पर्यटन बोर्डको समस्या जेटीसीसीको कारणले अरु थपिएको छ : दाहाल
प्रकाशित मिति: 2015/09/02
नवराज दाहाल, अध्यक्ष, राष्ट्रिय पर्यटन व्यवसायी संगठन –नेपाल
विगत अढाई दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनु भएका नवराज दाहाल गणतान्त्रिक स्टोनियाको नेपालका लागि बाणीज्य दूत हुनुहुन्छ । उहाँ राष्ट्रिय पर्यटन महासंघ–नेपालका उपाध्यक्ष तथा नेकपा–माओवादीनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन –नेपालका अध्यक्ष हुनुहुन्छ । नेपाल इन्भारमेन्टल ट्रेक्सका सञ्चालकसमेत रहनुभएका उनै दाहालसँग पर्यटन क्षेत्रका समसामयीक विषयहरुमा आधारित रहेर गन्तव्य नेपाल न्यूज डटकमले गरेको पाँच प्रश्न:
टानको निर्वाचनको समय नजिकिँदै छ, तर अहिलेसम्म मिति तोक्नेलगायत तयारी खासै देखिन्न, यो विषयलाई कसरी नियाल्नुभएको छ ?
टान सम्पूर्ण ट्रेकिङ व्यवसायीहरुको छाता संगठन हो । प्रत्येक वर्ष यसको साधारणसभा र दुई–दुई वर्षमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुन्छ । संस्थाले आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र कार्यसमितिका लागि चुनाव गर्नुपर्ने विधानमा उल्लेख छ भने विगतका अभ्यासअनुरुप पनि सेप्टेम्बरमा संस्थाले नयाँ कार्यसमितिका लागि चुनाव सम्पन्न गर्नुपर्छ ।
तर, सेप्टेम्बरमा चुनाव गर्ने मनस्थिति वर्तमान कार्यसमितिमा देखिएको छैन् । भूकम्पले सिङ्ग पर्यटन क्षेत्रलाई नराम्रो असर पारेको र यसका कारण तयारी नपुगेको तथा पर्यटन व्यवसायीहरुले पनि सार्थक दवाव दिन नसकेको अवस्थालाई बुझेर टानले निर्वाचन सार्ने चेष्टा गरेको कुरा आएका छन् । तर, यो गलत छ ।
पर्यटक सिजन पनि आउन लागेकाले सेम्टेम्बरबाट निर्वाचन मिति पर सार्नु जायज छैन् । किनकी सेप्टेम्बरपछाडीको समय पर्यटन व्यवसायीहरुका लागि व्यस्त समय हो । तसर्थ सेप्टेम्बरमै निर्वाचन सम्पन्न गर्नुपर्छ । अन्तमा संस्थाको विधान, इतिहास र समयको अनुकुलताका दृष्टिले सेप्टेम्बरमै चुनाव सम्पन्न गर्नुपर्छं ।
टानको भावी नेतृत्वका लागि तपाइँ इच्छुक किन हुनुहुन्छ ?
म साढे दुई दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध छु । यसबाहेक टानमै पनि एक कार्यकाल कार्यसमिति सदस्य र महासचिवको जिम्मेवारी सम्हालिसकेको छु । पर्यटन क्षेत्रमा लामो समयदेखि आवद्ध रहेको, सम्बन्धित संस्थामै पनि जिम्मेवार पद सम्हालीसकेको तथा व्यवसायीहरुसँग राम्रो सम्बन्ध कायम गरेको हिसावले मैले नेतृत्वमा इच्छा देखाएको हो ।
विभिन्न कारणले टानको गरिमा पछिल्लो समय खस्किएको देखिन्छ । टानको कार्यसमितिले संस्थामा राजनीति गरेको छ, संस्थालाई एउटा भातृसंगठन जस्तोगरी चलाएको छ । यस्ता थुप्रो कारणले खस्किएको टानको ओजलाई जिवन्त तुल्याउन, व्यवसायीविच देखिएको राजनीतिक तथा अन्य विभाजनलाई चिरी एक बनाएर अघि बढाउन र नेपालको पर्यटन क्षेत्रको उचाई थप बढाउन सक्षम नेतृत्व आवश्यक छ भन्ने आम बुझाई छ । यसका लागि व्यवसायी साथीहरुले मेरो आवश्यकता बोध गरेको खण्डमा म जाने कुरा रहन्छ ।
नेतृत्वका लागि म योग्य छु भन्ने मेरो दावी पनि छ ।
एक समय जेजीसीसीमार्फत एक भएर अगाडी बढेका व्यवसायीहरु अहिले छिन्नभिन्न छन्, अहिले यसको औचित्यमाथि विवाद भएको देखिन्छ, यो कुरालाई कसरी हेर्नुभएको छ नि ?
मेरो त जेटीसीसी गठन प्रकृयामा नै विमती थियो । मलगायत केही साथीहरुले पर्यटन बोर्डको बेथितीको मुद्दालाई पहिल्यैदेखि उठाउँदै आईरहेका थियौँ । पछि लेनदेनका के–के विषय नमिलेपछि केही संस्थाका पदाधिकारीहरुले गोप्य कोठामा बसेर जेटीसीसी गठन गरेका हुन् । तसर्थ, आम व्यवसायी साथीहरुलाई उल्लु बनाउने हिसावले आन्दोलन उठेको थियो, स्वतस्फूर्त आएको आन्दोलन होईन यो । यद्यपी, यो मुद्दा जसरी उठे पनि जायज थियो ।
हामीले जेटीसीसीको विरोध गर्दै आएका थियौँ । यसलाई बुझेर पछि केही साथीहरु जेटीसीसीबाट बाहिरिनु भयो । अब यसलाई भंग गरेर नयाँ तरिकाले व्यवसायीहरु एक भएर अगाडी बढनु आवश्यक छ ।
सबैलाई एक गराएर अगाडी बढने शिलशिलामा राष्ट्रिय पर्यटन महासंघ –नेपाल एउटा विकल्प हुन सक्छ । महासंघ सबै संगठनको छाता संगठन हो । जेटीसीसीलाई भंग गरेर सबै व्यवसायीहरु महासंघमाफर्त एक हुन सक्छन् । राष्ट्रिय निर्देशन ऐन –२०१८ अनुसार गठन भएको महासंघ सेवा क्षेत्रसँग सम्बन्धिन संगठन हो ।
संयुक्त पर्यटन समन्वय समितिमार्फत व्यवसायी एक हुन सक्ने अवस्था छैन, बरु यसको सट्टा एकिकृत पर्यटन समन्वय समिति नाम गरेर अगाडी बढन सकिन्छ ।
नेपाल पर्यटन बोर्डको कार्यपद्धतीमा तपाइँको केही भन्नु छ ?
सबैलाई थाहा भएकै कुरा हो, बोर्ड अहिले निकम्मा छ । त्यहाँ एउटै दलको हालीमुहाली छ, त्यही दलसम्बद्ध व्यवसायीहरुको वर्चस्व छ, उनिहरुले नै चलाईरहेका छन् । यहाँ पहिल्यैदेखि केही माफियाहरुको पकड थियो । सार्वजनिक–निजी साझेदारीलगायत कुनै पनि नियम यसले मान्दैन् । यो आम व्यवसायीहरुको संस्था होईन् जस्तो देखिन्छ। अहिले पनि पर्यटन बोर्डको अवस्था तात्विक रुपमा विगतको भन्दा फरक छैन् ।
पर्यटन बोर्डको समस्या जेटीसीसीको कारणले अरु थपिएको छ । बोर्डसँग सम्बन्ध विग्रिएका कारण केही मुद्दालाईमात्र आक्रोसित रुपमा उठाएका हुन् । व्यवसायीहरुको स्विकृति लिएर आन्दोलनमा जानुपर्ने, सो भएन् । बोर्डलाई कुनै न कुनै रुपले आफ्नो पहुँचमा पार्ने तथा आर्थिक लेनदेनका कुराहरुले तिनलाई बोर्डका विरुद्ध लाग्न बाध्य बनाएको हो । अर्को कुरा बोर्डले टानसँग आर्थिक पाददर्शिता माग्दा टान चिढीएको भन्ने सुनिन्छ ।
पर्यटन क्षेत्रमो व्यापक गुटबन्दीको तपाइँहरु भुत्तभोगी हुनुहुन्छ । पछिल्लो समय बन्द हडतालले अरु झनै आक्रान्त बनेको छ । पर्यटन क्षेत्रको यी दुई रोगहरुलाई के भन्नुहुन्छ ?
केही वर्षयता गुटबन्दी पर्यटन क्षेत्रको विकासका लागि एउटा अवरोध बनेको छ । हामी सम्पूर्ण व्यवसायीहरुमा समानता भएर पनि विभाजीत छौँ, यो दुःखको कुरा हो ।
भूकम्पको असर स्वभाविक थियो । हाम्रो देशको परिपेक्ष्यमा भूकम्पको असर अन्य मुलुकमा भन्दा बढी रह्यो । तर, पर्यटन प्रवद्र्धनका लागि न सरकारले सकारात्मक पहल गर्न सक्यो नत निजी क्षेत्रले ठोस र परिणामात्मक काम गर्न सक्यो । बरु, यही बेला सबै निजी र सरकार दुवै क्षेत्र राजनीतिक विभाजन र संक्रमणले समस्या थपेको छ ।
पछिल्लो समय राजनीतिक दलहरुविच चलखेल सुरु भएको छ । लहरुविचको तनावले बन्द हडताल स्वभाविक भए पनि पर्यटन क्षेत्रमा यसले गम्भिर घाटा निम्त्याएको छ ।
तपाईंको बिचार