Thursday, October 24, 2019

कोपा अमेरिका फुटबल अन्र्तगत जापान र उरुग्वेबिच बराबरी

प्रकाशित मिति: 2019/06/21

६ असार, काठमाडौं । कोपा अमेरिका फुटबल अन्र्तगत जापानले उरुग्वेलाई बराबरीमा रोकेको छ ।
शुक्रबार विहान भएको खेलमा जापानले उरुग्वेलाई २,२ गोलको बराबरीमा रोकेको हो । जापान जित नजिक पुगेर पनि हार्न पुग्यो । उरुग्वेलाई पराजित गरेको भए जापानले नयाँ इतिहास बनाउने थियो ।

दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा जापानले बराबरीमा चित्त बुझाउन पुग्यो । खेलको २५औं मिनेटमा जापानले अग्रता बनाएको थियो । कोजी मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

तर खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो । पेनाल्टीबाट लुइस स्वारेजले गोल गर्दै १(१ गोलको बराबरीमा र्पुयाएका थिए । पहिलो हाफसम्म १,१ को बराबरी खेलेको जापानले दोस्रो हाफमा फेरि अग्रता बनाउन सफल भयो । ५९औं मिनेटमा मियोसीले नै गोल गर्दै जापानलाई २,१ गोलको अग्रता दिलाएका थिए । तर फेरि जापानको अग्रता धेरैबेर टिक्न सकेन । खेलको ६६औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै २,२ गोलको बराबरी गराएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।

तपाईंको बिचार