Monday, August 26, 2019

कम्तीमा गाँउलेहरुले आफ्नो दुःख पोख्ने माध्यम बनेको छु :रमेश महत ।

प्रकाशित मिति: 2019/03/18

जिन्दगी अबिरल यात्रा हो । यद्यपी धर्तीमा सिर्जित सबै जिब तथा बस्तुको एउटा निश्चीत अवधी हुन्छ, नै यसबिचमा प्राप्त सफलता र असफलताको भिडमा नै मान्छेले आफ्नो जिन्दगीको उत्तरार्ध तय गर्दछ । मेरो आफ्नै बुझाई पनि प्रकृति प्रद्धत्त यी नै जिबन बिश्वास भन्दा पर छैन ।

रमेश महत, ५० । नुवाकोटको कबिलास गाउँपालिकामा आज भन्दा पचास बर्ष अगाडि जन्मेर ५० को दशक पार गर्दै गर्दा जिन्दगीका धेरै रंगहरु भोगेका छन । बाल्यकाल र प्राथमिक तहको अध्ययन गाउँमै बित्यो । गाँउका हुनेखाने बर्गमै पर्छन उनी, अर्थात रमेश महत । उनका हजुरबुवाका एकापट्टिका छोरा हुन २०४७ साल पछाडिका नामुद अर्थमन्त्री डा. रामशरण महत । पारिवारिक पृष्ठभुमिकै कारणले पनि हुनुपर्छ, जब किशोर अवस्था पार गरेर करियरको खोजी सुरु हुन थाल्यो उनको मनमा राजनीति तर्फको मोह बढ्यो । २०४७ सालमा काठमाण्डौको रत्नराज्य क्याम्पसमा स्नातक अध्ययन गर्दै गर्दा पत्रकारिता र बिद्यार्थी राजनीति सँगै अगाडि बढाएका महतले उतिबेला बिभिन्न राष्ट्रिय स्तरका मिडियामा पत्रकारिता पनि गरे । पछि गाँउ नुवाकोट कबिलास फर्किए । जिल्लाकै नेबिसंघ राजनीति गर्न थाले । ५० सालताका नेबि संघको नुवाकोट जिल्ला तदर्थ समितिमा सदस्य भए । बट्टार क्याम्पसमा अध्ययन गर्दै गर्दा नेबिसंघ ईकाई सदस्य पनि भए । अहिले नुवाकोट नेपाली कांग्रेस महासमिती सदस्य रहेका महत अघिल्लो निर्वाचनमा प्रदेश १ (ख) बाट प्रदेशसभा सदस्यको उमेद्धवार रहेपनि सफल हुन सकेनन । यद्यपी समाजसेवाको उनको योजना बिफल भएको छैन । उनी आज सम्म पनि उही बिद्यार्थीकालिन जोश जाँगर बोकेर स्थानिय क्षेत्रको बिकासमा तल्लीन छन ।

गन्तव्य नेपालसँग गफिदै गर्दा उनको राजनीतिलाई बुझ्ने र यसको प्रयोग गर्ने सन्दर्भ अन्य राजनीतिज्ञको भन्दा भिन्न छ । राजनीतिक परिवर्तन कुनै व्यक्ति बिशेषलाई नेतृत्वमा पुर्याउनका लागि आवश्यक होला, यसभित्रका उदारताका पाटा पञ्चायत र गणतन्त्रमा फरक हुन सक्लान यद्यपी राजनीति बिकाससँग जोडिनुपर्छ । तराईबाट १ केजी आँप खादै पहाडमा पुगेर बिसौनीपश्चात सुन्तला खाँदै हिमालको यात्रा दुई अढाई सय किलोमिटरको यात्रामा पुरा हुने हाम्रो भौगोलिक सिमा छ । यद्यपी संघियताको नाममा अधिकारको खोजी मात्रै भयो, नागरिकलाई यसको अनुभुति हुन पायो पाएन कसैले पनि सोधखोज गरेको छैन । हिमालबाट बहने हाम्रा नदीहरुका बगरमा शालिग्राम बहने भुमिका नागरिक हामी अझैपनि पछौटे छौ भनेर भनिरहनु नागरिक माथीको भद्धा मजाक भन्दा अरु केही होईन ।
राजनीतिलाई बिकाससँग जोडिनुपर्छ भन्ने महत कम्तीमा आफुले सक्ने सहयोग आमनागरिकको .तहबाट एकले अर्कोलाई गर्न सकेको खण्डमा अलिकति भएपनि जिबन सहजताको खोजी हुन सक्छ भन्ने उनको बुझाई छ ।
नुवाकोटकै कतिपय ठाँउमा खानेपानी छैन, राज्यसँग उनीहरुको उत्साह पनि छैन । राज्यको उपस्थीति हुनुपर्ने हो की होईन त्योसँग पनि मतलब भएन, उनीहरुलाई । एक छाक खान पाएकाहरुले खान नपाएकाहरुलाई सहयोग गरौ भनेर लागेको छु, त्यो भन्दा बढि त केही होईन ।
०७२ सालमा भुकम्प गयो । १ महिना जति रेस्क्यु अभियानमा लागे । बाटोघाटो नपुगेका ठाँउहरु नुवाकोटमा अझै धेरै छन, उतीबेलाको घटना सम्झीदै महत भन्छन, १६५ जनालाई हेलिकोप्टरबाटै उद्धार गरेर अस्पताल पुर्याउन सफल भईयो, राज्यकै मुख ताकेर बसेको भएँ दाहसंस्कार पनि हुन सक्ने अवस्था थिएन । गाँउ बसेर व्यक्तिगत लाभहानीका बिषय जिबनमा केकति प्राप्त भनेर सोचेको छैन, यद्यपी बेलाबखतमा गाँउ घुम्दा गाँउलेहरुले आफुलाई परेका पिर व्यथा सुनाउँछन, सक्ने कोशिस गरेकै छु, कम्तीमा उनीहरुले यो हाम्रै मान्छे हो भनेर स्वीकार गर्छन, त्यसले पनि स्वार्थी बन्न दिदैन । सफलताको अंकगणित आफै ओझेलमा पर्छ, जब गाँउलेले भरोसा ममाथि पोख्छन ।
द्धन्दको अवस्था झनै बिकराल थियो । भौतिक आक्रमण बढ्दो थियो , माओबादीका बिरुद्ध आवाज उठाउने तथा अन्य पार्टीका जोकोही व्यक्ति उनीहरुको निशानामा हुन्थे । उबेलाको घटना सम्झदै उनी भन्छन, गाँउमा उ बेला एक जना भद्र स्वभावका व्यक्ति गाबिस उपाध्यक्ष थिए, माओबादीले भौतिक आक्रमण गरेर खुट्टा भाँचेर मरणासन्न हुने गरी पिटे । त्यस्तो कठिन समयमा पनि उनलाई कसैले सहयोग गरेनन, सबैलाई डर भएर होला । पछि बहुतै अप्ठ्यारो गरी अस्पताल लगेर उपचार गरायौं । उहाँ निको पनि हुनुभयो । त्यसपछि उहाँ कहिल्यै फर्केर आउनुभएन, नमिठो अनुभुति मनमै छ ।
सामान्य व्यक्तिका संबेदना मभित्र पनि छन । यद्यपी मलाई सानो कुराले धेरै खुसी र दुःखी बनाउँदैनन । सायद जिबनका अंकगणितले पनि होला । कर्म गर्दै जाँदा जे प्राप्त हुन्छ, त्यो मैले प्राप्त गर्नु नै थियो, या जे गुमाउनु पर्छ त्यो मैले गुमाउनु नै थियो भनेर सोच्दा खुसी र दुःखका खाडल कम हुँदो रहेछ । ठ्याक्कै भन्नुपर्दा लाखौ चिठ्ठा परेजसरी आम मानिसले प्रकट गर्ने खुसी मेरो तहमा सामान्य लाग्छन । अबिरल यात्रामा सबै सामान्य हुन जस्तो लाग्छ । 
जिबनमा बैराग्यको उत्पत्ति कहीं न कही हुन्छ, नै यद्यपी त्यसलाई व्यक्तिले कसरी ग्रहण गर्छ, त्यसैमा भर पर्ने कुरा हो । सफलता असफलता दुबै कुराको आयु छ । कोही व्यक्ति जिबनभर सफल या असफल भईरहने भन्ने हुँदैन । यो त चक्र हो । धैर्यताले जिबन जिउन सघाउ पुुर्याउँछ, मेरो पनि त्यही हो ।
सबैथोक छाडेर राजनीतिमा लागिरहँदा आफुले सोचेजस्तो गरी नेतृत्वले काम नगर्दा चिन्ता र आक्रोस दुबै हुने रहेछ । सम्झीनुस, जापानले राम्रो गाडी बनाउँछ, १ लाख किलोमिटरको ग्यारेन्टी दिएर बजारमा पठाउँछ, तर ड्राईभर राम्रो भएन भने दुईचार किलोमिटरमै पनि गाडिको क्षति हुनसक्छ । ठिक त्यसैगरी देशको नेतृत्व देखापरेको छ । अरु त अरु आफ्नै पार्टी कांग्रेस नेतृत्व पनि काम नलाग्ने ड्राईभर जस्तै गरी पार्टीलाई चलाउन नसकेको उनको ठम्याई छ । बिपीले देखाएको मार्गदर्शन, नेपालको एकमात्रै डोमोक्रेटिक भनिएको पार्टीको नेतृत्व गलत हुँदा बैराग्य छाउनु स्वभाविक नै हो ।
सबै भद्रगोलको स्थीति देख्दा राजनीतिमा यत्तिका समय व्यतित भईसक्दा नेतृत्वमा अहिले नै जान मिल्ने भए तुरुन्त गएर भटाभट बिकास र परिवर्तनका काम गर्थे भन्ने जोश पनि कहिलेकाहिँ त आउँछ । यद्यपी ती कल्पना न हुन । सिण्डीकेट राजनीतिको जो असर युवापुस्ताले भोगेकै छ, ममा मात्रै लागु नहुने कुरा पनि त थिएन ।

 

तपाईंको बिचार