Thursday, July 18, 2019

सुनकाण्डमा सजाय गर्ने न्यायाधिसलाई कारबाही गर्ने तयारी

प्रकाशित मिति: 2019/06/19

असार ४, काठमाण्डौ । न्यायपरिषदले सुनकाण्डका अभियुक्तको सजाय आदेश गर्ने विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ न्यायायाधीशलाई विभिन्न कारबाही गर्ने निर्णय गरेको छ ।

सुनकाण्डको आदेश गर्दा नियमविपरित आदेश गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई ६ महिना देखि कामबाट अलग राख्न परिषदमा तानिएको थियो ।
मंगलबार बसेको परिषद बैठकले न्यायाधीश थिरबहादुर कार्की र उमेश सिंहलाई थप कारबाही गर्ने भएको छ । त्यो कारवाही कस्तो हुने भन्ने टुंगो भने अहिले नै नलगाएको परिषद स्रोतले बतायो।

मुख्य न्यायाधीश भुर्तेल, न्यायाधीश जनक पाण्डे र सारङ्गा सुवेदीलाई सामान्य ध्यानाकर्षण गर्ने परिषदको निर्णयमा उल्लेख छ । त्यस्तै न्यायाधीश साधुराम सापकोटासँग सचेत किन नगराउने भन्ने जवाफ  माग्ने भएको छ ।

कामबाट अलग राखिएकै बेला बीचैमा अवकाश पाएका न्यायाधीश उमेश पौड्याल र नागेन्द्रलाल कर्णलाई भने परिषदले सफाइ दिएको छ ।
 

तपाईंको बिचार