Sunday, April 30, 2017  |    

एसएफटी यु–१६ फुटबलको लागि १८ सदस्यीय नेपाली टोली घोषणा

प्रकाशित मिति: 2017/03/05

फागुन २२, काठमाडौं । एसएफटी दक्षिण एसिया–जापान यु–१६ फुटबल आदान–प्रदान कार्यक्रमका लागि एन्फाले १८ सदस्यीय नेपाली यु–१५ टीमको घोषणा गरेको छ।

जापान फुटबल फेडरेशनले आयोजना गर्ने यो खेल मार्च १० देखि १४ सम्म श्रीलंकामा हुनेछ। टिमको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका छन्। सनोज श्रेष्ठ र नवीन महर्जन विकास निर्देशक छन् भने टिम म्यानेजरको रुपमा मधुसुधन उपाध्यायलाई तोकिएको छ।
 
चार टिमको सहभागिता रहने सो कार्यक्रममा नेपालसँगै भुटान, श्रीलंका र जापानको युवा टिमको सहभागिता रहनेछ। खेलका लागि नेपाली टोली मार्च ९ मा त्यसतर्फ प्रस्थान गर्ने भएको छ। 

टोलीमा निम्न खेलाडी समावेश 
१. अभिषेक श्रेष्ठ
२. बिरजेश चौधरी
३. दीपक भण्डारा
४. कार्लोश बखारिया
५. पदम भट्टराई
६. पृथ्वी चौधरी
७. पुकार खड्का
८. रन्दीप पौडेल
९. रञ्जन पुन
१० सिद्धान्त रानामगर
११. रोशन रानामगर
१२. सञ्जीव अर्याल
१३. सञ्जु श्रेष्ठ
१४. सौगात खवास
१५. शिशिर लेखी
१६. श्यारब लो तामाङ
१७. रोशन दोङ
१८. रोशन थापा

तपाईंको बिचार