Tuesday, March 28, 2017  |    

युटीन १० प्रतिशत हो, हामी मञ्च ९० प्रतिशत हौँ : शिंखडा

प्रकाशित मिति: 2015/08/31
 गणेश शिंखडा, अध्यक्ष, नेपाल पर्यटन व्यवसायी मञ्च
गणेश शिंखडा, अध्यक्ष, नेपाल पर्यटन व्यवसायी मञ्च

गणेश शिंखडा नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहिआउनु भएका शिंखडासँग संस्थाको गतिविधिलगायत समग्र पर्यटन क्षेत्रका समसामयीक विभिन्न विषयमाथी आधारित रहेर गन्तब्य नेपाल न्यूजले गरेको संवाद प्रस्तुत छ :

 

संस्थाको अध्यक्षमा पुनः चुनिएर आउनुभएको छ, संस्थालाई कसरी अगाडी बढाउने प्रण गर्नुभएको छ ?
सबै साथीहरुको समझदारीमा नेपाल पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा चुनिएर आएको छु । पर्यटन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्टिय क्षेत्रमा देखिएका विभिन्न नकारात्मक प्रचारहरुलाई चिर्ने, बि टू बि र प्रेस टू प्रेसको अवधारणाबाट पर्यटन प्रवद्र्धनलाई बढावा दिने कार्यहरु छन । त्यस्तै अर्कोतिर मञ्चको क्षेत्रिय कार्यालय विस्तारको कामहरु गर्छौँ, साथसाथै संगठन विस्तारको कार्यहरु पनि हुनेछन् । केही साथीहरु संस्थाको सदस्यता लिन आतुर हुनुहुन्छ, उहाँहरुलाई सदस्यता वितरण गर्नु आवश्यक छ । पोखरा, चितवन, लुम्बिनी, नेपालगञ्जलगायतका ठाउँहरुमा संगठनका कार्यालय स्थापना गर्नेछौँ, त्यहाँका व्यवसायी साथीहरुले बोलाईरहनु भएको छ । त्यस्तै हाल भएका कार्यसमिति सदस्य संख्या पनि बढाउने योजना छ । 

एउटै दल एमाओवादीसम्बद्ध दुईवटा पर्यटकीय संस्थाहरु छन, केही समय पहिले तपाइँ र कमल सापकोटाले नेतृत्व गर्ने दुई संगठनको एकताको कुरा आएको थियो त्यो कहाँ पुग्यो ?
के कुरा बुझ्न आवश्यक छ भने, नेपाल पर्यटन व्यवसायी मञ्च पर्यटन व्यवसायीहरुको हित र हितका निम्ति स्थापित र लडने संगठन हो । विनासकारी भूकम्पपछि  नेपालको पर्यटन क्षेत्र तहसनहस भएको स्थिति छ । प्राकृतिक विपतिबाहेक बन्द÷हडतालले नेपालको पर्यटन क्षेत्र र यसमा आवद्ध भएका व्यवसायी÷संघसंस्थाहरुलाई अत्यन्तै मर्कामा पारेको छ । यस्तो अवस्थामा हामी पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र विस्तारका लागि लागिरहेका छौँ । हाम्रो एउटै मात्र एजेन्डा भनेको सम्पूर्ण व्यवसायीहरुलाई एक बनाएर लग्ने हो । पार्टीको समर्थक, सुभचिन्तकलगायत प्रगतिशीत सोच भएका स्वाभिमानी पर्यटन व्यवसायीहरुलाई समेटेर लैजाने हाम्रो सोच हो । 


मैले भन्न खोजेको पर्यटनमा एउटै दलसम्बद्ध दुईवटा संगठन छ, यसको आवश्यकता किन प¥यो र तपाइँहरु मिल्न किन सक्नुहुन्न ?
तपाइँले दुईवटा संगठन भन्नुभयो यो गलत त । केही साथीहरुले बाटो विराउनु भयो, संगठनमा पर्न सक्नुभएन । तथापी, उहाँहरुलाई ल्याउन विभिन्न प्रयत्नहरु ग¥यौँ÷गरिरहेका छौँ । १० प्रतिशत साथीहरु त्यतातिर हुनुहुन्छ, हामी ९० प्रतिशत साथीहरु यता छौँ । र, प्रजातान्त्रिक प्रक्रियाबाट आउन पनि उहाँहरु मान्नुहुन्न । चुनावको माध्यमबाट एकै ठाउँमा आऔँ, नेतृत्व चयन गरौँ भन्दा पनि उहाँहरु मान्नुहुन्न, नेतृत्वमा बस्नुस संगठन चलाउनुस भन्दा पनि उहाँहरु चलाउन सक्नुहुन्न । अकर्मण्डयतामा कोठाभित्र बसेर गुटबन्दी गर्नेमात्र हो साथीहरुको नियत । त्यसलाई अस्तित्वमा आएको छ भनेर मिडियामा तपाइँहरुले मिलाएर लेख्दिनु भएर मात्रै अस्तित्वमा आएको हो, उहाँहरुको अस्तित्व नै छैन् । पर्यटन बोर्डको अनियमितताको विरुद्ध आन्दोलन गर्दा हामी  एकै ठाउँमा थियौँ । नेपाल पर्यटन व्यवसायी मञ्च स्वाभिमानी पर्यटन व्यवसायीहरुको संगठन हो, व्यत्तिगत मनमुटावका कारणले बाटो विराएर केही समय उहाँहरु बाहिर बस्नुभएको हो । अन्ततः बाहिर रहेका ति १० प्रतिशत साथीहरु पनि यतै आउनुहुन्छ । केही साथीहरुले हामीलाई सन्देश पनि दिनुभएको छ, हामीहरु फारम भर्छौँ, तुरुन्तै आउँछौँ । 


हामी मिलिसक्यौँ, औपचारिक घोषणामात्र हुन बाँकी छ भन्नुभएको थियो नि केही समय पहिले !
संगठन फुटेकै होईन । एउटा कुरा के बुझ्नुस् भन्दा सामान्य दुई÷चार जना साथीहरु त्यहाँ हुनुहुन्छ, त्यसको आवश्यकता छैन् । हाम्रो संगठनको प्रथम अधिवेशन मै पर्यटन हेर्ने साथीहरुले यहि नै हो आधिकारीक भनेर बोलेर जानुभएको छ । कमलजीलाई पनि बोलाएर तपाइँको बन्द गर्नुस भनेर गईसक्नु भएको छ । ती साथीहरु विस्तारै आउने क्रम जारी छ । तत्कालै आउनका लागि उहाँहरु नसकेकोमात्र हो । मिलाउने प्रयत्न जारी छ । पर्यटन व्यवसाय केही मुठ्ठीभर मानिसहरु र माफियाको सञ्जालमा हिँडिरहेको छ । इमान्दार र असल मानिसहरुलाई ति माफियाहरुले एकिकृत हुन दिईरहेको छैन । तिनै माफियाहरुले केही साथीहरुलाई बोकेर हिँडेको हो । नेपाल पर्यटन व्यवसायी मञ्च फुटेको छैन र फुट्ने हालतमा पनि छैन् । 


बोर्डको अनियमितताका विरुद्ध आन्दोलन गर्नुभयो, जेटीसीसीमार्फत, अहिले गुपचुप हुनुहुन्छ, अव पर्यटन बोर्डको समस्या सुल्झिएको हो ?
सुल्झिएको छैन् । जब म बोर्डमा बोर्ड सदस्य भएर गएँ, त्यहाँ मैले विकृति र विसंगतीको चाङ देखेँ, त्यसको विरुद्ध मैले निरन्तर संघर्ष गरेँ । अनियमितताको विरुद्ध मन्त्रालय, सञ्चार क्षेत्र, व्यवसायीलगायत सबैसँग आफ्नो क्षमताले भ्याएसम्मको पहलकदमी गरेँ । म सिईओ छनोट समितिको पनि संयोजक बनेको थिएँ । मैले आर्थिक अपारदर्शिताको कुरा उजागर गर्न खोजेँ । मेरा विरुद्ध पनि १३ वटा मुद्दा परेका थिए, त्यसमा मैले अदालतबाट सफाई पाईसकेको छु । पर्यटन बोर्डको भ्रष्टाचार र अनियमितता एक हदसम्म अन्त्य भएको हो । 
अहिले पात्रमात्र परिवर्तन भएको तर संस्कार अन्त्य नभएको अर्थमा बुझ्नुपर्छ । नेतृत्व सक्षम नभएको कारणले र पर्यटन मन्त्रालय र मन्त्रीले एउटा कर्पोरेट हाउसझैँ चलाउन खोजेको कारण समस्या सुल्झिईसकेको छैन् । यसको एउटा उदाहरणको रुपमा बोर्डको नेपाल वेलकम डटकम वेवसाईट बन्द गराएर हाल अर्कै नेपाल नाउ डट ओआर जी चलाईएको छ । यो कस्को स्वामित्वमा चलाईएको छ ? यो वेवसाईटको प्रवद्र्धन गरेर अनुचित काम गर्न खोजिएको छ ।  नेपालमा पर्यटन व्यवसायभित्र रहेका माफियाहरुको विरुद्धमा आवाज उठाउनु जरुरी छ । पर्यटन बोर्डमा केही हदसम्म समस्या समाधान भएको छ तर यसलाई नेतृत्व दिन सकेको छैन । सरकार, मन्त्रालयले यसलाई नेतृत्व दिन सकेको छैन् । 

समस्या समाधान नभएको भए तपाइँ व्यवसायीहरु किन चुपचाप हुनुहुन्छ त ?
हामीले आवाज उठाईरहेका छौँ । चेतावनी दिनेदेखि लिएर मागपत्र प्रस्तु गर्नेलगायतका कामहरु गरिरहेका छौँ । हामी व्यवसायीहरु बन्द÷हडताल गर्ने पक्षमा छैनौँ । हामीले गर्ने भनेको त, सञ्चारमाध्यममार्फत समस्या उजागर गर्ने हो, कार्यक्रम गर्ने, विरोधपत्र, ज्ञापनपत्र प्रस्तुत गर्ने हो, यसबाहेकका कामहरु हामी गर्न सक्दैनौँ, यी काम गरिरहेकै छौँ । भोली आवश्यक पर्दा धर्नामै जानसक्ने अवस्था पनि आउनसक्छ । हामीभित्रै हिजो जेटीसीसीको आन्दोलनमा सहभागी साथीहरु पदलोलुपताको कारणले लोभीपापी माफियाहरुको जालमा पर्नुभएको छ, यो कमजोरी हो । 


पर्यटन बोर्डको यो संक्रमणमा मन्त्रालय तह नै जिम्मेवार देख्नुहुन्छ, तपाइँको बुझाई के छ ?
पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत चल्नुपर्ने हो । तर, बोर्डमा मन्त्रालयले पूरापुर हस्तक्षेप गरिरहेको अवस्था छ । एउटा दलको पनि एउटा समूहको ‘इन्ट्रेस्ट’को आधारमा बोर्ड चलिरहेको छ । चाँहिदानचाहिँदा विभिन्न कार्यक्रमहरु बनाउने, प्रपोजल बनाएर अनियमितता गर्ने काम भैरहेको छ, बोर्डमा । एमालेभित्रको एउटा गुटले आफ्नै पेसासरी यसलाई पूरै बदनामी गर्ने काम गरिरहेको छ । 


कुनै समय जेटीसीसीमार्फत एक भएर हिँडनुभएका पर्यटन व्यवासयीहरु अहिले विभाजित छन्, तपाइँलाई के लाग्छ जेटीसीसीको विवाद के हो ?
संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) भंग भएको छैन् । केही लोभीपापी व्यक्तिहरु आफ्नो दलको सरकार आयो भनेर केही ठाउँमा नियुक्ति पाउनका लागि बाहिरिनु भएको हो । समितिमा ४६ वटा संस्थाहरुको प्रतिनिधित्व थियो भने अहिले पाँच÷छ वटा संस्थाहरु गएका छन्, त्यो पनि आधिकारिक होईन । एक÷दुई जना मान्छेहरु टपक्क टिपेर लगेर जेटीसीसीको औचित्य छैन भनेर सरकार, मन्त्री र कुनै दलको एउटा गुटको भजनमण्डली गर्ने प्रयत्नमात्रै गरिएको हो । जेटीसीसी मन्त्रीले भनेको र अनियमितता र भ्रष्टाचारमा साक्षी बस्न मानेन भनेर यसको औचित्य सकियो भनेर फलाकिएको मात्र हो । सिङ्गो जेटीसीसीमा अहिले पनि ४० वटाभन्दा बढी संस्थाहरु छन्, तसर्थ यसको सान्दर्भिकता सकिएको छैन, सकिँदैन पनि  । 


टानको भावी नेतृत्पका लागि तपाइँले पनि इच्छा जाहेर गर्नुभएको छ, तर अहिलेसम्म संस्थाको निर्वाचनका लागि मिति घोषणा गरिएको छैन, यो अवस्थालाई कसरी हेर्नुभएको छ ?
समय आएपछि संस्थाको विधि र प्रकृयासम्मत तरिकाले निर्वाचन हुन्छ । टानको निर्वाचनको बारेमा यहाँभन्दा बढी नबोलौँ । टानको निर्वाचन  हुन्छ र समय आएपछि त्यसको मिति तोकिन्छ, कार्यसमितिले निर्वाचनको बारेमा जानकारी दिन्छ । जहाँसम्म मेरो सवाल छ, म अध्यक्षमा चुनिने कुरा बजारमा र सञ्चारमा आएका छन् । र, यसपटकको नेतृत्व एनेकपा माओवादीअन्तर्गन नेपाल पर्यटन व्यवसायी मञ्चले पाउने कुरामा दुईमत छैन् । यो खालको समझदारी बनेको थियो र यसका लागि लड्न मञ्च तयार छ । मिति तोक्नुअगावै ‘चल्ला गन्ने’ काम नेपाल पर्यटन व्यवसायी मञ्च गर्दैन । मिति घोषणा गरेपश्चात मञ्चले एकमतका साथ हामीभित्रका सदस्य साथीहरु जोकसैलाई पनि पठाउन सक्छ । हाम्रा साथी सबै अध्यक्षका लागि उचित पात्र हुनुहुन्छ । अध्यक्षको नाताले म आफू पनि छदैछु । तर, हामी संस्थाभित्र सहमती कायम गरेर अघि बढछौँ । 


टानको निर्वाचन सम्पन्न गर्नका लागि अहिलेसम्म मिति घोषणा नहुनुलाई साविकको समयमानै निर्वाचन नगर्ने अर्थमा लिएका छन नि कतिपयले ?
निर्वाचनका लागि मिति घोषणा नै भएको छैन्, समय नै नआएको अवस्थामा यो प्रश्न नै गलत छ । 


यसबाहेक निजी र सरकारी तवरबाट पर्यटन पुनरुत्थानका लागि भएका प्रयासलाई कसरी हेर्नुभएको छ ?
पर्यटन क्षेत्रअन्तर्गत निजी क्षेत्र यतिबेला अत्यत्तै ठूलो मर्कामा परेको छ । यतिबेला पर्यटन क्षेत्रलाई सहुलियतको आवश्यकता छ, तर सरकारबाट कुनै पनि पहल भएका छैनन.् । मुखले एउटा भनेको छ, तर व्यवहारीक रुपमा केही पनि भएको छैन् । अर्को कुरो मैले सुनेको छु पर्यटन मन्त्रालयबाट ८५ करोडको बजेट छुट्याएको छ । त्यहिँभित्रबाट पाएको जानकारीकाअनुसार त्यही बजेट पनि केही मुठ्ठीभर व्यक्तिहरुले आफ्नो एजेन्सि, घरपरिवारलाई फाईदा हुने किसिमले दुरुपयोग गर्न लागिरहेको छ । यसका लागि हामी खवरदामरी गर्न चाहन्छौँ । 
नेपालमा भूकम्पपछाडी पनि लगभग सबै कुराहरु ज्यूकात्यूँ छन्, हिमाल, प्राकृतिक, साँस्कृतिक सम्पदा सबै सुरक्षित नै छन्, यसको यर्थाथ जानकारी हामीले पस्कनुपर्छ । अझ सरकारले आउँदो अंग्रेजी बर्षलाई सम्पदा वर्षको रुपमा विकास गर्नुपर्छ, यसमा निजी क्षेत्रले भरमग्दुर प्रयास गरिरहेको छ । 
नेपालको पर्यटन क्षेत्र यत्तिको अगाडी बढ्नुमा निजी क्षेत्रकोमात्र हात छ । पर्यटनमा सरकारले नत ‘मिसन’ नत ‘भिजन’ नै छ । सरकार र पर्यटन मन्त्रालय माफियाकरणमा गएको छ ।  

 

तपाईंको बिचार