Monday, May 1, 2017  |    

कुनै किसिमको राजनीतिक छन्द र गन्ध बोर्डभित्र छैन् : सापकोटा

प्रकाशित मिति: 2015/09/06
राजेन्द्र सापकोटा, सदस्य, नेपाल पर्यटन बोर्ड सञ्चालन समिति
राजेन्द्र सापकोटा, सदस्य, नेपाल पर्यटन बोर्ड सञ्चालन समिति

राजेन्द्र सापकोटा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य हुनुहुन्छ । उहाँ नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरुमा सरिक रहिआउनु भएको छ । आउटडोर हिमालयन ट्रेक्सका सञ्चालकसमेत रहनुभएका युवा व्यवसायी सापकोटासँग गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको संवाद :   


नेपाल पर्यटन बोर्ड अहिले के गर्दैछ ?
खासगरी विनासकारी भूकम्पका कारण खस्केको पर्यटन क्षेत्रलाई लयमा ल्याउनका लागि काम गर्दैछौँ । यसक्रममा, मूख्यगरी भूकम्पले नेपाली पर्यटन क्षेत्र तहसनहस बनायो भन्ने नकारात्मक प्रचारप्रसारहरुलाई चिर्न आक्रामक प्रचार नीति अपनाएका छौँ । विभिन्न मुलुकहरुमा गएर ट्राभल सो गर्ने, हाम्रा पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका गर्ने, सामाजिक सञ्जालहरुमार्फत पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित र घुम्नयोग्य रहेको सकारात्मक प्रचार गर्नेदेखि लिएर विभिन्न मुलुकहरुमा रहेका हाम्रा दूतावास र महावाणिज्य दूतमार्फत पनि विभिन्न मुुलुकहरुका नागरिकलाई नेपाल आउनका लागि उत्प्रेरित गर्ने हिसावले प्रचार गरिरहेका छौँ । त्यस्तै बोर्डका नियमित कामअन्तर्गत ट्राभल फेअर र मार्टहरुमा सहभागिता जनाईरहेका छौँ । 

तपाइँले आक्रामक रुपमा पर्यटन प्रवद्र्धनमा जुटिरहेका छौँ भनिरहँदा बोर्डले पर्यटन प्रवद्धर्नार्थ ठोस काम गर्न नसकेकोजस्ता प्रतिक्रियाहरु आएका छन नि !
पर्यटन बोर्डको मूल मर्म भनेको नेपालको सांस्कृतिक तथा भौगोलिक सम्पदाहरुको संरक्षण गर्दै विश्ववजारमा नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास र प्रवद्र्धन गरी पर्यटक आगमन यथाशक्य बढाउने हो । सार्वजनिक –निजी साझेदारी (पीपीपी) को अवधारणामा स्थापना भएको बोर्ड आफ्नो मर्मबाट कत्ति पनि विचलित भएको छैन् । 
पर्यटन बोर्डले केही पनि गर्न सकेन भन्ने कुरासँग म ठाडो विमती राख्छु । खासगरी भूकम्पपछाडी नेपाल सुरक्षित छ भनेर विश्व बजारमा प्रचारप्रसार गर्ने र यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने काममा हामी अहोरात्र खटिरहेका छौँ । पर्यटन बोर्डकै सहकार्य र प्रयत्नमा विभिन्न देशका दूतावासहरुले नेपालको बारेमा जारी गरेको नकारात्मक सन्देशमूलक ट्राभल एडभाईजरी हटाएर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गराउन सफल भएका छौँ । बोर्डले केही पनि गरेन भन्ने कुरा तथ्यगत हुन सक्दैन् ।
 
पर्यटन बोर्ड आफ्नो मूल मर्म पीपीपी अवधारणाअन्तर्गत गएन भनेर आलोचना भएको सन्दर्भलाई के भन्नुहुन्छ ?
लामो समयदेखि अड्किरहेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ती प्रकृयादेखि लिएर केही विषयमा मुद्दामामिलाका कारण अदालती झन्झटले गर्दा पर्यटन बोर्ड अप्ठ्यारोमा परेको हो । कुनै पनि प्रकृया अगाडी बढाउन खोज्दा अदालतले अप्ठ्यारो परिदिएका कारणले समस्या देखिएका छन् । तर, म दावाका साथ भन्छु, हाल पर्यटन बार्डको नेतृत्व तहमा बसेका हामीहरु जो छौँ, राजनीतिक किसिमका गतिविधिहरु किमार्थ गरेका छैनौँ । आफू विगतमा हुँदा के गरिएको थियो, त्यसको कत्ति पनि समिक्षा नगर्ने अनि आलोचनाका लागि आलोचना गर्नेहरुले यस्तो भनेका हुन् । 
पर्यटन बोर्डमा हामीले ‘होल टायमर्स’ भएर कुनै पनि सेवा÷सुविधा नलिईकन स्वयंसेवा गरेका छौँ । बोर्ड राजनीतिक भयो भनेर जो भनिएको छ, यो दुष्प्रचारमात्र हो, कुनै पनि किसिमको राजनीतिक छन्द र गन्ध बोर्डभित्र छैन् । पीपीपी अवधारणाको मर्ममा बोर्ड झन कस्सिएको छ । निजी क्षेत्रसँग सुमधुर सम्बन्ध विस्तार गर्नेगरी उसले उठाएका धेरै मुद्दाहरु हामीले सम्बोधन गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रका सबै संघसंस्था, व्यवसायीहरुसँग सहकार्य गरेर सबैको भावनाको प्रतिनिधित्व गर्नेगरी सरकार र निजी क्षेत्रविच बलियो सेतु निर्माण गर्ने मार्गमा हामी अगाडी बढनेछौँ । 

पर्यटन बोर्डमा पर्यटन मन्त्रालय र मन्त्रीको छायाँ छ र बोर्र्ड एउटा निश्चित पार्टीको पनि खास गुटले सञ्चालन गर्छ भन्ने आरोप छ, यसमा तपाइँको जवाफ के छ ?
यो कुरामा कुनै पनि सत्यता छैन् । सबैले बुझ्नुपर्ने के छ भने पर्यटन बोर्ड आफैँमा स्वायक्त संस्था हो र यहि छ । बोर्डको ‘लाईन मिनिष्ट्री’ मात्र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय हो । मन्त्रालयका श्रीमान सचिव बोर्डको अध्यक्ष हुने हिसावले र मन्त्रालयको लाईन मिनिष्ट्री भएको नाताले मान्छेहरुले यसो भनेका होलान् । 
वर्तमान पर्यटन मन्त्रीबाट कुनै किसिमको हस्तक्षेप वा बोर्डमा हामीलाई गलत नियतले काम गर्नका लागि भनिएको पनि छैन् । बरु, हामीलाई काम गर्नका लागि हौसला प्रदान गर्दै कुनै पनि अप्ठ्यारा कामहरु भए सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । वर्तमान मन्त्रीज्यू नियुक्त हुनेवित्तिकै सिईओ नियुक्ती प्रकृया अगाडी बढाउनु भएको थियो । अदालतले फेरी हामीलाई रोकिदिएको छ । 
म स्पस्ट पार्न चाहन्छु, अहिलेको मन्त्रीबाट कुनै पनि खालको दवाव, अप्ठ्यारा कुराहरु आएका छैनन् र त्यस्तो खालको गुट÷उपगुट छैन । म पुनः दोहो¥याउन चाहन्छु –निजी क्षेत्रको प्रतिनिधित्व गर्दै म बोर्डको सञ्चालक समितिमा छु । मैले त्यहाँ निजी क्षेत्रको भावनालाई प्रतिनिधित्व गर्ने हो । म कुनै पनि राजनीतिक दलको भावनालाई चिन्दिनँ, बुझ्दिनँ र मान्दिनँ । 
 
निकै लामो समय भयो बोर्ड सिईआबिहीन भएको, छनोट प्रकृया कहाँ अड्किएको छ वा कता पुग्यो ?

सिईओ छनोट प्रकृया सांच्चै पेचिलो ढंगले आएको छ । हामी छानिएर गएपछिको सुरुदेखि नै सिईओ प्रकृयालाई अगाडी बढाउन प्रयत्न ग¥यौँ । पछिल्लो समय पर्यटन मन्त्रालयका तत्कालिन सचिव तथा बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठको प्रयत्न र मन्त्रीज्यूकोसमेतको सहयोगमा हामीले प्रकृया अगाडी बढाएका थियौँ । 
२०६८ सालमा ‘सर्ट लिष्टेट’ परेका १२ जनालाई अन्तर्वार्ताका लागि तयार रहनका लागि भनिएको थियो, सिईओ छनोटका लागि । र, २०६८ सालमा परिक्षाका लागि तयार गरिएकोलाई समावेश गराउने गरी र परिवर्तीत समय र परिवेशअनुसार हुर्किएको नयाँ उम्मेदवारलाई मिसाएर, नयाँ र पुरानोविच प्रतिस्पर्धा गराएर योग्य सिईओ छनोटका लागि हामीले प्रकृया अगाडी बढायौँ । दूर्भाग्यबस् पुनरावेदन अदालतले हामीलाई सो प्रकृया रोक्नलाई आदेश दिएको छ । त्यसकारण अहिलेलाई सिईओ प्रकृया रोकिएको छ । हामी अदालतभन्दा माथी छैनौँ । तर, अदालतको आदेशले रोकिएको प्रकृया कसरी सुचारु गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न कानुनी व्यवसायी र सरोकारवालाहरुसँग छलफल गर्दैछौँ । छिट्टै नै यो विषयमा केही न केही निष्कर्षमा पुगेर अगाडी बढनेछौँ ।

आर्थिक वर्ष २०७२/०७३ का लागि बोर्डले बजेट विनीयोजन गर्दैछ, यो कहाँ र कसरी गरिँदै छ ?
हामीले आर्थिक वर्ष २०७२/०७३  का लागि करिव ७० करोडको बजेट अनुमान गरेका छौँ ।  यो बजेट हामीले मूलतः प्रचारप्रसारका लागि बढी केन्द्रित गरेका छौँ । कुल बजेटको करिव ६० प्रतिशत हिस्सा प्रचारप्रसारका लागि खर्च गरिनेछ । तसर्थ प्रचारप्रसार र बजारीकरणमा यो वर्षको धेरै हिस्सा बजेट खर्च हुनेछ ।

नेपाल माउन्टेनियरिङ एसोसियसन (एनएमए) ले उठाउने निश्चित चुचुराहरुको शूल्कको विषयमा पर्यटन मन्त्रालय र संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिमासमेत कुरा उठ्यो, तपाइँ पर्यटनको एक हिस्सेदारी निकाय पर्यटन बोर्डको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ, एनएमएको विषयमा के भन्नुहुन्छ ?
नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको संस्था हो, एनएमए । एनएमएले विगत लामो समयदेखि निश्चित हिमालको रोयल्टी उठाउँदै आएको छ । यसका अतिरिक्त उसले प्रवद्र्धनात्मक कामहरु पनि गर्दै आएको छ । रोयल्टी उठानमा केही कमीकमजोरी रह्यो होला, त्यतातिर म जान चाहन्न । व्यक्तिगत रुपमा भन्दा, एनएमएले ति हिमालहरु पाउनु नै उपयुक्त छ भन्ने म ठान्छु ।  तर पारदर्शिताको विषयमा स्पस्ट हुनुपर्छ । 
म पुनः जोड दिन चाहन्छु, एनएमएले जे पाईरहेको छ, त्यो नेपालको शाहसिक र पर्वतीय पर्यटनका लागि जायज छ, तर पारदर्शिताको विषयलाई उसले मूल रुपमा पालना गर्नुपर्छ । कानुनी र संवैधानिक पाटोबारे मैले बोल्नु आवश्यक छैन् । सरकारले पारदर्शीताको विषयमा हस्तक्षेप गरोस, तर अहिले पाईरहेको कुरा नखोसोस । उसले पाएको कुरा जायज छ । 

नेपालको पर्यटन विकासका लागि एक महत्वपूर्ण पाटो नेपाल वायुसेवा निगम (एनएसी) को संक्रमण अझै टुङ्गिएको छैन्, एनएसीको समस्या खास के हो भन्ने लाग्छ ?
संसारका विभिन्न मुलुकहरुसमक्ष हाम्रो सिधा उडान नहुनु ठूलो विडम्बनाको विषय हो । जवसम्म निगमले अन्तर्राष्ट्रिय रुपमा अमेरिका, युरोप, अष्ट्रेलिया, जापानलगायत अन्य एसियन मुलुकहरुसँग सिधा उडान गराउन सक्दैन, हाम्रो पर्यटन पर्यटनले गति लिन सक्दैन् । 
हाम्रो पर्यटनको मेरुदण्ड हो, नेपाल वायुसेवा निगम । सरकार नेपाल आयल निगमलाई चाहिँदा अर्बौँ रुपैयाँ ऋण दिन्छ तर पाँच वर्षमा पैसा उठाएर दिन्छु भन्ने सुगातरत्न कंशाकारले मागेको पैसा किन दिँदैन ? यो राज्यको पूर्वाग्रह हो भन्ने मलाई लाग्छ ।  तसर्थ राज्यले आफैँले ग्यारेन्टी लिएर निगमलाई ऋण प्रवाह गर्नुपर्छ । अहिले सुगातरत्न कंशाकारले पनि नयाँ अवधारणा ल्याउनु भएको छ । राज्यले सहजीकरण गरेर विभिन्न मुलुकहरुसँग सिधा उडानका लागि पहल गर्नुपर्छ । 
अर्को कुरा, निगमका अध्यक्षको बर्खास्ती र पुनः नियुक्तिका कुरा छ । कसैको व्यक्तिगत मामिलामा म प्रवेश गर्न चाहन्न । राज्यले उचितै ठानेर होकि सचिवलाई नै अध्यक्ष बनाउने अवस्था सृजना ग¥यो । 
 

टानको भावी महासचिवमा इच्छुक हुनुहुन्छ, यसका अतिरिक्त टानको यावत गतिविधि र समसामयीक विषयहरुमा केही भन्न चाहनुहुन्छ ?

हालका दिनमा नेपाल पर्यटन बोर्ड र टानका विचमा सुमधुर सम्बन्ध कायम हुन सकेको छैन् । म आफूभन्दा पनि मेरा साथीहरुले टान र पर्यटन बोर्डको सम्बन्ध अझ नजिक बनाउनका लागि, बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने हिसावले तथा टानको क्रियाशिल सदस्यको नाताले टानमा योगदान गर्नका लागि आग्रह गर्नुभएको छ । यो साथीहरुको आग्रह हो, मैले म आफैँ हुनुपर्छ भनेको छैन् । म बहुसंख्यक साथीहरुको सल्लाह, सुझावका आधारमा अघि बढने मान्छे हो । 
अर्को कुरा, म सुन्ने गर्छु, अहिले धेरै व्यवसायीले टानले जुन ढंगबाट भूकम्पपछाडी अस्तव्यस्त भएको नेपालको पर्यटन र खासगरी ट्रेकिङ क्षेत्रलाई अगाडी बढाउने हिसावले जति गतिविधि गर्नुपथ्र्यो सो देखिएको छैन् भन्ने गुनासो पोखेका छन् । यो टीमले राम्रो काम गर्न सकेन भनेर उहाँहरुले भन्नुभएको छ । टानको यहि कार्यसमितिले हिजो जे प्रतिवद्धता जनाएर जे जे काम गर्छु भनेर आउनुभएको थियो त्यसमा खासै काम गरेको देखिँदैन् । 
म टानलाई के आग्रह गर्न चाहन्छु भने, अहिले टानमा लोकतन्त्र बुझेको, यो मुलुकको लोकतान्त्रिक प्रकृयामा विभिन्न ढंगबाट योगदान गरि आफूलाई लोकतन्त्रको हिमायती सिद्ध गरेको व्यक्तिहरु हुनुहुन्छ । उहाँहरु जतिको लोकतान्त्रिक पद्धतीमा हुर्केको परिपक्व लोकतन्त्रवादीले टानको इतिहास र विधानअनुरुप जे सपथ खाएर जानुभएको थियो, सो विर्सनुहुन्छ भन्ने लाग्दैन । हुनत् अहिले बजारमा चुनाव घोषणा हुँदैन भन्ने जस्ता हल्लाहरु चलेका छन्, मलाई लाग्छ, उहाँहरुले समयमै निर्वाचन गरेर नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गरेर टानको इतिहासे विगार्नुहुन्न । समय मै निर्वाचन हुनेमा म विश्वस्त छु । 
    

तपाईंको बिचार