Thursday, July 18, 2019

बिदेशमा नेपाली दुताबासबाटै पुनः श्रम स्वीकृती हुने

प्रकाशित मिति: 2019/06/19

४ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई विदेशमै पुनः श्रम स्वीकृतिको सुविधा दिने गरी तयारी थालेको छ । यसका लागि वैदेशिक रोजगार विभागले पेमेन्ट गेटवे परीक्षण लगायतका तयारी गरिरहेको छ ।

विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने समस्या केही समयभित्रै समाधान हुने विभागले जनाएको छ । कामदारले दुई पटकसम्म विदेशस्थित नेपाली दूतावास र नियोगबाटै श्रम रिइन्ट्रीको सुविधा पाउनेछन् ।
आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रिइन्ट्रीको व्यवस्था गर्न लागिएको हो ।
 

तपाईंको बिचार