Friday, October 18, 2019

कांग्रेस अवरोधका कारण संसद बैठक स्थगित, प्रधानमन्त्रीले बोल्न पाएनन

प्रकाशित मिति: 2019/06/18

३ असार, काठमाडौं ।  प्रतिपक्षी कांग्रेसको नाराबाजीपछि संसद बैठक स्थगीत भएको छ । नाराबाजीकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् ।

प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए ।  
तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे ।
सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु रोष्टम घेराउ गर्न आए । संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । अर्को बैठक भोलि ४ बजे राखिएको छ ।


  

तपाईंको बिचार