा व्यवस्था गरेका छौ । त्यहाँ दुई सय भन्दा बढि गाडी पार्किङ गर्न  सकिन्छ । ट्राफिक प्रहरीले सवारी साधन व्यवस्थापनको लागि सहयोग गर्दै आएको छ ।  योसँगै दीर्घकालिन पार्किङका लागि सरकारी जग्गाको खोजी पनि गरिरहेका छौ । लैनचौरको समाज कल्याणको जग्गामा समेत पार्किङको व्यवस्था गर्ने पहल भइरहेको छ । 

योसँगै तपाईहरुले थाल्नु भएको क्लिन ठमेल अभियान चाही कहाँ पुग्यो ?

क्लिन ठमेल अभियान अहिले पनि निरन्तर चलिरहेको छ । र, भोलीका दिनमा पनि त्यो निरन्तर चलिरहने छ । वास्तवमा ठमेल अनैतिक कार्यहरुले बदनाम हुन लागे पछि यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न हामीले त्यो अभिायनको थालनी गरेका थियौ । अहिले हामी यहि अभियान अन्तर्गत ठमेललाई साईवर सिटी बनाउने योजनामा समेत छौं । 

ठमेल साईवर सिटी बनाउने विषयबारेमा  चाही थप प्रष्ट्याइदिनुस् न ? 

ठमेल फ्रि भेइकल जोन संगै साईवर सिटी बनाउने  विषयमा समेत छलफल गरिरहेका छौं । अहिले ठमेलको कुना कुनामा सिसी क्यामरा जडान भईसकेको छ । ठमेललाई विश्वकै नं १ वाकिङ स्ट्रिटसंगै साईवर सिटी बनाउने लक्ष्य पुरा सम्भव छ भन्ने लागेर हामी त्यसको गृहकार्यमा छौ । यसबारेमा तपाईहरुले छिटैनै महसुश गर्न पाउनु हुने छ । 

पर्यटन परिषद्ले ठमेलको व्यवस्थापनसँगै पर्यटक आकर्षित गर्न अरु केके गर्दै छ ?

अवको सिजन भनेको पर्यटक आउने सिजन हो । त्यसैल ठमेलको विकासमा हामी सवै स्थानिय सरोकारवाला निकाय र व्यवसायी सवै संग मिलेर अघि बढ्ने छौं । पर्यटन क्षेत्र प्रत्यक्ष रोजगारीसंग जोडिएको क्षेत्र हो । अहिले नेपाली विदेशीनु पर्ने बाध्यता छ । यसलाई रोक्न पनि  पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । हामी ठमेल सुरक्षित र सभ्य छ भन्ने सन्देश विश्व भरि फैलाउन सक्छौ । त्यसैले नेपालमा पर्यटनको विकासका लागि सवै मिलेर अघि बढ्न सक्नु पर्छ ।

तपाईंको बिचार