Monday, August 26, 2019

डिटीएम पर्यटन क्षेत्रको आधारशिला हो: गुडविल एम्वेसडर कमल सापकोटा

प्रकाशित मिति: 2019/04/04

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको आन्तरीक पर्यटन मेला (डिटीएम) तयारी अन्तीम चरणमा पुगेको छ । यही बैशाख १३ र १४ तदनुसार अप्रिल २६ र २७ तारिकमा काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला निजी क्षेत्रबाट सरकारको भिजन २०२० लाई सहयोग पुर्याउने उदेश्यले गर्न लागिएको आयोजकले बताएको छ ।

पहिला देश अनि बिदेश भन्ने नाराका साथ भृकुटीमण्डपको प्रदर्शनीहलसहितको खाली चौरमा सञ्चालन हुने मेलामा पर्यटन सम्बद्ध २ सय बढि स्टल रहनेछन, हालसम्म होटल, रेष्टुरा, स्कुलकलेज, हस्तकला, पर्यटकीय संघसंस्थाका प्रवद्र्धनसहितका स्टल धमाधम बुकिङ भैरहेको छ । मेलालाई सफल पार्न बिभिन्न सल्लाहकार समिती, गुडविल एम्बेसडर तथा शुभेच्छुकहरु सतहमा खटिएका छन । निकै व्यापक सहभागितका साथ कम्तीमा २ लाख अवलोकनकर्ता मेलामा भित्राउने तयारीका साथ यसको प्रचार ठमेल लगायत पर्यटकीय क्षेत्रमा युद्धस्तरमा गरिएको छ ।

आक्रमक प्रचारप्रसारमा खटिएका गुडविल एम्बेसडरहरुले यसको ख्याति बढाउनका लागि सरकारी पक्ष पनि जागरुक हुनुपर्ने बताईरहेका छन । सबैपक्षबाट वाहीवाही बटुलिरहेको मेलाका आकर्षण र यसको सन्देश कस्तो छ त, एम्बेसडरहरु कसरी लागि परेका छन, बुझ्ने कोसिस गरेका छौ । युद्धस्तरमा तयारी अगाडि बढ्दै गर्दा भेटिए, आन्तरीक पर्यटन मेला (डिटीएम) लागि गुडविल एम्बेसडर कमल सापकोटा ।

आन्तरीक पर्यटन मेला (डिटीएम) के हो ?
यो निजी क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्न गरिएको पहिलो कार्यक्रम हो । जसले पर्यटनलाई आन्तरीक पृष्ठभुमिमा नियाल्ने कोशिस गरेको छ ।

तयारी कस्तो छ ?
तयारी म्यानेजमेन्टले गरिरहेको छ, हामीले एम्बेसडरले गर्ने काम गरीरहेका छौ । यसको सकारात्मक पक्षको चर्चा हामीले गरिरहेका छौ ।

मेलाको आवश्यक्ता किन ?
अहिले बर्ष २०१९ चलिरहेको छ । अर्कोबर्ष २०२० मा २० लाख पर्यटक भित्राउने सरकारी योजना छ । पर्यटक बिदेशी मात्र होईनन, आन्तरीक रुपमा पनि घुम्ने संस्कृति बढ्दो क्रममा छ । यस्तोमा पर्यटकीय गन्तव्यको जानकारी र मानिसलाई पर्यटन क्षेत्र चलायमान छ है, यहाँ सबै मान्छे सुतेर बसेका छैनन, अबिरल जस्ता व्यक्तिहरु पनि छन, जो सधै पर्यटनको बिकासमा लागि परेका छन, बिभिन्न पर्यटक संघसंस्थाको भिडमा गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले सक्रियता देखाईरहेको छ । यस्तोमा प्रमुख रुपमा आन्तरीक तथा बाह्य पर्यटकलाई यहाँका क्षेत्रबारे जानकारी दिनु  नै हो ।

सरकारको भुमिका कस्तो छ ?
राम्रो नराम्रो दुबै किसिमको छ । पर्यटन सम्बद्ध क्रियाशिल संघसंस्थालाई उर्जा दिने ढंगले उसले काम गर्न जरुरी छ । पर्यटकीय क्षेत्रको जानकारी र बिकासमा अझै निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्नुपर्छ ।

सुझाव ?
आयोजक कमिटीलाई हाम्रो साथ सहयोग सदैब रहनेछ, समन्वय गर्दै अगाडि बढ्नुपर्छ भन्न चाहन्छु । सरकारका तर्फबाट पर्यटकीय गन्तव्यको उचित प्रचार, भौतिक संरचना, क्षेत्रबिशेष महत्वको बर्गिकरण गरेर अगाडि बढ्नु जरुरी छ ।

तपाईंको बिचार