Saturday, July 22, 2017  |    

शहीद दिवसको अवसरमा इतिहासकै ठूलो झण्डा फहराइयो

प्रकाशित मिति: 2017/01/29

माघ १६, काठमाडौं । शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।

झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए । १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ।

तपाईंको बिचार