Saturday, August 24, 2019

ठमेलबिकासको पाईपलाईनको काम पुरा गर्नको लागि हामी मैदानमा आएका हौ :खनाल

प्रकाशित मिति: 2019/06/06

  जेठ २३, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद् (टिटिडिसी)को यही जेठ २५ गते हुने निर्वाचनका लागि नेतृत्वहरुले प्रचार प्रसार तिब्र पारेका छन ।

परिषद् बर्तमान अध्यक्ष समिर गुरुङ, उपाध्यक्ष प्रकाशनरसिंह राणा र वर्तमान कार्यसमिति सदस्य अर्जुनलाल प्रधान नेतृत्वका लागि मैदानमा छन ।
ठमेलको बिकासमा नयाँ नेतृत्वको खोजी भईरहँदा वर्तमान अध्यक्ष समिर गुरुङ समुहले भने ठमेलबासीका समृद्धीका योजनाको सुरुवात आफ्नो दुईबर्षे कार्यकालमा भएपनि कतिपय दिर्घकालिन योजनाहरु पुरा गर्न समय पर्याप्त नभएको भन्दै अन्तिम पटकका लागि पुनः एकपटक नेतृत्वमा सहयोग गर्न आह्वान गर्दै चुनावी मैदानमा छ ।
दोस्रो कार्यकालका लागि समिर गुरुङको नेतृत्व किन आवश्यक्ता पर्यो, जित्ने आधार लगायतका बिषयमा समिर समुहका वर्तमान कोषाध्यक्ष तथा महासचिव प्रत्यासी उमेद्धवार नारायण खनालसँग बुझ्ने कोसिस गरेका छौ ।

१. दोस्रो कार्यकाल पनि नेतृत्व गर्छौ भन्दै तपाईहरुको समुह मैदानमा छ, किन ?
२ बर्षअघि साधारणसभाबाट समिर गुरुङको नेतृत्वमा हामीले परिषद् सम्हाल्न पुग्यौ । म आफै कोषाध्यक्ष भएर काम गर्ने मौका पाएँ । तर परिषद्मा आवद्ध भईसकेपछि जुन योजना र लक्ष्य बनाएका थियौ, जति सक्दो दु्रत रुपमा कामहरु भए । तर केही दिर्घकालिन र परिक्षणपश्चात गर्नुपर्ने कामहरु सबै ठाँउमा पुर्याउन समयलाई पर्खिनुपर्ने हुन्छ । यस्तोमा हामीले योजनाहरु सुरुवात गर्यौ, तर सबै योजनाहरु पुरा भईसकेका छैनन, ति प्रक्रियामै छन । यसर्थ पुर्ण नतिजा सुम्पनको लागि हामीलाई पुनः एकपटक सहयोग गर्नुस भनेका हौ ।
 

२. पुरा हुन बाँकी छन, सहयोग गर्नुस भन्नुभो, नयाँ योजना चै छैनन ?
अवश्य पनि छन, नर्सिङ चोकदेखी मनाङ मस्र्याङदी सम्म फ्रि भेईकल जोनका कुराहरु यसअघि नै भए तर त्यसको प्रभाव व्यावसायीलाई कस्तो पर्यो उहाँहरुसँग सरसल्लाह गरेर अन्य क्षेत्रमा पनि बिस्तार गर्ने हाम्रो तयारी छ । यसर्थ ठमेलको बिकासमा व्यावसायी र घरधनीको चित्त बुझाएर मात्र हामी अगाडि बढ्छौ । उहाँहरुकै सल्लाह र सुझाब अनुसार हामी अगाडि बढिरहेका छौ ।
 

३. तर यहाँहरु अहिले फुट्नुभयो नि, अघिल्लो कार्यसमितिमा  सँगै रहेका साथीहरु अहिले अन्य प्यानलमा उमेद्धवार बनेका छन अनि ?
यो नितान्त लोकतान्त्रिक प्रक्रिया हो । नेतृत्वमा आउने चाहना जोकोहीलाई हुन्छ, मलाई पनि छ, यद्यपी समयको मागलाई बुझ्न जरुरी हुन्छ । अहिले त्रिपक्षीय भिडन्तको कुरा भैरहँदा उहाँहरु सबै समिर समुहमै थिए भनेर बिर्सनुहुँदैन ।
 

४. प्रधान, राणा समुह भन्दा तपाई गुरुङ समुहलाई ठमेल बासीले किन पत्याउने ?
सर्बप्रथम त : ठमेलमा फ्रि भेईकल जोनको अवधारणा र यसलाई लागु गराउन हामीले बिशेष पहल गर्यौ, व्यावसायी र स्थानिय सँग सरसल्लाह गरेर प्रभाव मुल्यांकन पश्चात अन्य ठाँउमा पनि लागु गर्छौ । दोस्रो नर्थ फिल क्याफे आसपास क्षेत्रमा बर्षौ देखी ढलले ठमेल बगायो, भनेर नकारात्मक टिप्पणी र निरासा अब गर्नुपरेन, त्यो समस्या हामीले जरैदेखी उखेलिदियौ । अर्को संञ्चयकोश क्षेत्रमा तेस्रो लिंगी र रात्रीकालिन व्यावसायका नाममा बिकृती बढ्यो भनेर आम व्यावसायी तथा स्थानियको गुनासो अहिले पुर्णतः समाधान भएको छ । यसर्थ ठमेलको मुख्य चुनौतीका रुपमा रहेका बाटोघाटो, ढल, र सामाजिक आचारण सहि गर्नुपर्ने जेजति सवाल थिए, त्यो हामीले पुरा गर्यौ, बर्षौदेखीको काँडा झिकीदियौ । अब भन्नुस, हामीलाई भोट किन नदिने । ठमेलबासीको समर्थन हामीलाई छ । हामी गर्छौ ।

  

तपाईंको बिचार