Thursday, October 19, 2017

विना सल्लाह टान महासचिवमा मेरो विकल्प खोजे नीट नेपालको समर्थन चाहिदैन् : शेर्पा

प्रकाशित मिति: 2015/08/24
सोनाम जी शेर्पा, कार्यसमिति सदस्य –टान
सोनाम जी शेर्पा, कार्यसमिति सदस्य –टान

सोनाम जि शेर्पा टानका कार्यसमिति सदस्य हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुलिसकेका शेर्पाले वर्तमान टानको कार्यसमिति सदस्य पदमा रहेर कार्य गरिरहेका छन् । टानको आगामी निर्वाचनमा महासचिव पदको दावेदारी प्रस्तुत गर्दै आएका उनै शेर्पासँग टानको निर्वाचनमा भएको ढिलाइ र महासचिव पदको उम्मेदवारी घोषणाका विषयमा गन्तव्य नेपालको पाँच प्रश्न : 

 टानको साधारण सभाको मिति घोषण गर्न केले अवरोध गरिहरको छ ?
 यो पटक मात्र होइन् । जुन वर्षको साधारण सभाले टानमा नयाँ नेतृत्व चयन गर्छ त्यो समय हरेक पटक यस्ता कुरा उठ्ने गरेका छन् । त्यसो भनेर हामी कार्यसमिति सदस्यहरु भने चुप लागेर बसेका छैनौ । नेतृत्वलाइ झकझकाइ रहेका छौ । कि अव साधारण सभाको मिति तोक्न ढिला गर्नु हुदैन् । अव हामी यसैका लागि छिटै बैठक बस्दै छौ । भने अर्कोतर्फ टिम्सको रकमको हिसाव किताव भइरहेको छ । त्यो सकिनासाथ हामी अवको केही दिनमा टानको साधारण सभाको मिति सार्वजानीक गछौ । 


तपाइ टानको भावि महासचिव मै हो भन्दैे सहयोगका लागि आग्रह गर्दै  हिड्नु भएको छ तपाइलाइ चाहि हतार छैन् ?
    हैन् त्यसरी बुझ्न भएन् । एउटा संस्थाको जुन आफ्नै विद्यान अनुसार संचालन भएको हुन्छ । त्यो संस्थाको साधारण सभा पनि समयमै हुनुपर्छ भन्ने कुरा त हामीले पनि गरिरहेका छौ । अव जहाँ सम्म महासचिव पदको उम्मेदवारको कुरा गर्नुभयो । हो म यसपटक टानको आगामी कार्यसमिति सदस्यका लागि महासचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु । यस पटक सो पदमा शेर्पा समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने लागेको छ । 

टानको नेतृत्व चयनमा कति राजनीति हुन्छ त्यो तपाइलाइ भनि रहनै पदैन् तपाइ त अझ कांग्रेस समर्थित नीट नेपालको सदस्य पनि अनि तपाइलाई निट नेपालले अवको उम्मेदवार तपाइनै हो भनिसक्यो ? 
    विगतमा पनि मैले सदस्यमा उम्मेदवारी दिनु अगावै पनि साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षमा उठाउने निर्णय गर्नुभएको हो । मैले होइन् मसँग पर्यटन क्षेत्रको बारेमा ज्ञान भएपनि  टानको कार्यसमतिमा बसेर काम गरेको अनुभव छैन् । एक पटक सदस्यनै रहेर कार्य गर्छु पछि अन्य पदमा जाउला भनेको थिए  ।  तपाइले भने जस्तै विगतमा पनि राजनीतिक भागवण्डा नभएको होइन् । तर यसपटक मलाइ निट नेपालले मात्र होइन् सबै व्यवसायीले महासचिव पदका लागि समर्थन गर्नेछन् । म एउटा सोलुखुम्वुको शेर्पा परिवारको मान्छे शेर्पा समुदायसँगको अस्तित्वका लागि पनि म महासचिवमा उठ्ने तयारीमा छु ।  

नीट नेपालले समर्थन नगरेको खण्डमा महासचिवमामा दावेदवारी दिने सम्भावना कतिको छ ? 
प्रवल छ, मसँग पर्यटन क्षेत्रको राम्रो अनुभव छ । सबैलाइ मिलाएर पर्यटन क्षेत्रको हक हितमा कार्य गर्ने क्षमता मसँग छ । विगतमा पनि मलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्नेले अहिले महसचिवमा त उपयूत्त पात्र होइन भन्ने कुरा आउदैन् । तर विना सल्लाह महासचिवमा मेरो विकल्प खोजे निट नेपालको समर्थन छाडेरै भएपनि म अरुसँग सहकार्य गर्दै सो पदम उम्मेदवारी दिन्छु । 

तपाइलाइ महसचिवकै उम्मेदवार चाहि किन बनाउने ? 
    मैले अघिनै पनि पटक पटक भने अघिल्लो पटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्ने व्यक्तिलाई यसपटक महासचिव किन नबनाउने भन्ने कुरा पनि हुन्छ । म शेर्पा समुदायको पनि व्यत्ति भएकाले अहिले मलाई सबैले सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् । शेर्पा समुदायको अस्तत्विका लागि पनि म महासचिव पदको दावेदार हु ।  

तपाईंको बिचार