Wednesday, December 11, 2019

मधेशी र पहाडी समुदायको सम्बन्ध नाटक ‘मिता आव कोना चलब’ मा

प्रकाशित मिति: 2019/05/09
काठमाडौं । नेपालमा बसोबास गर्ने पहाडी र मधेशी समुदायबीचको सम्बन्ध सधै राम्रो नै रहने गरेको छ।  तर यो सम्बन्धलाई बेलाबेलामा हुने राजनीतिक दलहरुको तिक्तताले धुमिल्याउने गरेको छ । राजनीतिक कारणले धुमिल बन्ने गरेको सम्बन्धका कारण निम्तिएको समस्या र त्यसको समाधानलाई नाटक ‘मिता आव कोना चलब’ ले उजागर गरेको छ। 
 
गत शुक्रबार देखि अनामनगरको मण्डला थिएटरमा मञ्चन भइरहेको यस नाटमा मधेशी र पहाडि समुदायलाई मित–मितका रुपमा प्रस्तुत गरि सम्बन्धलाई उजिल्याउने प्रयास गरिएको छ। सोमबार बाहेक साताको हरेक दिन आगामी जेठ ५ गते सम्म नाटक मञ्चन हुने छ। यो नाटकका लेखक तथा निर्देशक रामभजन कामत हुन । 
 
मधेशी र पहाडिबीच मिति मित बनाएर सामाजिक सम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको सन्देश नाटकले दिएकोछ । अर्थात यी दुई समुदाय बीचको बास्तविकतालाई नाटकमा चित्रण गरिएको छ। आफ्नो समाजको बास्तविकतासलाई आधार बनाएर नाटक निर्माण गरिएको कारण पनि दर्शकले अझ बढी रुचाउने विश्वास लिइएको छ। यी दुई समुदायको सम्बन्धबारे बुझ्न चाहनेलाई नाटक गतिलो खुराक हुने निर्देशक कामतले बताए । 

तपाईंको बिचार