Wednesday, June 28, 2017  |    

पर्वतारोहण रोयल्टी बढाउनु भयंकर गलत हो

प्रकाशित मिति: 2015/04/05
  altठाकुरराज पाण्डे नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन व
altठाकुरराज पाण्डे नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन व

  altठाकुरराज पाण्डे नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन व्यवसायमा उठबस गरिरहनुभएका पाण्डेले आफ्नो व्यवसाय सँगसँगै विभिन्न पर्यटकीय संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । पछिल्लो समय सरकारले निर्धारण गरेको पर्वतारोहण रोयल्टी महंगो भएको भन्दै विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन् । यस विषयमा एनएमएको धारणा के र त्यसको समाधानको लागि के गरिरहेको छ ?, एनएमएका वर्तमान कार्यक्रमहरुजस्ता यिनै विषयवस्तुमा आधारित भएर महासचिव पाण्डेसँग गन्तव्य नेपाल साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश खालिङले गरेको अन्तरंग संवादः 


पछिल्लो पटक सार्वजनिक पर्वतारोहण रोयल्टीको विषय निकै विवादित बनिरहेको छ । यो समस्या समाधानको लागि तपाईंहरुको भूमिका देखिएन नि ? 
    मुख्य कुरा सरकारले पर्वतारोहण शुल्क नवीकरण गर्दा एनएमएलाई  असर परेको थियो । अहिले हामीलाई मुख्य समस्या ५८०० मिटरका जति पनि पिक छन् त्यो ट्रेकिङ पिकमा गयो । त्योभन्दा माथिको पहिला ३३ वटा थियो, ६ वटा गयो । अब २६ वटा छन् । सरकारले सबै हिमालको लागि गोलमटोल रुपमा पर्वतारोहण रोयल्टीको व्यवस्था गर्ने निर्णयले एनएमए पीकलाई ठूलो असर पारेको छ । यस विषयमा हामीले विभिन्न डेलिगेसनहरु गरिरहेका छौं । जब शुल्क बढ्यो सुरुमा साथीहरुले बुझेनन् तर अहिले सबैले बुझेका छन् । सरकारले शुल्क वृद्धि गर्दा एनएमएलाई नसोधी ग¥यो । अब त्यसको विषयमा विभाग मन्त्रालय सबै जना गल्ती भएछ, अवैज्ञानिक भएछ, अब सच्याउनुपर्छ भनेर लागिरहनुभएको छ । यस विषयमा हामीले सुझाव दिइरहेका छांै । हेर्दा ३÷४ जना चढ्ने ठाउँमा एक जना चढ्दा घटाए जस्तो देखियो । तर इन्स्योरेन्स सबैमा अनिवार्य भनेर जुन निर्णय भएको छ त्यसले गर्दा हाम्रो पर्वतारोहण ह्वात्तै महंगिएको छ ।  

सरकारले पर्वतारोहण रोयल्टीबारे जुन निर्णय ग¥यो, एनएमएले त्यही सार्वजनिक गरेपछि एनएमए सरकारको पक्षमा देखियो । व्यवसायीहरुले त्यसैको विरोध गरेका हुन् नि होइन ? 
    होइन, सरकारले जुन निर्णय ग¥यो, हामीले तुरुन्त यो गलत भयो, यसले ठूलो दुर्गति निम्त्याउँछ भनेर सबै ट्रेकिङ कम्पनीहरुसँग सुझाव मागेका थियौं । तर दुई÷चारवटा भन्दा सुझाव आएन । नआए पनि यो गलत छ यसलाई तत्काल सच्याउनुपर्छ भनेर मन्त्रालयलाई खबरदारी गर्न भोलिपल्टदेखि नै हामी लाग्यौं । रोयल्टीको विषयमा सरकारले जुन निर्णय गरेको छ, यो एउटा भयंकर गलत र अवैज्ञानिक काम हो । यो समस्या सल्टाउनको लागि हामी लागिपरेका छौं । नेपाल सरकारले राजस्व उठाउन दिएको संस्थाको नाताले उसले राखेको कुरा नराख्दा त्यो राम्रो देखिन्न भनेर हामीले नयाँ रोयल्टी सार्वजनिक गरेका हौं  । त्यससँगै हामीले त्यसलाई सच्याउनको लागि पहल गरिरहेका छौं । जसमा वर्तमान पर्यटनमन्त्री, सचिव र पर्यटन विभागका महानिर्देशक सकारात्मक देखिनुभएको छ । 

मन्त्री, सचिव र महानिर्देशक सबै सकारात्मक हुनुहुन्छ भन्ने कुरा गर्नुभयो, अनि सच्याउनचाहिँ कसले रोकेको छ त ? 
    यो अहिलेको मन्त्री, सचिव र महानिर्देशकको बेलामा भएको निर्णय होइन । यो निर्णय अघिल्लो समयमा भएको थियो । यसलाई सच्याउनको लागि अहिलेको प्रशासनिक सबै टिम सकारात्मक हुनुहुन्छ । 

यसको समाधान कसरी र कहिलेसम्म हुन्छ ? 
    हामीले संस्थागत रुपमा प्रयास गरिरहेकै छौं । यो कुरालाई सरकारले बेवास्ता गर्छ भने हामी वैकल्पिक उपाय खोज्न बाध्य हुनेछौं । अब राज्यले कायम गरेको रोयल्टी २५० क्याबिनेटले नसच्याएसम्म हामी केही पनि गर्न सक्दैनौं । यसको विकल्पको रुपमा हामी सुरक्षित रहन दरिलो कोष तयार गरेर अगाडि बढ्ने विकल्पको खोजी गर्नुपर्छ । यो सिजन देखि नै यदि सरकारले निर्णय सच्याएन भने तपाईंहरुले कोष तयार गरेर त्यसमार्फत अहिलेसम्म जति पनि व्यवसायीहरुले इन्स्योरेन्सबापतको रकम अनिवार्य भन्ने व्यवस्था हटाउँछौं । त्यो भएन भने त एनएमएको इतिहास नै सकिन्छ । 

एनएमएमा विदेश भ्रमणको विषयमा खुब विवाद हुन्छ है ? 
    एनएमए नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासका निम्ति स्थापित संस्था हो ।  अन्तर्राष्ट्रिय अल्पाइन एसोसिएसनको सदस्य समेत भएको हुनाले एनएमएले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा भाग लिनुपर्दछ । त्यसलाई निरन्तरता दिँदै हामी एनएमएमा आइसकेपछि पनि विभिन्न देशमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिइरहेका छौं । अहिलेसम्म अध्यक्षदेखि सदस्य सबैलाई जिम्मेवारी बाँडफाँड गरेर हरेक कार्यक्रमहरुमा प्रतिनिधित्व गराउने संस्कार बसालेका छौं । यो पटक अध्यक्षलगायतका साथीहरु युआईएएको मिटिङमा सहभागी हुनुभयो । क्रमिक रुपले उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत कार्यक्रममा सहभागी भएर एनएमएको तर्फबाट संस्थागत प्रतिनिधित्व गर्दै आएका छौं । विदेश भ्रमणको विषयलाई लिएर बाहिर जुन खालको क्रियाप्रतिक्रियाहरु आउने गरेका छन्, तिनलाई हामीले हाम्रो संस्थाको हितका लागि रचनात्मक सुझावको रुपले हेरेका छौँ । यदि हाम्रा गल्ती, कमी कमजोरीहरु छन् भने औंल्याइदिनुस् । 

अमेरिकाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने बेला असन्तुष्टि जाहेर भएको कुरा गलत हो ? 
    यो सबै गलत हो । हाम्रो केन्द्रीय कार्यसमितिको बैठकले एनएमएको सीमित बजेट विदेश भ्रमणका लागि भनेर छुट्याउने निर्णय गर्छ । कुन–कुन साथीहरु कहाँ जाने भनेर केन्द्रीय समिति बैठकमै भनिएको हुन्छ । अध्यक्ष कहाँ जाने, उपाध्यक्ष कहाँ जाने, महासचिव र सदस्यहरु कहाँ जाने भनेर पहिल्यै प्रष्टसँग निर्णय भइसकेको हुन्छ । त्यसैअनुरुप सबै कार्यक्रमहरुमा एनएमएको प्रतिनिधित्व हामीले गरिरहेका छौं । हाम्रो भावना भनेको अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सबै साथीहरु पुग्नुपर्छ भन्ने हो अनि सबैले अन्तर्राष्ट्रिय परिवेश बुझून् भन्ने नै हो । 

एनएमएमा आइसकेपछि विदेश भ्रमण सबैको लागि अनिवार्य हुने भयो होइन ? 
    एनएमएको लक्ष्य भनेको चाहिँ आफ्नै खर्चमा सबै साथीहरु विदेशका सबै ठाउँमा पुगून् भन्ने हो । साथीहरु आफैं पैसा हालेर विदेश जानुहुन्छ भने त्यो त राम्रो हो नि त । 

तपाईंहरुले चुनावी अभियानमा जुन एजेण्डाहरु घोषणा गर्नुभयो, त्यो काम त भएको देखिँदैन नि ?  
    जब हामी एनएमएमा निर्वाचित भयौं, त्यसपछि ४/५ वटा कुराहरुलाई विशेष प्राथमिकतामा राखेर अघि बढिरहेका छौं । जसमा सचिवालय भवन निर्माण गर्ने रहेको छ । त्यसको काम हाल अगाडि बढाइरहेका छौं । सगरमाथामा गएको हिमपहिरोले पर्वतारोहण क्षेत्रले ठूलो क्षति बेहोर्नुप¥यो । यसलाई ध्यानमा राखेर आरोहीहरुको जीविकोपार्जन र सामाजिक सुरक्षाको निम्ति भनेर एमआरडीएस फर्म तयार गरेका छौं । जहाँ स्वदेशी तथा विदेशीसँग सहयोग आउने क्रम जारी छ । त्यस्तै पोखराका अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय छ, जुन नेपालको गौरवको प्रोजेक्ट हो । त्यसको स्तरोन्नतिको विविध काम भइरहेका छन् । त्यसको अन्तिम रिपोर्ट आएपछि सार्वजनिक गर्नेछौं । अर्को मनाङमा माउन्टेनरिङ स्कुलको स्तरोन्नतिको निम्ति काम भइरहेको छ । अर्को लाङटाङमा माउन्टेनरिङ स्कुल बनाउनका लागि वातावरण मन्त्रालयलाई पत्राचार गर्ने काम गरेका छौं । उच्च हिमाली क्षेत्रहरुमा पोर्टर सेल्टरहरुको अवस्था सुधारका लागि काम गर्दैछौं । नेपालमा पहिलो चोटी हिमालयन होसकन्ट्रीको मिटिङ, माउन्टेन  फेष्टिवल ग¥यौं । त्यस्तै नियमित कार्यक्रमको रुपमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण डेलाई अझ बृहत् इभेन्टको रुपमा अघि बढाउने प्रयासस्वरुप कार्यक्रम गरेका छौं । सबै कार्यक्रमहरु काठमाडौं केन्द्रित भयो भन्ने कुरालाई मध्यनजर गर्दै हामीले यसै वर्ष पोखरामा चोयुचोयु डाइमण्ड जुब्ली मनायौं । अब हामी कञ्चनजंघा र मकालुलाई आधार बनाएर कार्यक्रम गर्न पूर्व जाँदै छौं । हरेक गतिविधि स्थानीयले पनि अपनत्व महसुुस गरुन् भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौं । हाम्रो लक्ष्य भनेको एनएमएको लागि राम्रो काम गर्नु हो त्यसबाहेक अरु केही स्वार्थ छैन । 

एनएमएको काम भनेको पर्वतारोहण र पर्वतारोहीको हितमा काम गर्ने हो । त्यसको लागि तपाईंहरुसँग खास नयाँ योजना र कार्यक्रमहरु केके छन् ?
    पर्वतारोहणमा पर्वतारोहीहरुको सामाजिक सुरक्षा हुनुपर्छ भनेर हामी लागि परिरहेका छौ । त्यसैको लागि हामीले एमआरडीएस फण्ड बनाएका छौं । त्यसमा बढीभन्दा बढी रकम जम्मा गर्ने अनि आरोहीहरुलाई सीपमूलक तालिमहरु प्रदान गर्ने त्यसले गर्दा भविष्यमा पनि हाम्रो लक्ष्य भनेको पुँजीको वृद्धि गर्ने हो, ताकि त्यसको लाभ पर्वतारोहीहरुले लिन सकून् । हामीसँग आबद्ध सदस्यहरुलाई हामी भनिरहेका छौं ‘हाम्रो वास्तविकता बुझेर हामीलाई सहयोग गर्दिनुस् ।’ हामीले सरकारसँग थप हिमाल माग गरिरहेका छौं । हिमाल चलाउन दिनुस् हामी त्यसलाई अन्तर्राष्ट्रिय प्रचारप्रसार एवं प्रवद्र्धन गर्छौं भनेर सरकारलाई भनिरहेका छौं । त्यसबाट प्राप्त आम्दानीको हामी पर्यावरण संरक्षण देखि मानव हितमा लगाउने हो । यस्तै अभियानहरुमा हामी निरन्तर लागिरहेका छौं र लागिरहने छौं । 

तपाईंले भन्नुभएको भवन बनाउने कुरा भाषण गर्ने राम्रो विषय बनेको छ, तर कामचाहिँ अहिलेसम्म देखिँदैन त ?
    असल नियतले सुरुवात गरिएको काम केही समय लागे पनि त्यो सफल भइछाड्छ । पहिला साथीहरुले यस विषयमा कुरा उठाउनुभयो । त्यसबेला विभिन्न समस्या उत्पन्न 
भयो । तर अहिले त हामी एकमत छौं । हाम्रो लक्ष्य विकास हो । अब हामी एक डेढ महिनाभित्रै भवनको डिजाइन ल्याउँछांै । भवन निर्माणको लागि काम सुरु भइसकेको छ । अब भदौको साधारणसभापश्चात्  जग हाल्ने काम सुरु हुन्छ । 

एनएमए मिडिया र पब्लिक फ्रेण्डली हुनसकेको छैन नि ? 
    तपाईंले उठाउनुभएको कुरा ठीक हो । हामीले विभागीय जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेका छौं । त्यहाँ कर्मचारीहरु छन् । हाम्रो सुचना तथा सञ्चार विभागमा गर्न खोज्दा खोज्दै पनि हुन नसकेको कुरालाई चाँडै नै सुधार्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

तपाईंहरु चुनावी प्रक्रियाबाट आउनुभएकोले अर्को पक्षलाई कसरी समेट्नुभएको छ ? 
    पक्ष र विपक्ष भनेको चुनाव सकेको भोलिपल्टसम्म मात्रै हो । चुनाव सकिएपछि हामी सबै एनएमए नै हौं । अहिले हाम्रो ज्यादै राम्रो सम्बन्ध छ । सबै निर्णय प्रक्रियामा उहाँहरुसँगै छलफल र समन्वय गरेर अघि बढेका छौं । उहाँहरुको पनि एनएमएलाई कसरी राम्रो बनाउने भन्ने नै चिन्ता छ । अहिले हामीकहाँ विमतिका स्वर छँदै छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सबै पक्षलाई समावेश गराइएको छ । हामी सबै यसमा एक छौं । विकास निर्माणदेखि सबै काममा  सबैको सहभागिता गराइएको छ । 

पिक प्रोफाइल बनाउने काम कहाँ पुग्यो ? 
    नेपालमा अहिले कति हिमाल छन् भनेर तथ्यांक छैन । त्यही अद्यावधिक गर्नका लागि सरकारले एनएमएका अध्यक्षको संयोजकत्वमा २१ सदस्यीय पिक प्रोफाइल समिति बनाएको छ । सो समितिले ३३ प्रतिशत काम सम्पन्न गरिसकेको छ । समितिले अब त्यसको फ्रेमवर्क तयार गरेर सम्बन्धित क्षेत्रमा गएर     सबै कुरा ल्याउने काम अगाडि बढाइँदै छ । यो हाम्रै कार्यकालमा पिकको डिजिटल प्रोफाइल ल्याउँनेछांै । हिमालमा गएर सबैकुरा तयार गर्न खर्चका दृष्टिकोणले पनि गाह्रो छ । त्यसैले बजेट बढाएर काम सम्पन्न गर्नको लागि पर्यटन विभाग र 
मन्त्रालय पनि सकारात्मक छन् ।

तपाईंको बिचार