Wednesday, August 21, 2019

क्षेत्रीय तालीम केन्द्रको शिलान्यास

प्रकाशित मिति: 2018/06/24

पोखरा । पोखरा लेखनाथ महानगरपालिका खुदीमा रु चार करोडको लागतमा क्षेत्रीयस्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा सभाहलसहितको तीन तल्ले तालीम भवनको संघीय सभासद् खगराज अधिकारीले शिलान्यास गरे ।

उनले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पुर्याउन निर्माणाधीन तालीम केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य दीपक कोइरालाले शहरको सभ्यता खानेपानीसँग जोडिएको बताउँदै पानी शुद्धीकरणका बारेमा उपभोक्तालाई सचेत गराउनुपर्ने बताए ।

उपभोक्ता समितिका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा मुरारी शर्मा र हरिप्रसाद लामिछानेले तालीम भवनका बारेमा प्रकाश पारेका थिए ।

तपाईंको बिचार