Thursday, July 18, 2019

उर्जामन्त्री पुनलाई सांसदको प्रश्न :२५ अर्ब खै ?

प्रकाशित मिति: 2019/06/18

३ असार, काठमाडौं । सरकारले उपभोक्तासँग पेट्रोलबाट प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको करिब २५ अर्ब रुपैयाँ कहाँ खर्च भयो भनेर सांसदहरुले सरकारसित चासो राखेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगत सार्वजनिक लेखा समितिको बैठकमा सांसद तेजुलाल चौधरीले बुढीगण्डकीका लागि भनेर उठाइएको ५ रुपैयाँ कुन क्षेत्रमा खर्च गरियो भन्दै प्रश्न गरे ।
सांसद मैना भण्डारीले पनि बुढीगण्डकी बनाउनका लागि भनेर पेट्रोलबाट उठाइएको पैसा कहाँ खर्च गरेको भन्दै सरकारलाई प्रश्न गरिन् । पेट्रोलबाट उठेको पैसा उद्देश्य भन्दा बाहिर खर्च भएको हो कि भन्दै उनले ऊर्जामन्त्री वर्षमान पुनसँग जवाफ मागिन् ।
सरकारले आर्थिक बर्ष २०७३र७४ को बजेट भाषणमार्फत बुढीगण्डकी निर्माणमा लगानी जुटाउनका लागि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउने घोषणा गरेको थियो ।

बजेटमा घोषणा भएसँगै ०७३ जेठ १६ गतेदेखि सरकारले यसलाई कार्यान्वयनमा ल्याएको थियो ।
मंगलबार लेखा समितिको बैठकमा सांसदहरुले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको रकम कहाँ खर्च भयो भनेर चासो राखेपछि ऊर्जामन्त्री पुनले २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च गरेको बताए ।
बुढीगण्डकी आयोजनाका प्रभावित क्षेत्रका ६४ हजार जनता विस्थापित हुने भन्दै उनले तीमध्ये गोरखा क्षेत्रलाई मात्र २५ अर्ब रुपैयाँ बराबरको मुआब्जा बाँडिएको जानकारी दिए ।

तपाईंको बिचार