Thursday, July 18, 2019

टान अध्यक्षको चेतावनी :‘‘नत्र निर्वाचन ३ महिना सारिदिन्छु’’

प्रकाशित मिति: 2019/06/17

असार २, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहालले टान निर्वाचन सम्बन्धमा टानलाई दिईदै आएको नियमित रुपमा टिम्स बापतको रकम बिभिन्न बहानामा रोकिरहे आगामी सेम्टेम्बरमा हुने निर्वाचन डिसेम्बरमा सार्ने चेतावनी दिएका छन । आफ्नो आन्दोलनलाई मजबुत बनाउनको लागि निर्वाचन सार्ने रणनीति प्रश्तुत गरिएको भन्दै सम्पूर्ण पदयात्रा सम्बद्ध व्यावसायी तथा शुभचिन्तकहरुले धैर्य गर्नु पर्ने बेला आउन सक्ने बताए ।

उनले टिम्सबापतको रकम निकासाको लागि नेपाल पर्यटन बोर्डसँग बारम्बार बार्ता र संम्बाद गरिरहेपनि रकम निकासामा आनाकानी भएको बताउँदै यस्तै रबैया बोर्डको रहिरहे १५ दिन भित्र आन्दोलनमा जाने चेतावनी दिएका छन ।
मजदुरहरुको तमाम समस्याको निराकरणका लागि र पदयात्रा पर्यटनमा आईपर्ने बिपदमा बजेट अभावको कारणले गर्दा काम गर्न नसकिएको बताए ।
गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै दाहालले ईमान्दारीपूर्वक नेपाल पर्यटन बोर्ड र टान बिच भएको सम्झौताको अक्षरसः पालना गरी कार्यन्वयन गर्नको लागि नेपाल पर्यटन बोर्डलाई आग्रह समेत गरे ।
‘हामी अन्त्यन्तै संम्यमित भएर काम गरिरहेका छौ, हामीलाई कमजोर नसोचियोस, हामी व्यावसायीको पक्षमा काम गर्ने कारिन्दा हौ, आवश्यक परे तिनै हतियार बोर्डका बिरुद्ध श्रृजनात्मक अभ्यासले आन्दोलन छेड्ने छौ ।’
एक अर्को प्रशंगमा दाहालले टिम्सलाई व्यवस्थीत गराएर कार्यान्वयन गर्नको लागि आग्रह गर्दै यसको दुरुपयोगको श्रृंखला रोक्न नसके टिम्स खारेज गर्न सरकारलाई सुझाब दिए । 

तपाईंको बिचार